latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, असोज ५

गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडियोसहित सार्बजनिक भएको छ । दिप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर भरेका छन् । दिप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनयसहित नयाँ गीत बजारमा आएको छ ।
गीतमा नेपालमा दुःख भएर अरबमा जानुपरेको आम नेपालीका बाध्यता रहेको भाब दर्शाईएको छ । अरबमा घाम भएपनि काम त्यही भएकाले जानुपर्ने बाध्यता रहेको गीतका माध्यमबाट उठाइएको छ ।

भिडियो हेर्नुहोस

 

गीत नेप्लिज डायस्पोराको युट्युब च्यानलबाट हेर्न सकिन्छ । गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । उहाँ पाल्पाबाट पत्रकारीता सुरु गरेर ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईले कविता र गीतहरु लेख्ने गर्नुहुन्छ । चापागाई नेप्लिज डायस्पोराका प्रधान सम्पादक र संचालक समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय