कार्यपत्र
प्रस्तोताः डा. नारायणाचार्य देवबाबा
मितिः २०८२ बैशाख २७ गते
१. शालग्रामक्षेत्र 
१.१ शालग्रामक्षेत्रको व्याख्या र परिधि
शालग्रामक्षेत्रको पौराणिक चर्चा गर्ने प्रसङ्गमा सर्वप्रथम श्रीमद्भागवतमहापुराणमा चक्रनदीको रूपमा शालग्रामका चक्रहरूको लक्षणको आधारमा नदीको नामकरण गरिएको पाइन्छ ।  वराहपुराणको अध्याय १४४ र १४५ को ३५३ पेजदेखि ३७२ पेजसम्म श्लोकसंख्या (२२) शब्द शालग्रामको विषयमा वराह भगवान्ले देवी पृथ्वीलाई सालङ्कायन ऋषि तथा चन्द्रतपोभूमि सोमेश्वरलिङ्ग त्रिवेणी पुलस्त्य–पुलहाश्रम मुक्तिक्षेत्रको महङ्खवमा साक्षात् शालग्रामक्षेत्र  शालपर्वतको माहात्म्य विषयमा विस्तृत रूपमा वर्णन गरेको देखिन्छ ।
यस प्रसङ्गमा वराह भगवान्द्वारा पृथ्वीलाई उपाख्यान बताउने क्रममा सालङ्कायन ऋषि विस्तृत रूपले फैलिएको शालग्रामक्षेत्रमा आउनु भन्दा पूर्व मन्दराचल र सुमेरुपर्वतको उपत्यकामा तप गरी आएका थिए । यस सन्दर्भमा भगवान्् वराह पृथ्वीलाई भन्नुहुन्छः– हे देवी ! सालङ्कायन ऋषिले पुत्र प्राप्तिको निम्ति मन्दराचल, सुमेरुपर्वतबाट शालग्रामक्षेत्रमा रहेका पिण्डारक लोहार्गललगायत स्थानहरूमा तप गरेका थिए भन्ने प्रसङ्गका विविध क्रमबाट शालग्राम शब्द र शालग्राम वृक्षावतारको महङ्खवलाई वराहपुराणले उल्लेख गरेको छ, त्यसलाई श्लोकको माध्यमबाट यहाँ स्पष्ट पारिएको पाइन्छ ।
त्यसैगरी हिमवत्खण्डको अध्याय ५५ मा श्लोक सं. (६) को पेज १२५ र गण्डकीमाहात्म्यम्को परिशिष्ट भाग अध्याय पहिलो ८६ पेज, चौथो ९३ पेज, सातौँ (९८–९९) पेज, आठौँ अध्याय (१००, १०२) पेज, नवौँ अध्याय १०२, १०५ पेज, दशौँ अध्याय पेज १०६ सम्म शालग्राम शब्दको श्लोक संख्या (१६) जतिको चर्चा र महङ्खव बताइएको छ ।  यस सन्दर्भमा कुमारजीले अगस्त्यऋषिलाई कालीगण्डकीमा प्राप्त विविध शालग्रामका लक्षण र चक्रका विषयमा चर्चा गरे । त्यस्तै गण्डकीमाहात्म्यमा काशीराम विद्वान्ले भगवतशर्मा ब्राह्मणलाई शालग्रामका विविध कोणबाट चक्र र लक्षणका विषयमा चर्चा गरेका थिए । यसप्रकार भगवान् नारायणको अवतार एवं दामोदरकुण्ड शालपर्वत हुँदै प्रवाहित कालीगण्डकी र यस क्षेत्रका साथै शालग्रामको महङ्खव एवं पुराणकाल भन्दा अगाडि नै शालग्रामको वैशिष्ट्य स्थापित भइसकेको कुरा स्पष्ट भएको देखिन्छ ।
भारतको उत्तराखण्डमा विभिन्न नदीहरूले सङ्गमको रूपमा बग्ने वा मिल्ने ठाउँहरूलाई कर्णप्रयाग, देवप्रयाग, रूद्रप्रयाग, नन्दप्रयाग, विष्णुप्रयाग, सोमप्रयाग आदि भनिए पनि कृष्णवर्ण भएकी कृष्णा (काली) असिता, शुक्लवर्ण भएकी महानदी शुक्ला (सेती) सिता–सरस्वती त्रिशूलीलगायत सप्तगण्डकीका संगमलाई नै देवघट्ट (देवघाट) को नामले नै आदिप्रयाग भनिएको हो ।   मूलतः यो संगम गङ्गायमुनाको संगम भन्दा पूर्व नै यो संगम भएकोले आदिप्रयागत्व देवघाटका नामले प्रसिद्धि मिल्नु माथि अनेकौँ वैदिक पौराणिक एवं किम्बदन्तीलगायतको प्रमाण परीक्षणबाट सर्वसम्मत र स्वीकार्य निर्णयको रूपमा प्रतिफलित हुन्छ । वराहपुराणमा ‘देवाट’ शब्दको प्रयोग गरी भनिएको छः अटनम्–आटः– भन्नाले देवताहरू भ्रमण गर्दछन् वा भ्रमण गरी आर्त भक्त, जिज्ञासाभक्त एवं अर्थार्थीका मनोरथ पूर्ण गर्दै स्वान्तःसुखाय समेत साधना गर्दछन् भन्ने अर्थमा ‘देवाट’ भनिएको हो । सप्तगण्डकीसंगम, सप्तकोशीसंगम, सप्तकर्णालीसंगम, सप्तमती वाग्मतीसंगम आदि उत्तराञ्चलका संगमहरूलाई आदिप्रयाग र गंगा–यमुनासंगम हुने ठाउँलाई द्वितीय (दोस्रो) प्रयागको नाम दिइनु युक्तियुक्त हुने देखिन्छ ।
वर्तमान विश्वमा प्रयाग नाम गरेका दुर्ईतीर्थ प्रसिद्ध छन् । तिनीहरूमध्ये एउटातीर्थ गण्डकीसंगम प्रयाग हो भने अर्को हो गङ्गासंगम प्रयाग । धर्मप्राण व्यक्तिहरू गंगासंगम प्रयागलाई इलाहाबाद र गण्डकीसंगम प्रयागलाई देवाट÷देवघाट नामले पुकार्दछन् । यी दुईवटै प्रयाग परम पवित्र तथा दर्शनीय छन् । यिनीहरूमध्ये कृष्णगण्डकी शुक्ला (सेती) सरस्वती त्रिशूलीगण्डकी संगमस्थल हो भने अर्को हो गङ्गा यमुना सरस्वतीको संगमस्थल । प्रजापति ब्रह्माले जहाँ पुण्यनदीहरूको संगमस्थल छ, त्यो ठाउँ पवित्र हो भनी त्यस ठाउँमा प्रथम याग (पहिलो यज्ञ) गरेका थिए ।  विद्वान््हरूको मतअनुसार यसै प्रथम याग शब्दको व्युत्पत्तिबाट नै प्रयाग शब्दको निर्माण भएको हो । शास्त्रहरूले पनि यसै कुरालाई संकेत गरेका छन् । अर्थात् जुन ठाउँमा सम्पूर्ण प्राणीहरूका आत्मास्वरूप पितामह ब्रह्माले प्रथम याग (यज्ञ) गर्नुभएको थियो, त्यो ठाउँ नै प्रयाग नामले प्रसिद्ध भयो । प्रथम यागस्थल नै प्रयागशब्दको उत्पत्तिको आधार हो भने त्यस्तो ऐतिहासिक स्थल कुन हो त ? भन्ने विषयमा विचार विमर्श हुनु जरूरी छ । यसै प्रसङ्गमा ऋग्वेदको अखिलसूक्तलाई उद्धृत गर्दै राजबली पाण्डे ‘हिन्दुधर्मकोश’मा लेख्छन्ः– जहाँ काली र सेती नदीको संगम छ, त्यही पावनस्थल नै प्रयागतीर्थ हो ।  मूलतः स्कन्दपुराण अन्तर्गत हिमवत्खण्ड ‘गण्डकीमाहात्म्य’को परिशिष्टभागमा उल्लेख भएको छ ।
विष्णुको गालाबाट उत्पन्न भएका कालो र सेतोवर्ण भएका असिता कृष्ण (कालीगण्डकी) र सिता शुक्ला   (सेतीगण्डकी) सरस्वती नाम गरेका दुई श्रेष्ठ नदीहरू छन् भन्ने कुरा वेदमा पनि सुनिएको छ ।  त्यसैगरी जसले मेरो यस प्रयागक्षेत्रमा स्नान गर्दछ त्यस मनुष्यको पाप नष्ट भई अश्वमेध यज्ञको फल भोगेर वैकुण्ठमा वास गर्दछ । त्यसैगरी वराह भगवान्् श्रीविष्णुले देवताहरूलाई भनेको प्रसङ्गलाई देवी पृथ्वीलाई भन्नुहुन्छः– यसप्रकार मेरो प्यारो र पहिलो “आदिप्रयाग” नाम गरेको क्षेत्र मनुष्यहरूको भोग र मोक्षका साथै मेरो स्वरूप प्राप्ति गराउने पनि छ । यसरी आदिप्रयागको विषयमा विभिन्न कोणले पुष्टि भएको छ । ब्राह्मी वैष्णवी र शाम्भवी गरी तीनवटै शक्ति प्रक्षिप्त छन्, कौशिकऋषि विश्वामित्रले शाम्भवी शक्तिलाई जाग्रत गराएका थिए भने ऋषि वसिष्ठले वैष्णवी शक्तिलाई जाग्रत गराएका थिए । त्यसैले भनिएको छ वैष्णवी त्रिष्टुप् वसिष्ठद्रष्टा (यजुर्वेद ५.१६ महीधरभाष्य) ब्राह्मीगण्डकी, वैष्णवी र शाम्भवीगण्डकीको उत्कर्षता कलियुगमा बढी हुनेछ । त्यसैले कलियुगमा “कलौ शेषे तु गण्डकी” भन्नुको अर्थ चरितार्थ हुनेछ । मूलतः देवघाटधामको कृष्णगण्डकीमा ५ हजार वर्ष कलियुग बितेपछि पृथ्वीमा सम्पूर्णतीर्थहरू शालग्राम चक्रनदी (आदिगङ्गा) मा आएर समाहित हुनेछन् भनिएको छ ।
१.१.१ शालग्रामशिला व्युत्पत्तिः
वाचस्पत्य अनुसार शालग्रामको व्युत्पत्ति यसरी रहेको छः शालानां वृक्षाणां ग्रामः समूहो यत्र पर्वतभेदे तत्र जातः अण् तत्र जाते विष्णोर्मूर्तिभेदे गण्डकशब्दे दर्शिते गण्डक्या एकदेशस्थलभेदजाते विष्ण्वादिदेवचक्रयुक्तशिलाभेदे च तदुत्पत्तिर्लक्षणभेदेन तन्नामभेदात् यथाकीटयोनिं प्रपद्येथा इति गण्डक्याः सुरान् प्रतिशापे तेन कर्मविपाकेन जडा ऊष्णा नदी भवेति देवानां गण्डकीं प्रति शापे च जाते विष्णुना तत् समाधानाय ।
यस प्रसङ्गमा “शालग्राम रहस्यम्” मा भनिएको छः– शालेन वृक्षविशेषेण गम्यते ज्ञायते पर्वतविशेषः शालग्रामगिरिस्तीर्थविशेषः शालाभ्यन्तरग्रामो समूहो यस्य स शालः शालस्य ग्रामः शालग्रामः । शलगता वित्यस्माद्धातो ः शलति वायुना चलतीति ज्वलिति कसंतेभ्योण् इति णेकृते शालः इति सिध्द्यति इति व्युत्पत्यर्थः ।  अर्थात् शालग्राम घेरिएको (ढाकिएको) शालग्रामशिलामा स्थित विष्णु स्त्री जाति बाहेक समूहमा शालग्राम नामको शिलामा स्थित भएर पूजा (अर्चा) गर्न योग्य भएर वसेको देखिन्छ । शालग्राम गण्डकी नामकी स्त्रीत्व भावमा समाहित भएर वसेको कुरा आत्मसात् गरी शालङ्कायन नामका ऋषि शालग्रामको पूजा अर्चना गरेर आफ्ना  सेवकहरूका साथ निवास गर्नु भएको तथ्य प्रकाशित भएको छ ।
शालग्रामशिलालाई विश्वका प्रायः सबै देवदेवीका मठमन्दिरहरूमा स्थापित गरी श्रद्धानिष्ठापूर्वक पूजा अर्चना एवं प्रार्थना गरिन्छ । लगभग २१÷२ अरब हिन्दुहरूका आराध्यदेव नारायणको शिलावतार (कसैको मतमा शालग्रामावतार) मानिने शालग्राम पूजा प्रार्थना परम्परा सृष्टिको प्रारम्भदेखि नै चलेको कुरा नारदपाञ्चरात्रबाट स्पष्ट हुन्छ । देवर्षि नारदका अनुसार परापूर्वमा भगवान्् विष्णुबाट प्राप्त शालग्रामपूजा विधिलाई ब्रह्माले नारदजीलाई ज्ञान दिएको र नारदजीले नारदपाञ्चरात्रागम नामक ग्रन्थका माध्यमले लोककल्याणका निम्ति प्रचार प्रसार गर्नु भएको तथ्य विभिन्न ऋषि महर्षि प्रणीत १०८ संहिता ग्रन्थहरूबाट प्रकाशित भएको देखिन्छ ।
नारदपाञ्चरात्रागम अन्तर्गत १०८ संहिताहरू रहेका छन् । १०८ संहिता मध्ये प्रसिद्ध संहिताहरू १. अहिर्बुध्न्यसंहिता २. अगस्त्यतन्त्रम्संहिता ३. जयाख्यसंहिता ४. पाट्टतन्त्रम्संहिता ५. भारद्वाजतन्त्रम्संहिता ६. वाल्मीकिसंहिता ७. विहगेन्द्रसंहिता ८. श्रीप्रश्नतन्त्रम्संहिता ९. सात्वततन्त्रम्संहिता १०. श्वेतायनसंहिता रहेका छन् ।  यसैगरी पद्ममहापुराण (पातालखण्ड), वराहपुराण स्कन्दमहापुराणहरूमा पनि शालग्राम पूजा माहात्म्यको वर्णन पाइन्छ ।
१.१.२ गण्डकी प्रस्रवणक्षेत्र
गण्डकीप्रस्रवण भन्नाले सप्तगण्डकी प्रदेशभित्रका क्षेत्र र नदीहरू खोलाहरू तिनका के कति नाम रहेका छन्, त्यस विषयमा यहाँ प्रस्तुत गरिन्छ ः– सप्तगण्डकी प्रदेशमा झरना र खोलाहरूसहित २११ संख्यामा रहेका छन् ।  देवघाटतीर्थस्थल अन्ततोगत्वा मुख्य ५ गण्डकीलाई समेट्दै आएकी आफू त्रिशूली समेत ६ गण्डकी रहेको पवित्र जलप्रवाहसँग देवघाटक्षेत्रमा मिल्न आएकी शालग्राम–चक्रनदी कृष्णगण्डकी जलप्रवाहसँगको संगम मिलन यसै धारामा भएकोले यस क्षेत्रको महङ्खव आदिप्रयागको रूपमा समेत रहेको पुष्टि हुन्छ । यस क्षेत्रमा मूल सात गण्डकी र सहायक नदीहरूको समग्रमा मिलन भएको हुनाले उच्चतम जलतीर्थको रूपमा पनि देवघाटधामको महङ्खव रहेको छ । यस संगममा मिल्न आउने सातै गण्डकी सहायक ११ नदीहरू रहेको सन्दर्भमा ती नदीहरूको उत्पत्तिस्थल अन्तिम रूरूक्षेत्र (रिडी) सम्म हुँदै देवघाटक्षेत्रसम्म प्रस्रवण हुँदै आएको स्थितिलाई समेत अध्ययन गर्नु वाञ्छनीय भएकोले यसलाई गण्डकीप्रस्रवण क्षेत्रको रूपमा यहाँ सामान्य चर्चा गरिएको हो ।
यसैगरी सप्तगण्डकीको प्रथम मुहान त्रिशूली (धर्मधारा) को उत्पत्ति रसुवागढी र लाङटाङ हिमालबाट झरेका झरनाहरूको संगम गोसार्इँकुण्ड, भैरवकुण्ड, गणेशकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्डसहित (१०८) कुण्डहरू भएको क्षेत्र त्रिशूली हो । त्रिशूलीगण्डकी प्रवाहित हुँदै वेत्रावतीगङ्गा सित (संगम) हुन जान्छ । त्यसैगरी त्रिशूलीगण्डकीसँग देवीघाटमा गएर तादी तापी (सूर्यमती) (जसलाई देवीघाटतीर्थस्थलको नामले परिचित भएको छ) सँग संगम हुन्छ । बूढीगण्डकीको उद्गमस्थल लार्केहिमाल र गणेशहिमाल हो । त्यहाँबाट प्रवाहित हुँदै सारनघाटमा गएर आँखु (नेत्रवती) सँग संगम हुन्छ । वेनीघाटमा गएर संगम भएको बूढीगण्डकीको स्वरुप त्रिशूलीको रूप हुन्छ ।
यसरी त्रिशूलीले ठूलो रूप लिँदै मुगलिङ क्षेत्रमा गएर मस्र्याङ्दीगण्डकीसँग संगम हुन्छ । मस्र्याङ्दीगण्डकी र दरौँदीको संगम आँबूखैरेनीमा हुन्छ । दरौँदीको उत्पत्तिस्थल नारदपोखरी र दू्धपोखरी हो । त्यसपछि मस्र्याङ्दीको उत्पत्तिस्थल मनाङभोट–तिलिछोताल हो । मस्र्याङ्दी नदीको संगमस्थल तार्कुघाट (धमिलीकुवा) मा गएर चेपे (चम्पा) नदीसँग हुन्छ । यसरी मस्र्याङ्दीको स्वरूप मुगलिङ्मा गएर त्रिशूली नदीसँग पूरा हुन्छ । त्यसपछि त्रिशूलीगण्डकीसँग गाइघाटमा शुक्ला (सेती) सरस्वती गण्डकीको संगम हुन्छ । शुक्ला (सेती) सरस्वती नदी दमौलीमा मादी गण्डकीसँग संगम हुन्छ । यहाँनेर व्यास तथा पराशरको तीर्थस्थल व्यासपराशरघाटको नामले चिनिएको छ । मादी गण्डकीको उत्पत्तिस्थल अन्नपूर्ण हिमाल र माछापुच्छे« हिमाल हो । सेती (शुक्ला) सरस्वती गण्डकीको उत्पत्तिस्थल माछापुच्छे« हिमाल र अन्नपूर्ण हिमाल हो । त्यसैगरी खारपानी तीनशिरेतीर्थ (सरस्वती कुण्ड) शिरा भन्ने ठाउँबाट प्रवाहित भएर सेती आएकी हुनाले यी नदीलाई सरस्वती नदी पनि भन्दछन् । यसमा शुक्ला (सेती) सरस्वती गण्डकी पोखरामा आएर भासिएकी छन् । त्यसपछि रामघाट हुँदै दमौलीमा गएर मादी गण्डकीसँग संगम हुन्छ ।
त्यसैगरी कृष्णा (काली) गण्डकीको उत्पत्तिस्थल मुक्तिक्षेत्रको विष्णुसरोवर मुक्तिपर्वत र दामोदरकुण्ड–दामोदर हिमाल हो । दामोदर नदी र कालीगण्डकीको संगम काकवेणी हो । यसरी जोमसोम, टुकुचे, लेते, घाँसा, दाना हुँदै तातोपानी नजीकै मिर्सा मृडा–नीलगंगा सहायकनदीसँग कालीगण्डकीको संगम हुन्छ । यस नदीको उत्पत्तिस्थल अन्नपूर्ण हिमाल हो । रुप्से छहरा पाँचसय फीट उच्च पहाडी खोंचबाट निक्लेको छ ।  यहींनेर विश्वको गहिरो गल्छी आदिगङ्गा चक्रनदी–कालीगण्डकी रहेको छ । त्यसपछि कालीगण्डकी दोस्रो सहायक नदी रहु (रघु) राखु, इच्छुमती देविका नदीसँग गलेश्वरक्षेत्रमा गएर मिल्दछिन् । गलेश्वरतीर्थमा धेरै पहिलेदेखिनै राखुघाटको नामले प्रसिद्धि भए तापनि गलेश्वरघाट पनि भन्ने गर्दछन् । रहु नदीको उत्पत्तिस्थल धवलागिरी पर्वत (डाँडा) हो । त्यसैगरी तेस्रो नदी म्याग्दी (मङ्गला) नदी पनि धवलागिरिको दक्षिणी हिमालबाट उत्पत्ति भएको हो । यस नदीसँग कालीगण्डकीको संगम म्याग्दी बेनीमा हुन्छ । वेणी (वेनी) तीर्थस्थलमा म्याग्दीघाटको वेनीघाट नामले चिनिएको पाइन्छ । त्यसैगरी चौथो मोदीबेनी (माधवी) नदी अन्नपूर्ण हिमशिखरको पूर्वीभाग र माछापुच्छ«ेको पश्चिमी भागबाट उत्पत्ति भएको छ । यस नदीसँग कालीगण्डकीको संगम कुश्मा बजारबाट केही तल रहेको छ । यहाँ कालीगण्डकी र मोदीवेनीको संगम भएकोले कालीगण्डकी तीर्थस्थल वा (शालग्राम तीर्थस्थल) मोदीवेनीघाटको नामले परिचित भएको छ । त्यस्तै पाँचौँ नदी सेतीवेणी (हैमवती–शिला–शालग्रामशिला) नदीसँग कालीगण्डकीको संगम हुन्छ । यहाँ विशाल शालग्रामशिला भएकोले शालग्रामतीर्थ र शालग्राम सेतीवेनी घाटको नामले चिनिन्छ ।
सेतीवेणी (हैमवती) नदी पर्वत जिल्लाको दक्षिणी सिमानाको उत्पत्तिस्थल धूवाँकोटको डाँडा हो । त्यसैगरी छैटौँ नदी आधी–अन्धावती–दीर्घतमा नदी स्याङ्जा जिल्लाको कार्कीनेटाको दक्षिणी भाग पूर्वतिर पर्ने ठहरेलेकको पश्चिम भागबाट उत्पत्ति भएर निस्केकी यी नदीको संगम मिर्मीमा गएर कालीगण्डकीसँग संगम हुन्छ । यहाँ आधी–अन्धावतीघाट कालीगण्डकी तीर्थस्थलको नामले चिनिन्छ । यहाँ ठूलो जलविद्युत निकालिएको छ । जुन कुरा सरकारले पूर्ण रूपमा अध्ययन नगरीकन बैदिक नदीलाई मास्ने काम गरेको छ किनकि आदिगंगा कृष्ण गण्डकीमा माछा मार्न पनि पाइदैँन । माछामा पनि विष्णुका चक्र हुने हुँदा विजुुलि निकाल्ने विषयमा वराहपुराण र हिमवत्खण्ड पढिएन, त्यसैले कालीगण्डकीको दुर्दशा भएको हो । अझ त्यसमाथि डाइभर्सन गर्ने कुरा आएको छ । यो पूर्ण रूपमा अरबौँ सुनखानी र शालग्राम भण्डारलाई समाप्त पारेर वैदिक धरातलको नदीलाई निमिट्यान्न पार्ने खेलमा सरकार लागिरहेको छ । मूलतः अनगिन्ति शालग्राम विग्रहहरू नेपालमा भन्दा भारतमा बढी पाइन्छ । यसको विषयमा अविलम्ब शालग्राम संरक्षण ऐन बनाउन सकिएन भने अझ कति समाप्त भएर नाममात्रको आदिगंगा कालीगण्डकी रहने त होइन ? भन्ने दुश्चेष्टा बनिरहेको छ अतः यसको आयु नै ४,११,५८,८५,१२६ वर्ष रहेको छ । यो कुरा नासाले पनि पुष्टि गरेको छ । रूरूक्षेत्र देखि नागवेली हुँदा पूर्व उत्तरतर्फ महाभारत पर्वतलाई दक्षिण पारेर कालीगण्डकी बग्दछिन् । तिब्बतको पठार लोमान्थाङ हुदैँ रिडीसम्मको दुरी २३६ कि.मि रहेको छ । यसरी कालीगण्डकी नागवेलीस्वरूपमा उत्तर दक्षिण हुँदा राम्दी (रामनदीधाम) देखि हुँगीघाटमा उत्तरतर्फ केही कि.मि मोडिएक िछन् जसमा कालीगण्डकी उत्तरवाहिनी भएकी छन् (कृष्णाश्चोत्तरवाहिनी) जहाँ केलादीघाटसम्म पुगेर पूर्व तर्फ मोडिन्छिन् । रूरूक्षेत्र गण्डकी क्षेत्रको चारधाम मध्ये एक धाम हो । रुरुक्षेत्र तीर्थराज प्रयागको महत्वको विषयमा पद्ममहापुराण उत्तरखण्ड पचहत्तरौं अध्यायले यसरी व्यक्त गर्दछ । सा गङ्गा महती पुण्या  धर्मकामार्थ मुक्तिदा वर्तते ऽद्यापि तत्रैव मया सह नसंशयः ।।१३।। इमं वेणी समापुण्या पापीनां तु विशेषतः । मुच्यते ब्रह्महा यत्र इतरेषां तु का कथा ।।१४।। सर्वदा सर्वकाले तु अहं गच्छामि पार्वती । तीर्थानां तीर्थराजोऽयं ब्रह्मणा भाषितः किल ।।१७।। अस्यां भूमौ हृषीकेशो नियमेन समन्वितः ।  आषाढे पुण्यकाले तु तत्र गच्छामि सुन्दरि ।।१८।। मासैकं विधिना चैव स्नानं तत्र करोम्यहम् । तारकं चात्र विशदं जपामि तु निरन्तरम् ।।१९।।  वाराहपुराणमा रुरुकन्या प्रति भगवान विष्णुबाट आज्ञा भएको छः—तवोतीर्थे कृतस्नानस्त्रिरात्रो पोषितो नरः । विलोक्य मां भवेत् पूतो मम वाक्यान्न शंसयः ।।१४६। ८४।। गण्डकी संगमे स्नात्वा सन्तप्र्य पितृदेवताः । विष्णुं शिवञ्च सम्पूज्य तपस्थानं विचिन्तयत् ।।१४६।५०।। लिङ्गरुपधरः साक्षादुपर्यपि तथाह्यधः । तिर्यक्च जलाधाराभिर्युक्तस्तत्ताप शान्तिकृत् ।।१४६।५४।।  उवाच च प्रसन्नात्मा मुने ! पश्य च मां शिवम् । द्ये मामेवावेहि विष्णुं‌ त्वं मा पश्य स्वान्तरं मम ।।१४६।५५।। पूर्वमन्तरभावेन दृष्टवानसि यन्मम । तेन विघ्नोऽभवोन गलितं त्वत्तपो महत् । आवामेकेनभावेन पश्यत्वं सिद्धिमाप्स्यसि । तपः प्रभावाल्लिङ्गानि प्रादुर्भूतानि यत्र वै ।।१४६।५७।। ददासि चेत् वरं मह्यं देव देव जगत्पते । अनेनैव स्वरुपेण भगवन स्थातुमर्हसि । स्थितोस्म्यत्रैव भद्रं ते ह्यँरं वरयाऽऽशुभे ।।१४६।७९।। यदि प्रसन्नो देवेशः तदा मां पावनं कुरु । मन्नाम्ना क्षेत्रमेतच्च ख्यातं भवतु नान्यथा ।।१४६।८१।। तीर्थानां परमं तीर्थं तव देहो भवत्वयम् । तव नाम्ना च विख्यातमेतत्क्षेत्रं    भविष्यति । वराहपुराण, ।।१४६।८२।। तवेतीर्थे कृतस्नानः त्रिरात्रोपोषितोनरः । विलोक्य मां भवेत्पूतो मम वाक्यान्न संशयः ।।१४६।८३।। यहाँ तीन दिनसम्म मेला मकरसंक्रान्ति पर्वका अवसरमा लाग्ने गरेको छ । मुक्तिनाथ देखि रूरूक्षेत्रसम्मको दूरी २११ कि.मि रहेको छ भने रूरूक्षेत्रदेखि देवाट÷देवघाट धाम सम्मको दूरी १६६ कि.मि. रहेको छ । अतः सुषुम्ना नाडी भित्रको नाभिदेखि माथि हृदयक्षेत्र हो रुरुक्षेत्र नाभि र हृदय क्षेत्र हो । रूरूक्षेत्र वरिपरि यहाँ असंख्य शालग्राम शिलाहरू विचित्र प्रकारका छन् । यो एकप्रकारको शालग्रामको भण्डारपनि हो । यसमा धेरै खोजी भएपनि हरि न्यौपाने ले यसलाई विशेष रुपमा खोजी गर्नुभएको छ । त्यस्तै सातौँ रुद्रगङ्गा, रुद्रताल, रुद्रमती वडीघाटतीर्थस्थल ढोरपाटनको डाँडाबाट उत्पत्ति भएकी छन् । अतः यी रुद्रमती रुद्रगंगाको संगम कालीगण्डकीसँग रुद्रवेणीमा गएर भएको छ । यहाँ रूद्रवेणी तीर्थस्थल बडीघाट (रूद्रमती)को नामले चिनिएको छ ।
त्यसपछि आठौँ नदी रिडी–रुरुगङ्गा नदी गुल्मी जिल्लाको दक्षिण पूर्वमा र पाल्पा जिल्लाको सिमाना अर्घाखाँचीको खहरेलेकबाट उत्पत्ति हुँदै रुरुक्षेत्र रिडीमा गएर कालीगण्डकीसँग संगम हुन्छ । रुरुक्षेत्र रिडीघाटको नामले प्रसिद्ध छ । यहाँ हृषीकेश नारायण भगवान्को मन्दिर भएको र रुरुकन्याले साक्षात् नारायणको दर्शन गरेकाले रुरुकै नामबाट रुरुक्षेत्र तीर्थस्थल प्राचीनकालबाटै परिचित भएको पाइन्छ । यसरी कालीगण्डकीमा मिलेका यी आठ नदीसहित नौ गण्डकी नदीहरूको प्रस्रवणक्षेत्रमा अनेक झरना र खोलाहरू रहेका छन् । यी ठाउँहरूमा पूर्तिघाट तीर्थस्थल, निरहेघाट तीर्थस्थल, रानीघाट तीर्थस्थल, राम्दी (रामनदीधाम) तीर्थस्थल, उत्तरबाहिनी क्षेत्र (कृष्णाश्चोत्तर बाहिनी) मालुङ्गा महाशिवलिङ्ग धाम, हुँगीघाट तीर्थस्थल केलादी घाट तीर्थस्थल आर्यभञ्ज्याङ तीर्थस्थल गजरकोट, पुट्टारघाट तीर्थस्थल, घुमारीघाट तीर्थस्थल, कोटाघाट तीर्थस्थल, हर्दी (हरिपुर)घाट तीर्थस्थलहरूमा कालीगण्डकीको प्रवाहले देवघाटधाममा गएर त्रिशूलीगण्डकी सहितका नदीहरूसँग सप्तगण्डकी–नारायणी सदानीराको नामले प्रसिद्धि छ ।  हाम्रा यी प्राचीन नदीहरू धेरै कालदेखि गौरवको गाथा गाउँदै प्रवाहित भएर आएका छन् । भौगोलिक दृष्टिकोणबाट जानकारी लिँदा यो प्रदेश करोडौँ वर्षसम्म टेथिस (टाइथासिस–तीर्थसागर) नामक समुद्रको गर्भभित्र रहेको थियो । करोडौँ वर्षसम्म समुद्रभित्र रहेका विभिन्न प्रकारका चट्टानका हजारौं फीट मोटाइ भएका अनेकौँ पत्रहरू र सामूहिक पानीको थिचाई एवं स्वयं आफ्नो गह्रौं चापले गर्दा तिनले अझ कडा चट्टानको रूप लिइसकेका थिए । समुद्रको गर्भभित्रको यसप्रकारको जमोटको भार पृथ्वीभित्रकै वेसाल्ट चट्टानले थाम्न न सकिने स्थितिमा पुगेपछि करोडौँ वर्षका बीचमा पर्वतहरू बन्न सक्ने अनेकौँ भौगोलिक तरङ्गहरूको उत्पत्ति भएर यो हिमालय पहाड बन्न पुग्यो ।
नेपालको मध्य भागमा रहेका गण्डकीहरूको मुहान धौलागिरि, गण्डकी र वाग्मती अञ्चल भए तापनि ती सबैको संगमस्थल देवघाटमा पुगेर नारायणी नामबाट प्रसिद्ध हुँदै नारायणी अञ्चल, लुम्बिनीको भू–भागलाई छुँदै त्रिवेणी वाल्मीकि आश्रममा पुगेर स्वर्णभद्रा(सोनभद्रा) पूर्णभद्रा, तमसा नदीसित नारायणी–गण्डकी मिलेकी छन् । यी सबै कारणहरूले गरी देवघाटको साथै कृष्णा गण्डकीमा प्रवाहित हुने शालग्रामको आफ्नै वैशिष्ट्य रहेको देखिन्छ ।
१.१.३ आदिगंगा सदानीरा–कृष्णगण्डकीको वैशिष्ट्य र महत्व
कृष्णगण्डकीको उद्गमस्थलका बारेमा उल्लेख गर्नुपर्दा सर्वप्रथम मुक्तिनाथ भन्दा पूर्वोत्तर उच्च पहाडमा अवस्थित ‘विष्णुसरोवर’ लाई लिनुपर्ने हुन्छ । त्यहाँबाट नै जल खसेर मुक्तिनाथमा आएको हो भन्ने कुरा बुझिएको छ । मुक्तिनाथको शिरदेखि ‘विष्णुसरोवर’ पुग्न ६ कोशमाथि समुद्र सतहदेखि लगभग २७, २४० फीट अग्लो हिमशिखरमुनि काखमा रहेको यो ताललाई स्थानीय भाषामा ‘वेवार्था’ भन्दछन् । संस्कृतिविद्हरूले यसलाई ‘विष्णुसरोवर’ ताल भन्दछन् । तालको वरिपरि ढुङ्गाको केही ढड्यान छ । यसदेखि माथि ९ वटा ताल छन् भनिन्छ । यी तालहरू स्थानीय वासिन्दाहरूले जनावरको शिकार खेल्न जाँदा देखेको भन्ने कुरा बुझिन्छ । स्थानीय भाषामा यी तालहरूको नाम ‘छोमेमेछु’ भनिन्छ ।  यसलाई (बाजे तलाउ) का नामले ९ वटा तालको जानकारी पनि स्थानीयहरू दिन्छन् ।  अमरकोषकारका अनुसार करतोया र सदानीरा नदी पार्वतीका विवाहमा कन्यादानका सङ्कल्प जलले पैदा भएकी कहिल्यै नसुक्ने नदीको रूपमा कृष्णगण्डकीलाई लिएको छ,  तर शतपथब्राह्मणमा स्पष्ट रूपमा सदानीराको व्याख्या गरेको छ ।
श्रीमत्सायणाचार्य विरचित भाष्यसमेता ऋग्वेदसंहिताको खिलभागमा ‘सितासित’को विषयलाई उल्लेख गरिएको छ ः– सिता–शुक्ला सेती(सरस्वती) र असिता (कृष्णा–कालीगण्डकी) जहाँ संगम भएको छ, त्यहाँ स्नान गर्नेहरू स्वर्गतर्फ जान्छन् । जुन बुद्धिमान संगमतीर्थमा शरीर त्याग्दछन् र तिनीहरूले अमृतत्व प्राप्त गर्दछन् भन्ने कुराको प्रसङ्गलाई चर्चा गरिएको छ ।  सायणाचार्य विरचित श्रीवाजसनेयिमाध्यन्दिनशतपथब्राह्मणभाष्यको प्रथमकाण्ड चौथो अध्याय प्रथमकाण्ड चौथो अध्याय प्रथमब्राह्मणमा सप्तगण्डकी (नारायणी) देवाट÷देवघट्ट÷ देवघाटधाम, प्रथमहरिहरक्षेत्र, शालग्रामक्षेत्र आदिप्रयागको विषयमा प्राक्काल (वैदिकसमय) मा आदिगंगा–सदानीरा नदीको चर्चा गरेको छ ।
विदेघ माथव राजा र पुरोहित गोतम राहूगण ब्राह्मणबीचको संवादमा अग्निदेवको प्रसङ्ग माथव राजासित रहेको छ । यसैमा विदेघ माथव नामक राजाको मुखमा अग्निदेवको वास रहेको थियो । त्यसलाई गोतम राहूगण पुरोहितले वैदिक मन्त्रोच्चारण गरेर राजाको मुखमा रहेको अग्निलाई निकाल्ने काम गरे । त्यस अवस्थामा राजा विदेघ माथव सरस्वती नदीको किनारमा बसेका थिए, जब अग्नि बाहिर निक्लिए र पूर्वतर्फ बढे । त्यसमा गोतम राहूगण र विदेघ माथवले जलिरहेको अग्निको पीछा गरे । अग्निले त्यहाँ रहेको सरस्वती नदी सहित कतिपय नदीहरूलाई सुकाउँदै उत्तरकोशल (कर्णाली) बाट अगाडि बढे । उत्तरतर्फको हिमवत्खण्डबाट निक्लेकी सदानीरा (कालीगण्डकी) नदी सुकाएनन् । ब्राह्मणहरूले पहिला यस नदीलाई सुकाएर पार गर्न चाहेनन्, किनकि ब्राह्मणहरू यस नदीको पूर्वतर्फ रहन्छन् । त्यस समय सदानीराको पूर्वको भूमि मरूभूमि थियो, त्यसमा दल–दल (गिलो र धाप) धेरै थियो । किनकि अग्नि वैश्वानरले त्यसलाई आस्वादन गरेनन् । अव त यो भूमि धेरै उर्वरा भएको छ । किनकि ब्राह्मणहरूले यज्ञ गरेर अग्निलाई चखाएका छन्, गर्मीका अगाडि दिनहरूमा पनि (त्यो नदी) धेरै बहन्छिन् । अग्नि वैश्वानरले सदानीरा नदीलाई दग्ध गराएका थिएनन्, किनकि यहाँँ धेरै चिसो हुन्छ ।
विदेघ माथवले अग्निसित सोधे “म कहाँ बसूँ ? भन्दा यस नदीको पूर्वतर्फ तिम्रो घर होस् भनी यस्तो अग्निले उत्तर दिएर आजसम्म यो नदी कोसल विदेहदेशहरूको बीचको सीमा हो, किनकि यहाँ माथवका सन्तानहरू छन्, भन्ने कुरा शतपथब्राह्मण प्रथमकाण्डको चौथो अध्यायमा चर्चा गरिएको छ ।  तीरहुत– तीरभुक्ति भनेको निमिले यज्ञ गरेको भूमि विशालापुरी बसाढ–हाजीपुर नजीकै ५००० वर्षसम्म विशाल यज्ञ गर्दा टेथिस नामको सागर थियो, त्यहाँसम्म होम गर्दा अर्थात् त्यो समुद्रले छोएको भूमि तीरमा अग्निले आस्वादन गर्न पाए, त्यसैलाई भनियो तीरहुत तीरभुक्ति । निमिका सन्तान विदेघ माथवले जव यज्ञ भएपछि अग्निले आस्वादन गरेपछि वीसौँ पुस्ता पछि हालको जनकपुर भूमि वस्ती योग्य वन्न गयो । यसको सीमा पूर्वमा कौशिकी (कोशी) दक्षिणतिर गंगा, पश्चिममा सदानीरा (गण्डकी) उत्तरमा हिमालय रहेको थियो भन्ने कुरा विद्वान्हरू बताउँछन् ।
त्रिदेव पुरूषका रूपमा पनि नदीहरूको सत्ता रहेको छ जस्तै ः भगवान् कृष्ण (विष्णु) को गण्डस्थलबाट उत्पन्न भएकी श्रीकृष्णगण्डकी (वैष्णवी गण्डकी), माछापुच्छ«े र अन्नपूर्ण हिमालको वीच तीनशिरेतीर्थ सरस्वतीकुण्ड ‘शिरा’ भन्ने ठाउँबाट निक्लिएकी जुन श्वेतगङ्गा (सेती) सरस्वती नदीको नामबाट भनिन्छ, त्यसलाई ब्रह्मपुत्री–ब्रह्मा (ब्राह्मी) नदी पनि भनिन्छ । यसैमा ब्रह्मतनया तुलसी नदी पनि द्विकूटपर्वतबाट प्रवाहित भएकी छन् । त्यस नदीलाई आदरकासाथ मानेर प्रवाहित नाना नदीहरू सम्मिलित भएर त्यसमा कति दृश्य र कति अदृश्य नदीहरू छन् । भगवान् शंकरको शरीरबाट उत्पन्न भएर आएकी त्रिशूलगङ्गा शिव शाम्भवी गण्डकीको नामबाट प्रसिद्ध महानदी भनिएको छ ।  यी तीनै नदीको व्याख्या वराहमहापुराणले स्पष्ट रूपमा खुलाएको छ ।
शालग्रामगिरि पर्वतमा रहेको द्विकूट पर्वतबाट तुलसीदेवीको श्रापवश गण्डकीका तीरमा  पर्वतरूपमा वस्नुपरेको छ । यही पर्वत टाकुराबाट सतीका (गौरी) नेत्रबाट वगेको पसिनास्वरूपा कालीगण्डकी झरेकी छन्, जसलाई कृष्णाभा–शाम्भवी (शम्भु) भनिन्छ ।  द्विकूट  पर्वतमा जहाँ अङ्गिरा ऋषिले तपस्या गरिरहेका थिए, ती ऋषि पनि गौरीको दर्शन पाउनासाथ पछि–पछि लागेका थिए । गौरीदेवीको हिंडाइको परिश्रमद्वारा गौरीको आँखा कोसबाट स्वच्छ पसिनाको थोपा खस्यो र नीलोकान्ति भएकी नदी सोही पर्वतको अग्लो टाकुराबाट तल झ¥यो । हेर्दा कागजमा गाजल पोतिए जस्तो सेतोमा कालोरंग मिसिए जस्तो भइवगिन् जसलाई लोकमा कृष्णाभा (नीलाभा) भनिन्छ । यस नदीमा सर्वप्रथम गण्डकी ऋषिले स्नान गरेको हुनाले कृष्णाभा गण्डकी (कालीगण्डकी) नाम रह्यो । यिनै नदीलाई शाम्भवी अर्थात् शंकरको शक्तिद्वारा गौरीको स्वेद (पसिना) बाट उत्पन्न गण्डकी पनि भनिन्छ ।
कृष्णाभाकी अधिष्ठात्री देवीगङ्गा र अधिष्ठाता भगवान् शङ्कर भएका हुनाले त्रिदेवको संयुक्त मिलन गण्डकीमा स्थापित भएको छ । साथै आफ्ना परम इष्टदेवको भगवान् शंकरको चिन्तन एवं सेवा गर्दै सपरिवार शालग्राम रूपमा भगवान विष्णु सदा–सदानीरा आदिगंगा कृष्णगण्डकीमा वास हुन्छ भनी उल्लेख भएको छ ।  विष्णुसोवर–६ कोश माथि समुद्रसतहदेखि २७,२४० फीटअग्लो हिमशिखरमुनि भगवान् विष्णुले शालग्रामगिरिमा वसेर हजारवर्षसम्म तप गर्दा गण्डस्थलबाट वगेका पसिनाका रूपमा उत्पन्न भएर गण्डकीनदी यही मुक्तिपर्वतबाट प्रवाहित भएकी छन्, जसलाई प्रमुख वैष्णवी (विष्णु) गण्डकी भनिन्छ ।  यसरी ब्रह्मतनया (तुलसीदेवी) ब्राह्मी, शाम्भवी (शम्भु) र वैष्णवी (विष्णु) ले आफ्नो कान्तिलाई बढाउँदै तीन देवताहरू देवाट÷देवघाट धाममा आइपुग्दा समष्टि रूपमा वैष्णवी देवनदी हुन पुगेका छन् । यी तीन देवहरूको चर्चामा गण्डकी र शालग्रामको आन्तरिक सम्बन्ध रहेको छ । गण्डकीदेखि उत्तर गिरिराज हिमालयदेखि दक्षिणी भागमा जुन क्षेत्र छ, त्यहाँ ब्रह्माद्वारा निर्मित ब्रह्मपुत्री चक्रनदी (ब्राह्मीगण्डकी) नाम गरेकी तीर्थनदी रहेकी छन् । जहाँ चक्रैचक्रले युक्त भएको चक्रनदीको क्षेत्र जसलाई ठूलोतीर्थका रूपमा लिइएको छ । जसमा भगवान् विष्णु सन्निकटमा रहेको सर्वश्रेष्ठ २४ योजन (९६ कोश–३०९ कि.मि.) भूभाग समेटिएको उत्तम क्षेत्रको रूपमा चिनिएको छ ।  ब्राह्मी, वैष्णवी, शाम्भवी यी तीनै गण्डकीको प्राधान्य तीनदेव महेशमा निहित रहेको छ, भन्नाले दार्शनिक आधारमा लिनुपर्दा सीधै गण्डकी नदीहरू शक्तिप्राधान्यबाट नदीको स्वरूप निर्धारण हुनुपर्ने, तर त्यसो नभएर पुरूषप्राधान्यको आधारमा १.श्वेतगङ्गा (सेती–सरस्वती) ब्राह्मी–ब्रह्मा, नीलकण्ठशिवालयात्–शम्भु–शाम्भवी, २. त्रिशूलगंगा (गण्डकी) महानदी ३. कृष्णगण्डकी–सदानीरा–आदिगंगा ४. चक्रनदी–दृषद्वती ब्रह्मा निर्मित तुलसीस्वरूपा नदी यी तीनको स्वरूप यहाँ देखिएता पनि मुख्यतः यी तीनदेवको चर्चा आधिकारिक महापुराण वराहले पुरूष नदीका रूपमा चर्चा गरेको छ । यी तीनदेवको शरीरबाट निक्लेका शक्तिप्राधान्य नदी हुन्, यिनको नामकरण भएको छैन ।
सिता–श्वेतगङ्गा–शुक्ला (सेती) सरस्वती र त्रिशूली महानदी र असिता (कृष्णगण्डकी) जहाँ मिलेका छन्, त्यहाँ नुहाउनेहरू स्वर्ग पुग्दछन् भनी उल्लेख भएको छ । द्युलोक पु¥याउने हुनाले नै द्यौघाट (देवघाट) नाम रहेबाट यस ठाउँको महत्ता सुस्पष्ट हुन्छ ।  ऋग्वेदले स्पष्ट रूपमा सिता (सेतोजल) र असिता    (कालोजल)को विषयमा चर्चा गरेको छ । श्रीमद्भागवतमहापुराण अनुसार उल्लेख भएको प्रसंग यस्तो रहेको छ ः– जहाँ दुवै पट्टिबाट नाभि जस्तो लाग्ने चक्रले युक्त शालग्रामशिलाहरूद्वारा चक्रनदी नाम गरेकी श्रेष्ठ नदीले आश्रम क्षेत्रलाई सबै प्रकारले पवित्र बनाउँछिन् ।  दार्शनिक आधारमा पुष्टि गर्नुपर्दा पहिला शक्तिप्राधान्य भन्दा पनि पुरूषप्राधान्य त्रिदेव (ब्रह्मा विष्णु महेश)को शरीरबाट प्रकटित भएका नदीहरू हुन् भनी वराहपुराणले उल्लेख गरेको छ । यसरी नै श्रीमद्भागवतमहापुराणमा आदिगंगा कृष्णगण्डकीलाई महानदीको रूपमा व्याख्या गरेको छ ।  प्राचीनकालमा पूर्ण रूपले नदीहरू पुरूष प्राधान्यमात्र भएर रहेका हुन् त? भन्ने विषयलाई प्रमाणका आधारमा चर्चा गरिएको छ । जे होस् ’ नदीहरूको आफ्नै महत्व भएकोले यसमा दर्शनका आधारमा हेरिएको हो । किनकि शालग्रामको नामबाट सोझै नदी न भनेर चक्रनदी भनेर श्रीमद्भागवतमहापुराणले पनि पुष्टि गरेको छ । त्यसैगरी शुक्लयजुर्वेदवाजसनेयसंहिता अन्तर्गत शतपथब्राह्मणमा गण्डकी शब्द र शालग्राम शब्द प्रयोग न गरिकन सधैं भरी बग्ने र कहिल्यै पानी जल (नीर) न सुक्ने नीलो भएर रहने पउन योग्य अमृतनदी भनेर सदानीराको चर्चा भएको छ । तसर्थ यहाँ ब्रह्मा, विष्णु, महेशको ठाउँमा प्रवाहित भएपनि ब्राह्मी, शाम्भवी र वैष्णवीको सामञ्जस्य देवघाटमा अनादिकालदेखि नै रहि आएको छ ।
केही पुराणहरूले गण्डक ऋषिको छोरी गाक्षुलाई गण्डकी र उनको पुत्र रूपमा विष्णुलाई शालग्राम पनि भनेका छन् । कालीगण्डकीका प्राचीन नाम वेददेखि लिएर पुराणसम्म आउँदा यसरी उल्लेख भएका छन्ः– १. सदानीरा शतपथब्राह्मण (१÷४÷१४), करतोया (१÷१३÷६२) २. असिता (ऋग्वेद परिशिष्ट) ३. चक्रनदी (श्रीमदभागवत)  ४. दृषद्वती ५. पुष्पवहा (श्रीमदभागवत) ६. गण्डी (गण्डकी) ७. धारणी गण्डी (गण्डकी) ८. तमसा ९. नारायणी १०. कृष्णाभा ११. हिरण्यवती नवौं अवतार बुद्ध (विष्णु) भगवान्को कथनमा हिरण्यवती नदीलाई सुन बगाउने र सुन पखाल्ने नदीको रुपमा वर्णन गरेका छन् । बुद्धको समयमा सनै—सुनले परिपूर्ण र चक्र शालग्रामहरुको भण्डार थियो । विक्रम सम्वत् १९५३ सलामा श्री ३ वीर समशेर र कमाण्डर इन चिफ देव समशेरको पालामा शालग्राम फोर्न हुदैन, चोर्न हुदैन, वेच्न हुदैन, एकअर्कोमा शालग्राम चक्र मिलाउन हुदैन भनी इस्तिहार जाहेर भएको शिलापत्र मुक्तिनाथमा रहेको छ ।  १२. गङ्गा १३. कालीगण्डकी १४. गण्डकी (आनन्दरामायण) १५.कालगण्डिका (राजतरङ्गिणी), १६. करतोयानदी कालीगण्डकीको प्रवाहक्षेत्र प्राचीनकालदेखि वैष्णवक्षेत्रको रूपमा रहिआएको कुरा धनवज्र वज्राचार्यले भन्नुभएको छ । कालीगण्डकीको शिर मुक्तिनाथदेखि रूरूक्षेत्र (रिडी) भेकसम्म अनेक वैष्णवतीर्थस्थल र मन्दिरहरू पाइने हुनाले कालीगण्डकी नदीसित वैष्णवहरूको विशेष सम्वन्ध रहेको कुरा धनवज्र वज्राचार्यले मान्नुभएको छ ।
प्राचीनताको नामको उल्लेखको हिसाबले लिच्छविराजा मानदेव प्रथमको संवत् ३८६
(वि.सं. ५२२) को चाँगुनारायण अभिलेखमा उल्लिखित गण्डकीको सन्दर्भलाई लिनुपर्दछ । अभिलेखको सन्दर्भ ४५ औं पत्रअनुसार ने.सं. ४४० वि.सं. १३७६ पौष महिनामा ठूलो हिउँ प¥यो पोनच्यङदेखि धारणीगण्डकीसम्म र चनिगलभित्र पनि हिउँ प¥यो ।  त्यसैगरी अभिलेखको सन्दर्भअनुसार राजा मानदेव प्रथमले आफूविरुद्ध विद्रोहमा उत्रेका गण्डकीनदीहरूको नाम बारे चर्चा गर्दा गोपालराजवंशावलीको ४५ औं पत्रमा उल्लेख भएको ‘धारणि गण्डि’ सन्दर्भको चर्चा गर्नु पनि आवश्यक छ । नेपालसंवत् ४४० (वि. सं. १३७६) को टिपोटमा त्यहाँ त्यस्तो नामको उल्ल्ोख भएको हो  भनिन्छ । मूल नाम ‘गण्डी’ रहेको र त्यसको संस्कृतीकरण गरेपछि गण्डकी यो नाम बनेको हो भन्ने धनवज्र वज्राचार्यको विचार रहेको देखिन्छ । उनले नेपालसंवत् ११९ (वि.सं. १०५५) को हस्तलिखित ग्रन्थको पुष्पिकावाक्यमा उल्लिखित ‘गण्डकीगुल्मविषय’ को बारेमा विचार गर्र्र्दा यस्तोे मत प्रस्ताव गर्नुभएको हो ।
देवघाटमा कालीगण्डकीलगायत सबै गण्डकीहरू गण्डकीसङ्गम भएर नारायणी नामले चिनिएका छन् । मल्लपुरीका सामन्तलाई सैनिक अभियान गर्दा प्रथम मानदेव लिच्छवि राजा गण्डकीनदी तरेका थिए भन्ने बुझिन्छ । माथि चर्चित सन्दर्भमा गण्डकीमात्र भनिएकोले त्यो कुन गण्डकी होला भन्ने प्रश्न स्वाभाविक रूपले उठ्दछ । तर धनवज्र बज्राचार्यले गण्डकीका ७ धारामध्ये कालीगण्डकी बढी प्रसिद्ध हुनाले चाँगुनारायण अभिलेखमा उल्लिखित गण्डकी कालीगण्डकी नै हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
हाल विदेश पुगेको भगवान्् विष्णुको धातुनिर्मित मूर्तिको पादपीठमा लेखिएको नेपाल संवत् १२४ (वि.स. १०६१) मितिको अभिलेखमा राजा उदयदेवको पालामा श्रीजिग्लोद्गम नामको विषय (जिल्ला) का वासिन्दा लृपनले गरुडध्वज विष्णुलाई ‘कोश’ चढाएको कुरा लेखिएको छ ।  यो वैष्णवमूर्ति बनाएर स्थापित गरिएको ‘जिग्लोद्गम’ ठाउँकोे परिचय हाल पाउन नसके पनि यसको लक्षणको आधारमा कालीगण्डकी नदीकै किनारा क्षेत्रमा कतै थापिएको हुन सक्ने धनवज्र वज्राचार्यको मत रहेको देखिन्छ ।
यसरी कालीगण्डकी मुक्तिपर्वत ‘विष्णुसरोवर’ बाट झर्दै मुक्तिनाथबाट निस्कने धाराहरूमा परिणत भएको बुझिन्छ । मुक्तिनाथमा १०८ धारा निर्माण गरिएको छ । खासमा पहाडबाट निस्कने धाराहरू केवल ५, ६ वटा मात्रै देखिन्छन् ।  मूलतः कालीगण्डकी नदीका रूपमा परिणत हुँदै यो नदी ‘कागबेनी’ (हंसतीर्थ) मा दामोदरकुण्डबाट प्रवाहित भएको हुँदा स्थानीय भाषामा दामोदर नदीका रूपमा परिचित भएको देखिन्छ । यो नदी मुस्ताङ हिमालको उत्तरी सिमाना समुद्रसतहदेखि २०,८१४ फिटको उचाइ सीमान्तरेखा शृङ्खलाहरूबाट उत्पत्ति भई नीलगिरि, दामोदरकुण्ड, धवलागिरि र मुकुटहिमाल हिमनदीहरूबाट उत्पत्ति भएका नदी र खोलाहरूलाई समेट्दै कागबेनीबाट संयुक्त दामोदरनदी (कालीगण्डकी) को मिश्रण हुँदै क्रमशः जोमसोम, मार्फा, टुकुचे, कोवाङ्, लेते, दाना, घाँसा, तातोपानीमा आएर मिर्सा–मृडा–नीलगंगा नदीमा सम्मिलित हुन्छिन्  । कालीगण्डकीमा सम्मिलित हुने प्रथम नदीको रूप यो हो । त्यसपछि कालीगण्डकी गलेश्वर क्षेत्रमा गएर रहु (रघु) राखु (देविका) भन्ने नदीसित सम्मिलित हुन्छिन् ।
यहाँ प्रसिद्ध हृषीकेश भगवान्को शालग्रामशिलामा स्थापित मूर्ति रहेको छ । यस स्थानलाई मुक्तिक्षेत्रपछिको महत्वपूर्णतीर्थ रुरुक्षेत्रका रूपमा स्थापित तीर्थस्थलका रूपमा लिइन्छ । लाखौँ भक्तजनहरू विशेष पर्व माघेसंक्रान्ति र ठूलो एकादशीमा यहाँ आई स्नान गर्ने, पूजा आदि गर्ने परम्परा रहेको छ ।
यसरी कालीगण्डकीमा मिल्ने आठ सहायक नदीहरूको संक्षिप्त विवरण उल्लेख गरिएको छ । जसमा यी नामहरू यसरी रहेका छन् । १. मिर्सा–मृडा–नीलगंगा, २. रहु (रघु), राखु, देविका, इच्छुमती, चक्रनदी, ३. म्याग्दी (मंगला), ४. मोदीबेनी (माधवी), ५. सेतीबेनी–हैमवती (हैमवती शिला), ६. आधी–आँधी, (अन्धावती), दीर्घतमा ७. वडीघाट (रुद्रावती÷रूद्रमती), ८. रुरुगङ्गा+रिडी आदि । त्यसैगरी त्रिशूली र सेती (शाम्भवी) गण्डकीमा – मुख्य चार गण्डकीसहित ४ सहायक नदीहरू मिली सम्मिलित भएका नदीहरू यसरी रहेका छन् ः– १. मादी (माद्री), २. मस्र्याङ्दी, ३. दरौँदी, ४. बूढीगण्डकी (मुख्य), ५. चेपे (चम्पावती), ६. आँखू (आँकू) (नेत्रवती), ७. तादी (तापी) सूर्यमती, ८. वेत्रावती (वेदवती) गरी ९ रहेका छन् । यसरी संयुक्त रूपमा १८ गण्डकी–नदी हुन पुगेका छन् । सात गण्डकी र ११ सहायक नदीहरूका नामलाई यसरी उल्लेख गरेको देखिन्छ । पद्यश्लोकमा १८ गण्डकीहरूको नाम उल्लेख गरिएको छ ः–
सेती, मादी, आँखू, चेपे दरौँदी, मस्र्याङ्दी औ तादी त्रिशूली, बूढी । काली, शैला (हैमवती) मङ्गला, माधवी ती, राघु, मिर्सी, रुद्र, रुरु र आदि । नौ नौ जोडा गण्डकी हुन् अठार, यिनको जम्मा देवघाट प्रचार । यिनमा आयी स्नान गर्छन् र यात्री, मानिन्छिन् यी गण्डकी पुण्यदात्री ।
यसरी कालीगण्डकी रिडीबाट, रानीघाट, राम्दी, रामपुर केलादी, हुँगीघाट, गजरकोट, पुट्टारघाट, घुमारीघाट, गङ्गडी (गर्गेश्वर) घाट, लोहार्गलक्षेत्र, पिण्डारकक्षेत्र, शंखप्रभक्षेत्र देवप्रभक्षेत्र आदि हुँदै पवित्रतीर्थस्थल देवघाट धाममा गएर त्रिशूली गण्डकीसित संगम भएपछि (नारायणी) नामकरण हुन जान्छ । यस कालीगण्डकी नदीको कुल लम्बाई ३०० कि.मि. मध्ये ५५ कि.मि. गजरकोटदेखि देवघाटसम्म तनहुँ र नवलपुर जिल्लाको सिमानाको काम गरेको छ । यो नेपालकै सबैभन्दा गहिरो नदी हो ।  भन्ने कुरा डिल्लीराम मिश्रकै मत छ, तर कतिपयले फैलावटमा कोशी,गहिराईमा कर्णाली धेरै पानी हुनेमा सप्तगण्डकी (नारायणी) पनि भनेका छन् ।
१.१.४ पार्वतीद्वारा देवताहरू शालग्राम पाषाण बन्नुको कारण
वाराहकल्पअन्तर्गत स्वायम्भुव मन्वन्तरमा तारकासुर दानवको उपद्रवले गर्दा इन्द«ादि देवताहरूलाई आ–आफ्नो स्थानदेखि पलायन हुनु प¥यो । सबै ब्रह्माका शरणमा परे । ब्रह्माबाट शिवपार्वतीपुत्रद्वारा तारकासुरको वध हुनेछ भन्ने जानकारीका आधारमा देवताहरू मन्दराचल पर्वतमा जहाँ शिवपार्वती बसेका थिए, त्यहाँ गएर चार महिनासम्म आराधना गरे । विवाहपछि शिवपार्वती गुप्त रहे, एकसय वर्ष पुग्दासम्म पनि अलग भएनन् । यता तारकासुरको दमन उत्तरोतर बढ्दै गयो । शिवबाट प्राप्तसङ्केत अनुसार अग्निलाई दूत बनाई शिवपार्वतीसमक्ष देवताहरूले पठाए । अग्निले परेवाको रूपमा छिपेर उमा–महेश्वरको केलिगृहमा प्रवेश गरेर परेवाको स्वरमा आएको जानकारी दिए । शिवद्वारा फ्याँकिएको वीर्यपान गरेर त्यहाँबाट अग्नि निस्किए । यो कुरा थाहा पाएपछि पार्वती क्रुद्ध भइन् । आफ्नो रति प्रसङ्गमा बाधा पारेबाट व्रmुद्ध भएर देवताहरूलाई श्राप दिँदै–पार्वतीले भन्नुभयो । जुन स्वार्थले गर्दा पत्थर जस्तो हृदय गराएर मेरो पुत्र प्राप्तिरूप कामनालाई तिमीहरूले सफल हुन दिएनौ, त्यसले गर्दा शीघ्र सबै देवताहरू पत्थरका रूपमा परिणत हुनेछौ । देवताहरूले अनेकप्रकारले पार्वतीको स्तुतिगरेपछि प्रसन्न भई पार्वतीबाट आज्ञा भयो । हे देवता हो ! स्वर्गमा पत्थरका रूपमा रहनु पर्ने छैन । मत्र्यलोकमा भगवतीगण्डकीका गर्भमा शालग्राम भएर भक्तहरूका लागि वरदानदिन समर्थ हुनेछौ । हे विष्णु ! तिमीले पनि रतिसंवादमा संलग्न भएका समयमा अग्निलाई दूतका रूपमा पठाउन निषेध गरेनौ, त्यसो हुनाले तिमी पनि पत्थर रूप (शालग्राम) मा परिणत हुनेछौ । विष्णुको स्तुतिबाट प्रसन्न भएर पार्वती भन्छिन्ः ब्रह्माकी प्रियपुत्री गण्डकीको स्वच्छ पवित्र जलमा तिम्रो वास हुनेछ । जसले चक्रमय शालग्राम रूपमा तिम्रो दर्शन गर्नेछ त्यसलाई यमलोक धाउनुपर्नेछैन । शङ्करको पनि यस प्रसङ्गमा सहमति हुनाले ब्राह्मणहरूका श्रापले गर्दा लोकमा निन्दित लिङ्गरूप प्राप्त गरेर ठूलो दुःख पाउनुहुनेछ भनी उल्लेख गरिएको छ ।
पार्वतीद्वारा शापप्राप्त भएको बुझेर त्यसबाट मुक्त हुन पार्वतीको स्तुति गरे । शंकर भगवान्ले भन्नु भयोः– मैले निन्दित कर्म गरेको भएपनि देवहितका लागि गरेको हूँ । तिमीलाई पुत्रप्राप्ति सुखबाट वञ्चित गरेको छैन, तिमीलाई छोरा अवश्य मिल्नेछन् । प्राणभन्दा प्यारीका रूपमा तिमीलाई देखेको छु । तिमीलाई जे मन लाग्छ त्यो गर भनी पार्वतीको तेजोवध गर्दै कोप शान्त पारेको प्रसङ्ग पनि स्मरणीय रहेको देखिन्छ । केही प्रसन्न हुँदै पार्वतीबाट आज्ञा भयो– आगामी चतुर्मासमा ब्रह्मचर्यमा रहेर सारा देवसामु ताण्डवनृत्य र हरिहरात्मक हजुरको रूपमध्ये हरिरूप अर्धवाम शरीर मलाई दिनुहुन्छ भने प्रसन्न भएर दया गर्नेछु । शङ्करबाट सोही बमोजिम स्वीकृति भए अनुसार एउटा चतुर्मासभरी सम्पूर्ण देवगणहरूको सामुन्ने ब्रह्मचर्यपूर्वक ताण्डवनृत्य भएपछि पार्वतीले सन्तुष्ट हुँदै भन्नुभयो– विप्रशापद्वारा नर्मदा जलमा खसेको शिवलिङ्ग नर्मदेट्ठवरका रूपमा विश्वपूज्य हुनेछन् भने प्राणप्रतिष्ठा पनि गर्नुपर्ने छैन भन्दै पार्वतीले शङ्करभगवान््को स्तुति गरिन् । पार्वतीले जुन अपराध मबाट भयो, त्यसलाई क्षमा गरिदिनु होस्, कुनै रिसराग नगरी अन्त्यमा अनुग्रह होस् भनी विनम्र भएर शंकरका चरणमा परिन् । शङ्कर प्रसन्न भएर सबै अपराध क्षमा गरे । अन्तमा महादेवले आफ्नो वैष्णव वामअङ्ग पार्वतीलाई दिएर सहर्ष समवेत भएर अर्धनारीश्वरका रूपमा परिणत भए भन्ने कुराको उल्लेख गरिएको छ ।
पुराणहरूका आधारमा देवघाटधामको महङ्खवलाई स्पष्ट पार्दा शालग्रामक्षेत्र अन्तर्गत चक्रनदी (शालग्राम)को महङ्खव वराहपुराणमा उल्लेख भए अनुसार सालङ्कायन ऋषि विस्तृत रूपमा फैलिएको शालग्रामक्षेत्र शालपर्वतमा शालको वृक्षमा भगवान् नारायणले दर्शन दिएर शालग्राम पाषाण बन्न गएको प्रसङ्ग उल्लेख भएको छ र साथै हिमवत्खण्डले पनि लक्षण र चक्रका आधारमा शालग्राम (शालिग्राम) को चर्चा गरेको छ । हरिहरक्षेत्रको महङ्खवमा भगवान् विष्णु र शंकरको तादात्म्य सम्बन्धबाट संगम भएको देवघाटक्षेत्रको महङ्खव र देवाटको महङ्खवलाई वराहपुराणले उल्लेख गरेको छ । त्यसैगरी आदिप्रयागका रूपमा चर्चा गरिएको हिमवत्खण्ड अन्तर्गत गण्डकीमाहात्म्यको सातौं अध्यायमा आदिप्रयागको वर्णन गरिएको छ । यसमा एक्काइसौं शताब्दीमा तयार भएको उत्तरमहाभारत गण्डकीपर्व, उत्तररामायणले पनि आदिप्रयागको विषयमा चर्चा गरेकोले देवघाटक्षेत्रमा संगम हुने कालोजल कृष्णा र सेतोजल शुक्ला–सेती–त्रिशूली हिमालयबाट पहिलो हिमश्रेणीको रूपमा देवाट÷देवघाटमा आइसकेको हुँदा यो पहिलो आदिप्रयाग हो भनेर पुष्टि गरिएको छ ।
आदिप्रयाग र शालग्राम महिमाको विषयमा चर्चा गर्दा भारतमा रहेका प्रयाग भन्दा छुट्टै विशेषता बोकेको देवाट÷देवघाटको अलौकिक तीर्थलाई वराह भगवान्ले पृथ्वीलाई यो मेरो प्यारो पहिलो– आदिप्रयाग क्षेत्र हो भनेर उल्लेख गर्नुभएको छ ।  यस विषयमा योगी नरहरिनाथको कथन अनुसार भगवान् शंकरले विषपान गरेर देवाट÷देवघाटबाट गोसाइँकुण्ड लगायत १०८ कुण्डहरूमा स्नान गरेर मानसरोवर कैलाश पर्वतमा पुग्नु भएको पाइन्छ । त्यसपछि देवगणहरू आएर देवाट÷देवघाटको दोविल्लामा बसेर त्यहाँ अमृतकलश राख्दा अमृत झरिसकेपछि वसिष्ठ ऋषिको आदेश अनुसार कैलाशपर्वतमा गएर शंकर भगवान्लाई अमृत दिइयो भन्ने प्रसङ्गका आधारमा ज्योतिर्लिङ्गेश्वर शिवालयलाई अमृत खसेको मन्दिरका रूपमा भगवान शंकरले वरदान स्वरूप दिइएको प्रसङ्ग हो भनेर योगीले पुष्टि गरेका आधारमा २०४५÷०४६ सालमा प्रथम कुम्भपर्वको वीजारोपण हुँदै २०६९ सालमा गएर दुईवटा कुम्भकलश घडा तयार भए, यी दुई घडा मध्ये एउटा घडा प्रयागतीर्थ (इलाहावाद) मा लगी प्रवाह गरी आदिप्रयाग–देवघाट र प्रयागतीर्थको समन्वय भएको थियो । त्यसपछि समन्वयात्मक कुम्भाभिषेक– जलबाट नारायणी संगममा महास्नान भएको थियो । १२ वर्षे महाकुम्भमेला यही २०८१ सालको पौष ६ गते देखि प्रारम्भ भएर माघेपूर्णिमा सम्म आठोटा महास्नानहरू भएका थिए । यो कार्य देवघाट विकास केन्द्र नेपालले गरेको थियो । पूर्णाहुति महाशिवरात्रिमा गएर भएको थियो । साथै शालग्राम (शालिग्राम) पाषाणका रूपमा सम्पूर्ण देवगणहरूलाई पार्वतीदेवीले श्राप दिएको प्रसङ्गका आधारमा पुष्टि गर्दा तेत्तीसकोटी देवी–देवताहरू हिमालयको भूखण्ड–दामोदर–मुक्तिनाथबाट मानसकल्पकी कृष्णगण्डकीको संगमस्थल देवाट÷देवघाट माडीक्षेत्रसम्म फैलिएको ३०९ कि.मि.को परिधिले आदिप्रयाग–देवघाट नै हो र यहाँ कुम्भपर्वको समायोजन हुन गएको हो भनेर उल्लेख गरिएको छ । यसमा वराहपुराणमा वराह भगवान्ले पृथ्वीलाई यो छुट्टै प्रयागका रूपमा स्थापित गंगा यमुना सरस्वतीका रूपमा प्रयाग तीर्थ रहेको छ, त्यसरी नै देवनदीतीर्थ (देवघाट) पनि तीर्थ रहेको छ भनी उल्लेख गरिएको छ । मूलतः माघमहिना भर प्रयागमा स्नान गरेको जुन फल हो त्यो एकदिन हरिहरक्षेत्र देवघाटको सप्तगण्डकी संगम मकरसंक्रान्तिमा स्नान गर्नाले फलप्राप्ति हुन्छ भनी उल्लेख गरिएको छ । एकातर्फ हरिहरक्षेत्र दोस्रोतर्फ हरिक्षेत्र भनेर वर्णन गरिएको छ । यसले के देखाउँछ भने हिमालको नजीक शिव र कृष्णको नामबाट प्रवाहित नदीहरू शालवृक्ष र शालग्राम पाषाण उत्पन्न भएका अवसरमा नदीहरू प्रकटित भएका हुन् भनेर चर्चा गरेको छ । यिनै प्रसङ्गलाई लिएर हिमवत्खण्डमा आउँदा गण्डकीमाहात्म्यले आदिप्रयाग देवघट्ट (देवघाट) भनेर चर्चा ग¥यो । अतः योगी नरहरिनाथले कुम्भपर्व मेला गराउनु पर्दछ भनेर २०४५ सालमा कुम्भमेलाको प्रारम्भ गरेका थिए । किनकि यो पहिलो हिमश्रेणीबाट आएको कालो र सेतोजल हो भनेर आदिप्रयागको संज्ञा दिइएको छ । अतः परस्परमा सामञ्जस्य कतै पनि छैन, तापनि विश्वमा दुर्लभ एकमात्र शालग्रामको रूपमा स्थापित क्षेत्र हो भनेर पुष्टि गरिएको छ । साथै भगवान् विष्णुमात्र शालग्राम होइनन्, अपितु सम्पूर्ण देवगणहरू पनि पाषाणका रूपमा शालग्राम भए भनेर उल्लेख गरिएको छ । जे होस् ! वराहपुराणमा १५ तीर्थको वर्णन गरेको छ भने हिमवत्खण्डको गण्डकीमाहात्म्यले आदिप्रयागको पुष्टि गरेको छ । त्यसैगरी देवघाट अलौकिक क्षेत्र हो, यसमा प्रयाग तीर्थ वरावर कुम्भमेला पर्व लगाउनु पर्दछ र शास्त्रीय सम्बन्ध पनि रहेकोले कुम्भमेला हुनु पर्ने देखिन्छ ।
१.१.५ चक्राकार विष्णु र षट्चक्रचिन्तन
माधवप्रसाद घिमिरेले लेखेको “देवघाटः षट्चक्रको मूलाधार” भन्ने लेखमा “योग र तन्त्र अनुसार यो देवघाट मूलाधारचक्र हो र मुक्तिनाथ सहस्रारचक्र हो” भन्ने चर्चा गरेको देखिन्छ । योगीराज गोरखनाथको मतानुसार सहस्रार चक्रका पनि विभिन्न भेद हुन्छन् । यो भनाइलाई मान्ने हो भने दामोदरकुण्डलाई पनि यही सहस्रारचक्रको रूपमा लिन सकिन्छ । मूलाधार र सहस्रारचक्रका बीचका चक्रहरू भन्नाले स्वाधिष्ठान मणिपूरक (अग्निदाहकत्व शक्ति) चक्रबाट उठेको आदिप्रयाग–देवघाटधाम हुँदै नाभिले स्पशै गरेको हृदय क्षेत्र रूरू अनाहत क्षेत्र हुँदै विशुद्धाख्य कण्ठ काकवेणी (कागवेनी) र आज्ञापयचक्र शीर्षस्थान मुक्तिनाथ लगायत स्थानको स्थापनाको निम्ति कालीगण्डकीका बीचबीचका क्षेत्रलाई निर्धारित गर्नुपर्दछ  भन्ने भनाइ मान्ने हो भने शालग्राम चक्र नै षट्चक्रको कुण्डलिनी स्वरूप हो भन्ने विषयलाई साधनापुरुष लोकनाथ रेग्मीद्वारा संकलित तयार पारिएको “अजपाजपविधि र षट्चक्रचिन्तन” मा प्रस्तुत गरिएका कुराहरू मननीय देखिन्छन् ।
सहस्रारभन्दा तलका षट्चक्रका स्वरूप यसरी रहेका छन् ः १. मूलाधार २. स्वाधिष्ठान ३. मणिपूरक ४. अनाहत ५. विशुद्धि ६. आज्ञा ७. सहस्रारचक्र यी सात रूप हुन् । यसमा उल्लेख भएअनुसार शालग्राम (शालिग्राम) शिला देवी कुण्डलिनीको सर्पाकार भएर साढे तीन फन्को मारेर स्थित भएर रहेको चित्र रहेको छ  । यसबाट के रहन्छ भने षट्कुण्डलिनीको स्वरूप दामोदरकुण्डदेखि लिएर मुक्तिपर्वत हुँदै संगमस्थल देवघाट धाम हुन् भन्ने कुरालाई उद्धृत गर्दा ‘देवघाटः षट्चक्रको मूलाधार’ हो भन्ने विषयलाई इंगित गर्न खोजिएको हो जस्तो यस ‘अजपाजपविधि र षट्चक्रचिन्तन’ सानो पुस्तिकाले दर्शाउन खोजेको देखिन्छ । षट् कुण्डलिनीको सन्दर्भमा एकजना विद्वान्ले विद्वत् सभामा के चर्चा गरे भने हाम्रो शरीर भित्र रहेका पिंगला सुषुम्ना र इडा यी तीनै तङ्खवले कार्य गरेका हुन्छन् । त्यसैगरी हाम्रो नेपाल षट्कुण्डलिनी हो, यस कुण्डलिनीमा इडाको रूपमा सप्तकोशी– बीच भागमा सुषुम्ना सप्तगण्डकी र पिंगला सप्तकर्णाली रहेका छन् भनी चर्चा गरे ।
मूलतः सृष्टि हुनुभन्दा पहिले शालग्राम (पाषाण) मूर्ति जलमय सृष्टिमा आइसकेको थियो, जुनवेला भगवान्् विष्णुको नाभि (नाइटो) बाट उत्पन्न कमलमा ब्रह्मा उत्पन्न हुनुभयो । स्वयम् उत्पन्न भएका ब्रह्मालाई समेत म कहाँबाट उत्पन्न भएको हूँ– भन्ने कुराको बोध हुन सकेन, त्यसपछि ‘तप’ भन्ने सुनेर तपस्यामा संलग्न हुनुभयो, हजारौँ वर्षपछि स्वरूपलाई चिन्नुभयो र परवासुदेव नारायण पिताबाट दिव्य विग्रहको मूर्ति सर्वाङ्गले युक्त भएको आफ्नो स्वरूपको पाषाण शालग्राम मूर्ति दिनुभयो । जसलाई ब्रह्माले सम्मानपूर्वक ग्रहण गरेर ‘अर्चा’ गर्नुभयो ।  त्यसपछि मत्स्य, कूर्म, वराह अवतारपछि पृथ्वी स्थापित भयो । पृथ्वी स्थापित भइसकेपछि जीवाश्मस्वरूप शालग्राम (पाषाण) देखाप¥यो । त्यो भन्दा अगाडि केवल जलमय सृष्टि (समुद्र) मात्र रहेको थियो, भनिन्छ यस विषयमा वैज्ञानिक पक्षबाट भन्नुपर्दा यस्तो रहेको छः–
वैज्ञानिकअनुसार हड्डी नभएको जनावर (समुद्रमा बस्ने प्राणी) हाल प्राप्त हुने शङ्खेकीरा जस्तै हो । यसको शरीर बाहिर कडा खोल हुन्छ र नरम भाग कडा खोल भित्रै हुन्छ । यो जात समुद्रमा चालीस करोड वर्षअगाडि देखा परेको थियो र छ करोड वर्ष अगाडि लोप भयो, जस्तै डायनासोर पनि । यो समयको अन्तरालमा समुद्रमा व्यापक रूपमा फैलिएको थियो । जति मर्दै जान्छन् समुद्रको पीँधमा थेग्रिँदै गयो र खोलाले, नदीले ल्याएको ढुंगा माटो वालुवाले पुरिंदै लग्यो । त्यसपछि कडाभाग माटो सँगसँगै चट्टानमा परिणत भयो । पछि समुद्रको मुनि सतहको माथि उठ्दै आएपछि समुद्र सुक्दै गयो र अन्त्यमा जमीनको भाग पहाडमा परिणत भयो । पहिलो पटक पृथ्वीमा ४० करोड वर्ष पहिला देखा परेको जुरासिक समयमा एमुनाइट जीवाश्म कालीगण्डकीको शालिग्राम २०–१४ करोड वर्ष पहिला देखाप¥यो । भू–क्षयले ढुंगालाई खियाउन थालेपछि चट्टानभित्र रहेको शालग्राम (शालिग्राम) बाहिर देखियो । एमुनाइट (शालिग्राम) बस्ने सागरलाई टेथिससागर (तीर्थसागर) भनिन्थ्यो । टेथिससागर नेपाल, सिक्किम, भूटान, भारतको लद्दाख, असम, अरुणाचलप्रदेश हुँदै इरान, इराक, अरवखाडीसम्म टेथिससागर (तीर्थसागर) फैलिएको थियो ।
दुईटा सागरमध्येमा १. नीरसागर २. क्षीरसागर यी दुवैमा भगवान्् नारायणको वास हुन्छ । श्रीकृष्णगण्डकीको गर्भमा वास गर्ने अर्चावतार श्री शालग्रामलाई भगवान् नारायणकै अंश मानिएकोले कालीगण्डकीलाई पूर्ण आदिगंगा भनिएको छ ।  वीकिपीडियाले विश्वमा शालग्रामयुक्त नदीमा केवल कृष्णगण्डकीलाई मात्र उल्लेख गरेकोे पाइन्छ ।
प्राग्भूगोलअनुसार टेथिसकल्प सागर ओसेनिश वरुणकी बहिनी श्रीमती टेथिसमा चीन, तिब्बत र दक्षिणभारत मात्रै सागरभित्र थिएन, अपितु एकार्णव भूगर्भभित्र सप्तद्वीप वसुमती सम्पूर्ण सागरमा टेथिसको टुक्रा भूतख्ता (भूकम्प) पर्वको पखेँटाका रूपमा आदि जीवनारायण जीवाश्मका रूपमा उङ्खपत्ति भएको थियो । जसलाई वैज्ञानिकहरू फोसिल भन्दछन् । तमसा कालीगण्डकी, हरिहरक्षेत्र, देवघाट सदानीरा (गण्डकी) हिमाल पारी तिब्बत र अन्नपूर्ण र माछापुच्छ«े हिमाललाई काटेर प्रवाहित भएकी कालीगण्डकीमा आदि जीवनारायणको उङ्खपत्ति भयो यही नै आदिवासीको रूपमा जेठो हो ।  अन्य हुन सक्दैन, अतः हिमालभन्दा विन्ध्य हिमाल पुरानो हो, जसलाई सुमेरुकल्पका रूपमा वर्णित छ ।
हालको शालग्रामक्षेत्र भरतखण्ड–भरतवर्ष जहाँ ऋषभदेवले तपस्या गरेको क्षेत्र अजनाभवर्ष (भारतवर्ष)को भूभाग हो । हिमालयभन्दा जेठो मानिएको कृष्णगण्डकीको स्वरूप दक्षिणतिरबाट उत्तरतिर बगेको थियो । हिमालय उठेपछि कृष्णगण्डकी नदी दक्षिण दिशातिर फर्किन् ।  त्यसपछि हिमनदीहरू सुमेरूपर्वत आदिबाट प्रस्फुटित भए । भारतवर्षमा जब सभ्यता बन्यो त्यो सभ्यतामा आगो र पानीको एक मूलतङ्खवको सृष्टि भयो । आगो र पानी भनेका दुवै विपरीत वस्तु हुन्, तर शालग्रामक्षेत्रमा मिलेर बसेको यो अनुपम उदाहरण हो । यही तङ्खवद्वारा नै सृष्टिको सुरूवात भएको छ । शालग्रामक्षेत्रमा ब्रह्मतङ्खव जीवाष्मको अंश देखापरेपछि सृष्टिको पूर्णतः मुहान यहीँबाट आएको हो ।
शालग्रामक्षेत्रमा ‘गण्डकी’ नामकी देवीले दसहजार वर्षसम्म तप गर्दा सुकेका पात र वायुभक्षण गरेर दिव्य सय वर्षसम्म विष्णुमै तल्लीन भएर तप गरिन् । गण्डकीदेवीले तन्मयकासाथ स्तुति गरेसकेपछि वरदान माग्न देवीसित आग्रह गर्दा गण्डकीले भनिन् ः हे विष्णो ! यदि हजुर मसित प्रसन्न हुनुहुन्छ भने हजुरले मलाई वाञ्छित वर दिनुहोस् । हे विष्णुदेव ! हजुर मेरो गर्भगत भएर पुत्र हुन स्वीकार गर्नुहोस् भन्ने आधारमा गण्डकी देवीले कस्तो वरदान मागिन् भन्ने कुरालाई आश्चर्य मानेर संसारको मुक्तिका निम्ति म गण्डकीको गर्भमा शालग्रामशिला भएर पुत्रस्वरूपमा निवास गर्नेछु, भनेर विष्णुले वरदान दिए ।
गण्डकीले दसहजार वर्ष तप गरेको आधारमा विष्णु भगवान् शालग्राम गण्डकीको जलमा सधैं शुद्ध र अमृतमय रूपमा रहेका छन् । यसमा देवगण, ऋषि–महर्षि र पितृहरूका उपासकहरूले विधिपूर्वक जलमा स्नान गर्नेछन्, भनी गण्डकीलाई वरदान दिएर भगवान्् शंकर अन्तध्र्यान भए, भन्ने कुरा शंकर भगवान्ले चन्द्रमालाई व्यक्त गरे अनुसार यो क्षेत्रमा हरि र हर (शालग्रामक्षेत्र) मा एकै भएर बसेकोले रेवाखण्ड, गण्डकी र शालग्रामको एकै सन्दर्भमा चर्चा हुनु समुचित देखिन्छ ।
सालङ्कायनले पुत्र नन्दीकेशरलाई मथुरा जानको निम्ति आज्ञा गरे अनुसार त्यहाँ गएर गोठ र धन तथा शिष्य आमुष्यायणसित भलाकुसारी गरेर गाईहरू र धन साथ लिएर हिँडे । यसरी नन्दीकेशर र आमुष्यायणले एउटा उत्तरप्रयाग त्रिवेणीक्षेत्र जलेश्वर÷गलेश्वरमा पाँचरात्रि बसेर घुम्दै जाँदा अर्को क्षेत्र नवलपुर–त्रिवेणी हुँदै हरिक्षेत्र भागीरथी र गण्डकीको संगम सोनपुरतर्पm पनि लागे भन्ने कुराको चर्चाका आधारमा यस क्षेत्रको महत्व श्रेष्ठतम रहेको छ भनी उल्लेख गरिएको छ ।
वराहपुराण अनुसार मुक्तिक्षेत्रबाट लिएर त्यस शालग्रामक्षेत्रको त्रिवेणी भू–भागसम्मको दूरी बाह्र योजनको छ भन्ने विवरण दिएको छ ।  त्यसपछि वराह भगवान््सित पृथ्वीदेवीले हजुरको परमप्रिय मुक्तिदायक क्षेत्रमा तप गरिरहेका सालङ्कायन ऋषिद्वारा के के भयो भन्ने प्रश्नमा वराह भगवान्् उत्तर दिनुहुन्छः सालङ्कायन मुनिले विधिपूर्वक धेरै तपस्यामारत भएपछि एक उत्तम सालवृक्षलाई देखे । त्यस विशाल सालवृक्षलाई देखेपछि थकित महामुनिले मलाई दर्शन गर्ने इच्छा राखेर त्यस रूखमा विश्राम लिए । यसमा सालङ्कायन ऋषिले भनेः हे देव विष्णु ! हजुर ममाथि प्रसन्न हुनुहुन्छ र तपस्याबाट खुशी भएर वरदिन चाहनु हुन्छ भने शंकरको समान पुत्र होस् भन्ने आधारमा भगवान्् विष्णुले हे मुनीश्वर ! तपाईको दाहिना अङ्गबाट नन्दिकेशर नामका छोरा उत्पन्न भएर पनि चौधकल्प बितिसक्यो भनेर विष्णुले वताए । हे ब्रह्मर्षि ! तपाईंले जान्न सक्नुभएन, मायायोग र बलले युक्त भई गाइगोठमा मेरै साथ शालग्राम पर्वतमा बसेका थिए भन्ने चर्चा पाइन्छ ।
महर्षि शालङ्कायनले मन्दारपर्वत अथवा मन्दराचलपर्वत, सुमेरूपर्वतबाट तप गर्दै गण्डकी प्रवाहित भएको स्थानमा सालघारीको जंगलभित्र तप गरेका थिए । भनिन्छ ः– हिमालय पर्वतमा कुनै सालङ्कायन नामका महामुनि थिए, तप गर्दा गर्दै शिला रूपमा परिणत भए, ती शिला भगवान् विष्णुका रूपमा वा मेरै अंशका रूपमा हुन गए, त्यस पर्वतमा भगवान् शंकर पनि शिलारूपले वस्नुहुन्छ भनी वराहले पृथ्वीलाई    वताउनुभयो ।
पुनः भगवान् वराह पृथ्वीदेवीलाई भन्नुहुन्छ ः– म पनि  त्यो पर्वतमा पर्वतै भएर पूर्णरूपले वस्दछु । त्यो पर्वत (शालग्राम) मा जति पाषाण छन्, ती मेरै अंश हुन्, यी सबैमा पूजा–अर्चना गर्ने परम भागवतभक्त हुन् । यसमा चक्रले युक्त भएको चिह्नको के वर्णन गर्ने । यस पर्वतमा शिवजी लिङ्गरूपले वस्नुहुन्छ, त्यसलाई शिवनाभ र कुनैलाई चक्रनाभ पनि भन्दछन्, ती मेरै अंश रूप हुन । पुनः पृथ्वीले वराह भगवान्लाई सोध्नुहुन्छ ः– हे प्रभु ! तपाईको प्रियक्षेत्र मुक्तिदायकमा तप गरेपछि ऋषिले के गरे भन्ने प्रश्नमा भगवान् वराह भन्नुहुन्छ ः– धेरै वर्षसम्म तप गर्दा गर्दै उत्तम सालवृक्षलाई देखे । त्यस विशाल सालवृक्षलाई देखेपछि थाकेका महामुनिले मेरै दर्शनको इच्छा राख्दै त्यस वृक्षमा विश्राम लिए । यसरी सालङ्कायन महामुनि सालवृक्षको पूर्वतर्फ गएर पश्चिम मुख गरेर वसे । मेरो मायाबाट मूढ भएकाले त्यससमय मेरो दर्शन पाउन सकेनन् ।
त्यसपछि वैशाखशुक्लद्वादशीका दिन त्यस सालवृक्षको पूर्वभागबाट उनलाई मेरो दर्शन मिल्यो । महर्षि शालङ्कायनको घोर तपस्याद्वारा वैशाखशुक्ल द्वादशीतिथिमा शालवृक्षावतारमा त्रिवेद (ऋग्यजु–साम) को वृक्षको मूलगर्भमा पाषाण रूपमा क्षीरसागर स्वरूप आदिप्रयाग÷आदि गंगा सदानीरा नारायणीमा भगवान् शालग्राम परब्रह्मस्वरूपको दिव्यदर्शन र प्राकट्य मध्याह्न १२ वजेको समयमा दर्शन प्राप्त गरेको भूमि यही देवभूमि देवसरोवर हो ।
शालको वृक्षमा अवतार लिएर भगवान् नारायणले पवित्र यो उत्तरी २४ योजन (९६ कोश ३०९ कि.मि) परिधिमा फैलिएको शालग्रामक्षेत्रको भूभाग हो, भने दक्षिण मिथिलाक्षेत्रबाट २४ योजन (९६ कोश (३०९ कि . मि.) भूभाग रहेको छ । गण्डकीदेखि उत्तर गिरिराज हिमालयदेखि दक्षिणीभागमा जुन क्षेत्र छ, त्यहाँ ब्रह्माद्वारा निर्मित ब्रह्मपुत्री चक्रनदी (ब्राह्मी गण्डकी) नाम गरेकी तीर्थ नदी रहेकी छन् । जहाँ चक्रै चक्रले युक्त चक्रनदीको क्षेत्र जसलाई ठूलोतीर्थका रूपमा लिइएको छ । जसमा भगवान् विष्णु सन्निकटमा रहेको सर्वश्रेष्ठ २४ योजनको उत्तमक्षेत्रको रूपमा चिनिएको छ । त्यसको उत्तरभागमा  एउटा महान् पर्वत छ, जुन मलाई प्रिय लाग्छ । त्यसको छाया भित्र हे गरूडजी ! शिलाहरू सम्पूर्ण वृक्ष मेरै चिन्हहरूबाट अङ्कित छन् । अतएव पृथ्वीतलमा त्यो स्थान केहीकालसम्म निवास गर्ने मनुष्य र पक्षीहरूको मस्तक (कपाल) र सम्पूर्ण अस्थि (हड्डी) हरूमा स्पष्टरूपबाट चक्रको चिह्न रहन्छ । यसप्रकार त्यस क्षेत्रको माहात्म्य जान्नुपर्दछ कि मृग–पक्षी अलावा पनि चक्रनदीको उत्तरतीरमा नाना मूर्ति भएका शालग्राम रूप चक्र पाइन्छन्, तिनीहरू उत्तम पुण्यलाई प्राप्त हुन्छन् । पूजा गर्नाले चतुर्वर्ग फलप्राप्ति (धर्म, अर्थ, काम, मोक्ष) को लागि चक्रको पूजा गर्नुपर्दछ । हिरण्यगर्भ– हिरण्यवज्रकीटबाट निर्मित चक्र उत्तम हुन्छ ।  हिरण्यवज्रकीटले ३ थरी चक्र बनाएको हुन्छ–ती चक्रका नाम मठचक्र, पट्टचक्र, केसरचक्र हुन् भनी ३०९ कि.मि. को भूभागमा यी रहेका छन् ।
कुनै समयमा अनादि भगवान् स्वयं आदि जीवनारायण हिरण्य वज्रकीट भएर पृथ्वीतलमा विचरण गरिरहे । अत्यन्त तेजस्वी सुवर्णमय भ्रमर रूपधारी ती महापुरूषलाई देखेर देवताहरू पनि उनै सरह रूपलाई धारण गर्दै स्तुति गर्न लागे । अतएव ती भ्रमरहरूबाट यो सम्पूर्ण चराचर जगत् व्याप्त भयो । यहाँसम्म कि ती हिरण्यगर्भ भ्रमरहरूबाट सधैँ सम्पूर्ण जगत् डाँवाडोल भइरहेको छ । गरूडजीले जगत्पति सनातन विष्णु भगवान्लाई यस रूपमा देखेर जगत्हितको लागि पर्वतरूपबाट त्यसलाई रोके । गति रूक जानाले भगवान् आदिजीवनारायण सहसा वडो विलको भित्र प्रवेश गर्नुभयो । जीवनारायण प्रवेश गर्नु भएपछि सम्पूर्ण भ्रमरहरू त्यसै विलमा भूँ भूँ गर्दै प्रवेश गरे । यी सवै रेशमी कीराहरूको समान आ–आफ्नो घर वनाउन लागे ।  अतएव नास्तिकहरूलाई विश्वास दिलाउनको लागि अहिलेसम्म पनि हिरण्यवज्रकीट भ्रमरहरूका समान ६ ओटा खुट्टा हुन्छन्, भनी शालग्रामरहस्य एवं धर्मसंहितामा उल्लेख गरिएको छ ।
शालङ्कायनमुनिले आदिगंगा सदानीरा–कृष्णगण्डकीको तटमा वसेर तप गर्दा यो स्थान तिब्बतको भूमिबाट एकतर्फी छ भने अर्कोतर्फ चक्रस्वामी (दामोदरकुण्ड)बाट प्रकटित नदी नै अथवा चक्रतीर्थजलको संगम सुर्खाङ–ढिही दामोदर कृष्णगण्डकीसंगम हुँदै काकवेणी हंसतीर्थमा मुक्तिधारा मुक्तिनदी, कुष्णागण्डकीसँग संगम हुन्छिन् । त्यसपछि मृषा (नीलगंगा इक्षुमती रहुगणगङ्गा हुँदै रूरूगङ्गालाई समेट्दै महाभारत डाँडो खाल्टे (भीमढुंगाघाट) बाट सीधै विशालपोखरी देवसरोवर हरिहरात्मक एवं हरिक्षेत्र देवाट÷देवघट्ट ÷देवघाटक्षेत्र सेरोफेरो गण्डकीतटमा बसेर धेरै कालसम्म शालङ्कायन मुनिले तप गर्नु भयो । आदि शालब्रह्मस्वरूप वृक्षावतार नारायण भगवान्ले भन्नुभयोः– वरदान माग भन्दा मुनिले निवेदन गर्नुभयो– साक्षात् शिवजस्तै मेरा सन्तान जन्मून् ।  भगवान् वृक्षावतार शालग्राम नारायण भन्नुहुन्छ ः– मुनीश्वर ’ शिवकै नन्दिकेश्वर मूर्ति तपाइँका दाहिनेतर्फ खडा छ– त्यो तपाइँकै अङ्गबाट निस्केको हो । हे महामुने ! अब तपस्यालाई समाप्ति गर्नुहोस् र शान्तिलाई प्राप्त गर्नुहोस्, ती नन्दीश्वर प्रकट भएको चौधकल्प वितिसक्यो, । व्रजमा अवतार लिँदा मसँगै रहेका थिए । तपाईका शिष्य आमुष्यायणले बोलाएर लगे, अब उनलाई शूलपाणि पनि भन्दछन् । आजदेखि तपाईँले तपस्या गरेको यो शालवृक्षको नामबाट प्रसिद्ध क्षेत्र जान्नु पर्दछ, र यस वृक्षलाई तपाईले जुन देख्नुभयो त्यो म नै हुँ, यसमा शंका छैन । शंकरजी वाहेक यस कुरालाई कसैले जान्दैन । किनकि म मायाबाट छिपेर रहन्थें तापनि यस समय तपाईको घोरतपबाट मूर्तिस्वरूप भएर प्रकट भएको हूँ । त्यसपछि भगवान् शालवृक्ष परब्रह्म अन्तध्र्यान हुनुभयो ।
वराह भगवान्् पृथ्वी देवीलाई अगाडि भन्नुहुन्छः– सालङ्कायन ऋषिले वरदान पाइसकेपछि ऋषि कै दृष्टिबाट अन्तध्र्यान भएर उच्च हिमालय गिरिकूटनामक क्षेत्रमा विष्णु भगवान् बस्नु भएको छ । शालग्रामक्षेत्रमा मुख्य १५ गोप्य तीर्थहरूका नामहरू यसप्रकार रहेका छन्ः (१) विल्वप्रभ (२) चक्रस्वामी (दामोदरकुण्ड) तीर्थमा यताउता चारैतर्पm चक्रचिह्नित शिलाहरू देखिन्छन् । चक्राङ्कित शिलाहरू जहाँ रहेका छन्, त्यस क्षेत्रफलको परिधि तीनयोजन (१२ कोश) तीन रात उपवास बसेर जो मनुष्यले स्नान गर्दछ । त्यसले तीन यज्ञ (अश्वमेध, अग्निष्टोम र वाजपेय) को फल निश्चय नै प्राप्त गर्दछ भन्ने कुरा यस उत्तरी क्षेत्र मुस्ताङमा रहेको तीर्थले बताउँछ । त्यसैगरी तेस्रो तीर्थ ‘विष्णुपद’ (४) कालीह्रद (५) पाँचौं ‘शंखप्रभ’ तीर्थ (६) गदाकुण्ड (७) सातौँ ‘अग्निप्रभ’ जसमा पूर्व र उत्तरतर्पm भएर एउटा मनोहरधारा खसेको छ । त्यस स्थानमा विद्यमान जल हेमन्तऋतुमा ‘तातो’ ग्रीष्म ऋतुका दिनमा शीतल पाइने ‘अग्निप्रभ’ बाट अग्नितीर्थ’ का रूपमा लिइएको छ । त्यसैगरी (८) आठौँ तीर्थ सर्वायुध’ (९) नवौँ तीर्थ ‘देवप्रभ’ (१०) दशौँ ‘विद्याधर’ (११) एघारौँ ‘पुण्यनदी तीर्थ’ रहेको छ ।
बराह भगवान्् अगाडि भन्नुहुन्छः त्यस गोप्य क्षेत्रमा एउटा ‘पुण्या’ नामकी नदी ढुङ्गाशिलाहरू, लता कुञ्जहरूबाट गन्धर्व वा अप्सराहरूबाट सेवित छ ।  जसलाई ‘पुण्यनदी तीर्थ’ का रूपमा लिइएको छ । त्यसैगरी मेरो यस सुन्दरक्षेत्रमा ‘गन्धर्व’ नामको एक धारामा पश्चिमतर्पm भएर धारा खस्दछ । त्यस्तै (१२) बाह्रौँ तीर्थ ‘देवह्रद’ (देवताहरूको तलाउ) रहेको छ । हे पृथ्वी ! त्यहीँ मेरो क्षेत्रमा देवह्रद (देवताहरूको तलाउ) बलिराजाको यज्ञध्वंस भएर मेरो खुट्टाबाट दविएकी तिमी (पृथ्वी) अतिप्यारी भएकी हौ भनेर (१३) तेह्रौँ ‘वटुवामनतीर्थ’ का रूपमा पनि लिइएको छ । त्यो तलाउ वरदायक, श्रेष्ठ, सुन्दर, सुखशीतल र देवताहरूलाई पनि दुर्लभ छ भनेर बताइएको छ । (१४) चौधौँ सिद्धाश्रम (देवघाटधाम) मा पुण्यवद्र्धक (पुण्यलाई बढाउने) प्रसिद्ध ‘सिद्धाश्रम’ जहाँ सप्तर्षिहरूको तपस्थली सप्तर्षि तपोवन, तथा वसिष्ठगुफा (वसिष्ठ आश्रम) रहेको छ । त्यस्तै १५ (पन्ध्रौँ) तीर्थका रूपमा ‘शम्भुतपोवन’ सम्पूर्ण आश्रमहरूको अपेक्षा श्रेष्ठ भगवान् शिवको तपको रूपमा रहेको छ भनेर पन्ध्रतीर्थका विषयमा चर्चा गरिएको छ । वराह भगवान् अगाडि भन्नुहुन्छः– हे देवी ! सम्पूर्ण पापहरूलाई नाश गर्ने शालग्राम क्षेत्र र गण्डकी नदीको महिमाको विषयमा तिमीलाई वर्णन गरें । त्यसैगरी यस संसारमा जति पापी छन्, उपकारको बदला अपकार गर्ने व्यक्ति छन्, ब्राह्मण वा देवताका विरोधी (अपराधी) छन् । यी सबैलाई र दुष्ट शिष्यहरू तथा शास्त्रमा दोषारोपण गर्ने व्यक्तिहरू पनि तर्दछन्  । मुकुन्देश्वर चक्रवर्तीशिला मन्दिरबाट पश्चिमोत्तर जसलाई (देउती खोला) का रूपमा स्थानीय मानिसहरू भन्ने गर्दछन्, तर यो स्थान ‘देवगङ्गा’ को नामबाट रहेको छ । त्यसैको नजिक देउ÷देवपुरको नामबाट गाउँ रहेको छ । यी प्रत्येक १५ तीर्थहरूमा स्नान, दान, यज्ञ, पूजा–पाठ जपतप श्राद्ध कर्म गर्नाले अश्वमेधादि यज्ञहरूको फल प्राप्त हुन्छ र शरीरलाई त्याग गर्नाले वैकुण्ठलोक प्राप्त हुन्छ भनी उल्लेख गरिएको छ ।
भगवान्् श्रीकृष्णको कालो शरीरमा विद्यमान कपोल गण्डस्थल (गाला) बाट चुहेका पसिनाद्वारा उत्पन्न भएकी वैष्णवी कृष्णगण्डकी नदी हुन् । यस्तै भगवान्् शिवको जटाजूट शिरबाट प्रकट भएकी शुक्ला–सेती–सरस्वती, शाम्भवी–त्रिशूलगङ्गा–गण्डकी तथा तुुलसीस्वरूपा ब्राह्मीगण्डकी – यी तीनै रूपको वैष्णवी देवनदी गण्डकीक्षेत्रका बीच भागको यावत् वन, पर्वत सबै मुक्तिक्षेत्र मुक्तिनारायण १०८ धाराका रूपमा स्थापना भएको छ   । गण्डकीपुत्र हिरण्यगर्भाको नामकरण पाषाण शालग्रामको नामले बल्ल प्रसिद्ध हुनगयो ।
शालग्रामक्षेत्रको नजिकै ‘शङ्खप्रभ’ भन्ने क्षेत्र रहेकोछ । यो स्थान सदानीरा–आदिगंगा कृष्णगण्डकीकै तटमा रहेको छ । तर द्वादशीकादिन अद्र्धरात्रिको समयमा शंखध्वनि हुन्छ । भन्नुपर्दा देवाट÷देवघाटक्षेत्रको तनहुँतर्फ सीतागुफा भएको ठाउँमा मध्यरात्रिका समयमा शंखध्वनि सुनिन्छ । त्यो कुरा त्यस ठाउँमा तप गर्ने व्यक्तिहरूले थाहा पाइरहेका हुन् । अतः देवधाम÷देवघाटधाम, चरणचिह्न मूलाधार, स्वाधिष्ठान, मणिपूरक–अग्नितत्वदेखि हृदयक्षेत्र रूरूसम्म यो शंखध्वनिको आवाज आउने गरेको छ । त्यसैको दाहिनेपट्टि गदाकुण्ड रहेको छ, त्यहाँँबाट एउटा नदी निस्कन्छिन् । त्यसमा स्नान गर्ने संग्राम जित्न सक्ने हुन्छ । त्यो ठाउँमा तीन दिन वास गरी स्नान गर्नुपर्छ । एउटा ध्वनितीर्थ छ । ध्वनिकासाथ भूगर्भबाट नानाप्रकारका माछा सहित जल निस्कन्छ । त्यसमा स्नान गर्ने व्यक्ति वेदान्तवादी वन्दछ । अर्को देवह्रद (देवदह) नामको विशाल तलाऊ छ , त्यहाँ अनेक माछा खेल्छन् । देवलोकबाट देवदेवीहरू यहाँ आई क्रीडा गर्दछन् । त्यहाँ स्नान गर्नाले तुरून्त दुःखमोचन हुन्छ । त्यो क्षेत्रमा अनेक घटनाहरू घटी रहन्छन् । देवाट÷देवघाटक्षेत्रका साना ठूला नदी तलाऊमा स्नानदर्शन गर्नाले मनवचन शरीरले गरेका पाप सबै नष्ट हुन्छन् । दशदिन त्यो क्षेत्रमा बसेर स्नानदान ग¥यो भने अस्वमेध यज्ञको फल पाउँछ । अतः मुक्तिक्षेत्रबाट देवाट÷देवघाटसम्म २३२ कि.मि. रहेको छ । यतिसम्मको भूमि पवित्र यसरी रहेको छ, जहाँ आदिगंगा सदानीरा–कृष्णगण्डकी र शुक्ला (सेती) सरस्वती र त्रिशूलगंगा यी तीनै विष्णु, ब्रह्मा, महेशस्वरूप तीन पुरूष नदी हुन् । त्यसैले यो क्षेत्रलाई मुक्तिक्षेत्रको नामले कहिएको छ ।
कौशिकीबाट नारायणी आदिगंगा सदानीरा कृष्णगण्डकीसम्म मिथिलापुरीको लम्बाई पूर्वदेखि पश्चिमसम्म २४ योजन छयानब्बे कोश (३०९) कि.मि. रहेको छ । जबसम्म शालग्रामी (चक्रनदी) मिल्दैन, तवसम्म पश्चिमतर्फ जानुपर्दछ । त्यसपछि शालग्रामी नाम गरेकी नदी (गण्डकी) मा स्नान गरेर हिमगिरि  (मुक्तिनाथ दामोदरकुण्ड) तर्फ जानुपर्दछ, त्यसपछि कौशिकी नदीको तटमा पुग्नु पर्दछ ।
नेपाल राष्ट्र नै हरिहरात्मक देश हो, नेपालको पूर्वमा वराहक्षेत्र पश्चिममा मुक्तिक्षेत्र (मुक्तिनाथ–मुक्तिनारायण) हंसतीर्थप्रयाग, (काकवेणी), पुलस्त्यपुलहतीर्थराज, स्वायम्भुव मन्वन्तरसमय उत्तर आदिप्रयाग, जलेश्वरतीर्थ (गलेश्वरधाम, रूरूक्षेत्र (रूरूतीर्थप्रयाग हृषीकेशनारायण) मध्यमदक्षिण देवाट÷देवघट्ट÷देवघाटधाम, प्रथम हरिहरक्षेत्र, वैवस्वतमन्वन्तर समय आदिप्रयाग देवतीर्थसंगमपीठ, नेपालस्थहृदय मध्यमा पाशुपतक्षेत्र, चतुःषष्टीयोगिनी देवीक्षेत्र, उत्तरहिमाल विष्वक्सेन (गणेशावतार जन्म) गणेशहिमाल, सूर्यदेव–वैवस्वत मित्रावरूण देवाट–जन्मक्षेत्र, नारायणपुरूषक्षेत्र यसरी अनन्त प्रभावशाली क्षेत्रहरू विद्यमान छन् । राष्ट्रमुद्रामा शंख, चक्र,  गदा, पट्ट, अङ्कित गरिन्छ । राष्ट्रका कर्णधारलाई शेषनागले परिमण्डित सिंहासनमा विराजमान गराई पूजा गरिन्छ । यावत् धार्मिककृत्यका अन्त्यमा ‘नारायणायेति समर्पयामि’ भनिन्छ । वैष्णवानां एकादशीको व्रत सबैले गर्दछन् । श्राद्धभूमिमा शंखचक्राङ्कित सिंगारिन्छ । त्यस्तै पशुपतीश्वर, पिण्डेश्वर, भीमेश्वर, कुशेश्वर, केवलेश्वर, जलेश्वर, अखिलेश्वर, जटेश्वर, वटेश्वर, अमृतेश्वरज्योतिर्लिङ्ग हरिहर (देवधाम –देवघाटक्षेत्र) आदि शिवधामहरू राष्ट्रभरमा विद्यमान छन् । राष्ट्रनायकका सन्देशमा ‘भगवान् पशुपति नाथले हामी सबैको कल्याण गरून्’ भन्ने भक्तियुक्त वाक्य रहन्छ । त्यसैगरी शालग्रामपरब्रह्मस्वरूप मुक्तिनाथलाई तात्कालिक जुम्लाका राजाले ‘वदरीनाथो जयति मुक्तिनाथ सहाय’ भन्ने वाक्यांश लेख्ने चलन थियो । अतः नेपाललाई शान्तक्षेत्र पुण्यभूमि मानिएको हो । यसै हरिहरात्मक पुण्यभूमिमा मुख्यरत्नस्वरूप शालग्राम प्रतीक पाषाण हुनु झन् महत्वपूर्ण कुरा हो ।
१.१.६ शालग्रामको महŒव पुराणहरूका दृष्टिमा
शालग्रामको महङ्खवको विषयमा पद्ममहापुराण पातालखण्डअन्तर्गत अध्याय १९ मा ब्राह्मणदेवले राजा रत्नग्रीवलाई र ‘सुमति’ मन्त्रीले शत्रुघ्नलाई शालग्राम र चक्राङ्कित शालग्रामशिलाको विषयमा महिमा बताएको देखिन्छ । राजा हिँडिरहेका थिए, अगाडि पापनाशिनी नदी (गण्डकी) देखे । त्यो नदी चत्रैmचक्र ढुङ्गोले युक्त मुनिहरूको मनलाई निर्मल गर्न लागिरहेको थियो, । हे राजन् ! यी गण्डकी नदी देवता तथा असुरद्वारा सेवित बगिरहेकी पुण्य जलद्वारा सम्पूर्ण पापहरू नष्ट हुने संचित यस्ती नदी हुन् ।
आचारले युक्त होस् वा आचाररहित पापयुक्त होस्, ब्रह्महत्याले युक्त होस्, त्यस्तो व्यक्ति पनि यदि शालग्राम शिलाको जल पियो भने त्यो व्यक्ति परमधाम प्राप्त गर्दछ । जहाँ उत्तम पुरुषहरूद्वारा शालग्रामशिलालाई पूजन गरिन्छ । त्यो स्थान दुईकोशसम्म करोडौँ तीर्थ समानको हुन्छ ।  जसको प्राणमार्गबाट पक्का विश्वास भई सन्तोषपूर्वक प्राण जान्छ भने त्यस व्यक्तिले (मुखमा) शालग्रामको शिलाको जल उत्साह रूपमा ग्रहण गर्छ भने त्यो व्यक्ति मुक्तिका लागि प्राप्त हुन्छ । यसमा कुनै सन्देह छैन । यमका दूतहरू यातना दिने हिसाबले हिंडिरहेका हुन्छन्, तर शालग्रामको शिलास्पर्श गर्नाले सम्पूर्ण पापलाई भष्म (खरानी) पार्दछ । यसमा यमदूतले केही गर्न सक्दैनन् ।
बृहन्नारदीयमहापुराणअन्तर्गत पूर्वाद्र्धखण्ड, अध्याय १३ मा सनन्दन मानसपुत्र ऋषिले देवर्षि नारदलाई शालग्रामको महङ्खवको विषयमा प्रसङ्ग बताए अनुसार जसले तुलसीको पत्र (पात) सहित शालग्राम (भगवान््) मा अर्पण गरेर खान्छ भने त्यो व्यक्ति प्रलयपर्यन्त भगवान्् विष्णुको लोकमा बस्दछ । मृकण्ड ऋषिले प्रलय कालमा पनि भगवान्् शालग्रामको शिलार्चन गरे ।  मृकण्डुले धेरै वर्षसम्म शालग्राम क्षेत्रमा जीवन बिताएको प्रसङ्गसमेत बृहन्नारदीय महापुराणमा उल्लेख गरिएको छ ।
मृकण्डु नामका श्रेष्ठ प्रसिद्ध मुनिले शालग्राम महातीर्थमा धेरै वर्षसम्म शरीरलाई सुकाइ ध्यानस्थ भएर सकाम भावनालाई समाप्त पारी कर्मलाई व्यतित गर्दै शालग्राम महा क्षेत्रमा तपस्या गरी मुक्ति प्राप्त गरेका थिए ।  मोक्षको इच्छा गर्ने मानिसबाट सेवित यस शालग्रामको महा क्षेत्रमा हे नारद ! ‘भरत’ नाम गरेका राजाले शरीरलाई तपाई विष्णु भगवान््को आराधना गरेका थिए ।  राजा भरतले चक्रनदी (कृष्णगण्डकी) को जलमा तीनमुहूर्त (दुर्ई घण्टा २४ मिनेटसम्म) जलमै बसेर जप गर्दथे । त्यसै क्षण (कुनै हरिणी) जल पिउने इच्छाले अति तिर्खाएकी त्यस चक्रनदीको तीरमा आई यो दृश्य चक्रनदीमा तपस्या गर्न बसेका भरत राजाले टुलुटुलु गरी हेरे । भरत नामका राजाले मर्ने अवस्थामा पनि मृगमा आसक्त भएर मरेका हुनाले अर्को जन्ममा मृग भएर जन्मिए । यसरी जातस्मर भएकोले आफ्नी आमालाई (हरिणी) लाई छोडेर सुकेका घाँस पातहरू भक्षण गरी आत्मालाई सन्तुष्टि दिने वा पोषण दिने हिसाबले शालग्राम क्षेत्रमै बसेर जीवन बिताए ।
श्रीमद्भागवतमहापुराणअनुसार भरत राजा एककरोड वर्ष निक्लिएपछि उनले राज्य भोगको प्रारब्ध क्षीण भएको जानेर सम्पत्तिलाई यथायोग्य छोराहरूलाई बाँडिदिए पछि पुलहाश्रममा आए । यस पुलहाश्रममा रहेका भक्तहरूमाथि भगवान््को ठूलो भक्तिप्रेम रहेको छ । यही वात्सल्यले गर्दा भक्तहरूको इच्छानुसार रूप धारण गरी सदा उनको नजिक वास गर्नुहुन्छ । अर्थात् यहाँ भक्तहरूले चाँडै नै उहाँलाई भेट्दछन् । यहाँ चक्रनदी (शालग्रामवाहिनी–गण्डकी) नाम गरेकी प्रसिद्ध नदी छन् । यी गण्डकी तल–माथि दुवैतिर नाभिसमानको चिह्न भएका चक्राकार शालग्रामशिलाले ऋषिहरूको आश्रमलाई सबैतर्पmबाट पवित्र गरिरहन्छिन् । मुनि भरत एक्लै यस पुलहाश्रमको उपवनमा एकान्त ठाउँमा बसेर नाना प्रकारका पत्र, पुष्प, तुलसीदल, जल, कन्दमूल, फलादि सामग्रीले भगवान््को आराधना गर्न लागे । यसो गर्नाले उनको अन्तस्करणमा समस्त विषयको अभिलाषा क्रमशः दूर भइ गयो र दिन दिनै निष्काम भावको वृद्धि हुन लागेकाले उनलाई परमानन्द शान्ति प्राप्ति भयो ।
त्यसैगरी एकपटक भरत मुनि महानदी (शालग्रामवाहिनी आदिगङ्गा चक्रनदी) कृष्णगण्डकीमा स्नान गरी नित्य नैमित्तिक एवं अन्य सबै आवश्यक कर्मबाट निवृत्त भई नदीको किनारमा बसेर तीनमुहूर्त (दुर्ई घण्टा २४ मिनेट) सम्म ॐ कारको जप गरिरहे  भन्ने प्रसङ्ग श्रीमद्भागवतमहापुराणको पञ्चम स्कन्धमा उल्लेख गरिएको छ । यसरी शालग्रामक्षेत्रमा प्रवाहित हुने गण्डकीलाई चक्रनदी र दृषद्वती नदीका रूपमा चित्रण गरेको छ ।
अग्निमहापुराणमा शालग्रामको मूर्ति र लक्षणको विषयमा बताइएको छ ः–  १. ‘वासुदेव’ २. ‘संकर्षण’ ३. ‘प्रद्युम्न’ ४. ‘अनिरुद्ध’ ५. ‘नारायण’ ६.  ‘परमेष्ठी’ ७.  ‘विष्णु’ ८.  ‘नृसिंह’ ९. ‘कूर्म’ १०. ‘हयग्रीव’  ११.‘वैकुण्ठ’ १२. ‘मत्स्यावतारधारी’ १३. ‘श्रीधर’ १४. ‘वामन’ १५. ‘त्रिविक्रम’ १६. ‘अनन्त’ १७. ‘दामोदर’ १८. ‘सुदर्शन’ १९. ‘लक्ष्मीनारायण’ २०. ‘अच्युत’ यसरी २० प्रकारका मूर्तिको लक्षण र स्वरूपको विषयमा चर्चा भएको देखिन्छ । शालग्राम शिलारूपी श्रीहरिको पूजा तीन प्रकारले हुन्छ– काम्या, अकाम्या र उभयात्मिका हुन्छ । मत्स्य आदि पाँच मूर्तिहरूको पूजा काम्या वा उभयात्मिका हुन्छ । पहिला भनिएका चक्रादिबाट सुशोभित वराह, नृसिंह र वामन यी तीनोटाको पूजा मुक्तिका लागि गर्नुपर्दछ ।
अग्निपुराण अनुसार अग्निदेवले भगवान्् शङ्करलाई भन्नुहुन्छः महाराज प्रियव्रत सुमेरू (पर्वत) बाट छोराहरूलाई राज्याभिषेक गरेर शालग्राम (नामक वन) मा तपस्या गरेर वैकुण्ठलोक गए । त्यहाँ नत अधमकोटिको छ न मध्यम कोटिको नै छ अपितु सबै समान छन् त्यस्तो हिमालय देशबाट नाभिले जन्म लिए । महाराज नाभिले मेरूदेवीबाट ‘ऋषभ’ नामक पुत्र प्राप्त गरे । ऋषभदेवबाट भरतको जन्म भयो । राज्यको ऐश्वर्य आफ्नो छोरा (भरत) लाई सुम्पेर ऋषभदेवले शालग्राम क्षेत्रमा तपस्या गरेर विष्णुलोकलाई प्राप्त गरे । भरतको नाममा (यस देशको नाम) भारतवर्ष रह्यो । ऋग्वेदले भारतको नामबाट अग्निलाई सम्बोधन गरेको छ । कालान्तरमा भरतबाट सुमतिनामक छोराको जन्म भयो । भरतले (पनि) छोरालाई राज्यलक्ष्मी दिएर शालग्रामको क्षेत्रमा तपस्या गरेर भगवान् नारायणलाई प्राप्त गरे ।
गरूडमहापुराण उत्तरखण्डको ब्रह्मकाण्डमा शालग्रामको महङ्खवका विषयमा श्रीकृष्ण भगवान्ले जैगीषव्य मुनिलाई भन्नुहुन्छ ः– निश्चय नै मनुष्यहरूका लागि शालग्रामको दान नै दुर्लभ मानिएको छ । त्यसमा पनि लक्ष्मीनारायण भगवान््को मूर्ति दान त धेरै नै दुर्लभ छ । देवताहरू त्यस पुण्यलाई जान्दैनन् जुन कुरा श्री निवास हरि नै जान्दछन् । जसबाट शालग्राम जस्तो तीर्थबाट त्यस्तो पापलाई नष्ट गर्ने वेङ्कट भगवान्् वेङ्कट–(पाप ईश–मालिक) भएका हुनाले उनैलाई मात्र पुण्यको विषयमा थाहा हुन्छ । त्यसरी नै त्यस दुर्लभ तीर्थमा शालग्रामको दान ब्राह्मणवर्गलाई अति उत्तम मानिन्छ । जम्बु (जामुन) को फलको आकार जस्तो सुन्दर नील वर्ण भएको मुख दुर्ईटा भएका चारकोणको चक्र परेका वस्तुहरू दुर्लभ मानिन्छ ।
वामनमहापुराणअनुसार ऋषि पुलस्त्यले देवर्षि नारदलाई यस शालग्रामक्षेत्रको विषयमा भगवान् नारायणले भारद्वाज ऋषिलाई जुन प्रसङ्ग बताउनुभएको थियो त्यो प्रसंग यहाँ सुनाउँदै जाँदा दैत्यमा श्रेष्ठ प्रह्लाद त्यसपछि यस शालग्रामको ठूलो फल दिने तीर्थ स्थलमा आए । जहाँ अटल भएर बसेका भगवान् विष्णुलाई (प्रह्लादले) खाँवोमा, वृक्षहरूमा उनकै वास भएको देखे भन्ने कुरा पाइन्छ ।  हे ब्रह्मर्षि भारद्वाज ! त्यसै प्रकारले म पृथ्वीमा शालग्रामको रूपमा पनि बसेको छु, जलस्थल तथा वृक्षहरूमा पनि शालग्रामकै रूपबाट बसेको छु  भनी नारायणले भन्नुभयो ।
कल्किपुराणको तृतीयांशको एघारौँ अध्यायअनुसार राजा र शशिध्वज र रानी सुशान्ता (गिद्धगिद्धिनी) का रूपमा दुर्ई जोडीलाई कुनै व्याधाले पकडेर गण्डकीको शिला (शालग्रामशिला) को नजिक जलमा राखेर शिरलाई धुजा–धुजा पा¥यो । चक्राङ्कित शालग्राम शिलाको गंगामा तत्काल मृत्यु हुनाले ज्योतिस्र्वरूप विमानद्वारा चारबाहु (चारहात) धारण गरी वैकुण्ठलोक गएको कुरा चर्चित छ । ब्रह्मलोकमा पाँच सय युगपर्यन्त सुख भोगेर कालको वशीभूत भएर चार सय युगपर्यन्त देवलोकमा स्वर्गको सुख भोग्यौ । हे राजाहरू हो ! तदनन्तर हामी दुर्ईटाले यस मृत्युलोकमा जन्मधारण गरेको र गण्डकीको शालग्राम शिलाको स्थानमा मरण भएकोले हरिको कृपाबाट सबै वृत्तान्त स्मरण रहेको हो ।  गण्डकीको शिलामा मरण (मृत्यु) हुनुबाट जस्तो पूर्वजन्मको जाति आदिको स्मरण रहन्छ । गण्डकीको जलको स्पर्शमात्र हुनुबाट महिमाले युक्त ठूलो फल प्राप्त हुन्छ । जब शालग्रामशिलाको स्पर्श मात्रबाट मृत्यु हुनुमा यस्तो फल मिल्दछ  भने फेरि वासुदेव भगवान्को सेवा गरेमा कति धेरै फल मिल्दछ त्यो अवर्णनीय छ ।
ब्रह्माण्डमहापुराणको तृतीय मध्यमभाग ‘उपोद्घात’ २५ अध्यायमा वसिष्ठ ऋषिले गुरु बृहस्पतिलाई यो प्रसङ्ग सुनाउनुहुन्छ । शान्त नामका मुनिवर (श्रेष्ठ ऋषि) ठूलो तपस्वी पुत्र प्राप्ति (त्यस पुत्रका लागि) गर्ने इच्छाले तीर्थको अभिलाषी शालग्राम क्षेत्रमा आए   र तपस्या गरी मनोरथ पूर्ण गरेको प्रसङ्ग पाइन्छ ।
शिवमहापुराण रुद्रसंहिताअन्तर्गत युद्धखण्ड, अध्याय ४१ मा तिमी पाषाण (शालग्राम–ढुङ्गा) को समान दयाहीन कर्मरहित भएर मेरो श्रापबाट तिमी पाषाण भएर बस भन्ने श्राप विष्णुले पाएको कुरा पनि चर्चित छ ।  यसप्रकारले भगवान् विष्णुलाई श्राप दिइसकेपछि तुलसी रोएर बसिरहेको अवस्थामा भगवान् शंकर पुगेर यस्तो भन्नुहुन्छः हे तुलसी ! तिमी न रोऊ ! सबै जना कर्मकै फल भोग्छन् । यस कर्मसागर संसारमा सुख–दुःख दिनेवाला कोही पनि छैनन् । तिमीले छोडेको यस शरीरबाट एउटा नदी बहनेछ र भारतमा यो गण्डकी नामबाट विख्यात हुनेछ र पुण्यरूपमा हुनेछ्यौ । साथै वृक्षको (रूखको) अधिष्ठात्री देवी भएर वैकुण्ठमा दिव्यरूप धारण गरेर रहनेछ्यौं, जहाँ हरिको साथ रही नित्य रमण गर्नेछयौ । नदीको अधिष्ठात्री देवी जो भारतमा धेरै पुण्य दिनमा समर्थ हुन्छन्, त्यहाँ पनि तिमी हरिकै अंश क्षीरसागरकी पत्नी हुनेछ्यौ । यसरी गण्डकी नदीको किनारमा यिनी हरि (विष्णु) तिम्रो श्रापबाट भारतमा शैल (पर्वत) रूपबाट पाषाण भई बस्ने छन् ।
त्यसैगरी त्यहाँ पनि तीखा दाँतहरूले करोडौँ कीराहरूले भेदन गरेर त्यसमा चक्र बनाउने छन् । यसप्रकारको शालग्रामशिला पुण्य दिनमा श्रेष्ठ छन् । यो चक्रको भेदनबाट लक्ष्मीनारायणादि नामका चक्र हुनेछन् । जो व्यक्ति शालग्राम शिलाबाट तुलसीपत्रको विच्छेद गर्नेछ । जन्मान्तरबाट त्यसले स्त्रीको वियोग सहने छ ।   साथै शङ्खलाई छोडेर जो तुलसीपत्रलाई विच्छेद गर्नेछ, त्यो स्त्रीविहीन भएर सात जन्मसम्म रोगी रहनेछ । शालग्राम तुलसी र शंख यी तीन वस्तुलाई एकै ठाउँमा जसले राख्न सक्छ, त्यो महाज्ञानी हुन्छ र त्यो हरिको प्यारो हुन्छ भन्ने प्रसंग पनि शिवमहापुराणमा छ । सनतकुमार ऋषिले भन्नुहुन्छ– शंकर भगवान् अन्तर्धान भइसकेपछि ब्राह्मीस्वरूपा तुलसी ‘गण्डकी’ नदीमा परिणत भइन् । त्यसैगरी त्यही गण्डकी नदीका किनारमा सत्पुरुषहरूलाई पुण्य दिनका लागि विष्णु भगवान् शालग्राम भए ।
ब्रह्मवैवर्तमहापुराण प्रकृतिखण्ड अध्याय २१ मा तुलसी देवीलाई भगवान्् श्रीनारायणले वर्णन गर्दा शालग्रामको शिला जहाँ रहन्छ, त्यहाँ भगवान् विष्णु र समस्त तीर्थहरूसमेत लक्ष्मी निवास गर्दछिन् भन्ने उल्लेख आउँछ । शालग्राम शिलाको जलबाट जसले अभिषेक गर्दछ र त्यो समस्त तीर्थहरूमा स्नान गर्दछ, समस्त यज्ञहरूको दीक्षाहरूबाट दीक्षित हुनजान्छ । जो नित्य शालग्रामशिलाको जलको पान गर्दछ तथा देवताहरूको प्रियप्रसाद (भोग लगाएर) को भक्षण गर्दछ, त्यो जन्म मरण र बूढोपनबाट रहित हुन्छ । मृत्युको समयमा शालग्रामशिलाको जल जसले ग्रहण गर्दछ, मनुष्य सम्पूर्ण पापबाट मुक्तभई विष्णुलोक जान्छ । शिवमहापुराण रुद्रसंहिता अध्याय ४१ अनुसार श्लोक ५५ कै प्रतिकृतिमा त्यहाँ शिवले तुलसीदेवीलाई भन्नुहुन्छ– शालग्राम तुलसी र शंख यिनलाई एकत्र (इकट्ठा) गरेर जो तुलसी पत्रादिलाई रक्षा गर्दछ, त्यो महाज्ञानी एवं श्रीहरिको प्रिय पात्र हुन्छ ।
ब्रह्मवैवर्तमहापुराणमा तुलसीको उपाख्यान दिइएकोे छ भने शिवमहापुराणमा पूर्ण विवरण दिइएको छ । त्यसैगरी श्रीमद्देवीभागवत महापुराणमा भगवान् विष्णु तुलसी देवीलाई भन्नुहुन्छ कि यो तिम्रो शरीर नदीरूप भएर गण्डकी नामबाट विख्यात हुनेछ र भारतवर्षमा स्नान गर्नेहरूका लागि पुण्यरूप हुनेछ्यौ र म पाषाण (शैल) पर्वत रूपबाट गण्डकी नदीको किनारमा तिम्रो श्रापबाट निवास गर्नेछु । व्रतदान, प्रतिष्ठा, श्राद्ध, देवपूजा, शालग्राम शिलाको नजीक सम्पूर्ण वस्तु धेरै हुन्छन् । चार वेदहरूको पाठ गरेको तपस्या फल जुन प्राप्त हुन्छ, त्यो शालग्राम शिलाको पूजनले प्राप्त हुन्छ । जो मनुष्य नित्य शालग्रामशिलाको जलपान गर्दछन्, तिनीहरू निःसन्देह देवताहरूको इच्छित प्रसादलाई ग्रहण गरेर, जो कोही मृत्युकालमा शालग्राम शिलाको जललाई पान गर्दछ, त्यो सम्पूर्ण पापबाट रहित भएर, विष्णुलोकलाई प्राप्त हुन्छ भनिएको छ ।
हेमाद्रिसंहिताअनुसार शालग्रामसम्बन्धी मुद्रा जुन ठाउँमा चक्राङ्कित प्राप्त छन् । त्यसको अगाडि दान दिनुमा त्यही फल प्राप्त हुन्छ, जुन सूर्यग्रहणको समयमा प्रभास क्षेत्रमा प्राप्त हुन्छ ।
विष्णुधर्मोत्तरपुराणको उत्तरखण्डमा छाताको आकार, कछुवाको सरह हुने, बीचमा चक्र देखिने र दधिबिन्दुबाट युक्त सानो मूर्ति भयो भने त्यसलाई दधिवामन भनिन्छ ।
हिन्दुमान्यताअनुसार वैष्णव र शैव सम्प्रदायमा शालग्राम (शालिग्राम) को ठूलो मान्यता रहिआएको छ ।  यो शालग्रामशिला आदिगंगा कालीगण्डकीमा मात्रै पाइने हुनाले यसको माध्यमबाट नेपालभूमिले सम्पूर्ण हिन्दुसमाजमा सम्मानको स्थान पाएको पनि स्पष्ट हुन आउँछ ।  मार्कण्डेयमहापुराणमा हिमालयबाट निस्केका नदीहरूको वयान गर्दा गण्डकी नदीको उल्लेख गरिएको पाइन्छ ।  वराहपुराणमा यो गण्डकी नदीको उत्पत्ति विष्णुको ‘गण्ड’ वा गलाको पसिनाबाट भएकोले र यसको नाम गण्डकी भएको कुरा बताइएको छ । त्यही गण्डकीलाई शालग्रामी र नारायणी नाम पनि दिइएको छ । मध्यपश्चिमी नेपालमा काली गण्डकीको क्षेत्र वैष्णवक्षेत्रको रूपमा मानिएको कुरा विवरणबाट ज्ञात हुन आउँछ । मुक्तिनाथदेखि रूरू (रिडी) क्षेत्रसम्म अनेक वैष्णवतीर्थ र मन्दिर प्रसिद्ध रहेका छन् । यसरी विभिन्न सहायक नदीहरू मिसिए तापनि सातगण्डकीका रूपमा प्रसिद्ध हुनगएको देवघाट प्रसिद्ध तीर्थस्थलमा गनिन्छ ।
‘शालग्रामरहस्यम्’ र शालग्राममीमांसा’ को ठूलो धार्मिकमहङ्खव हुनाले यसको बारेमा पुराण, उपपुराणहरू र अन्य धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको पाइन्छ । जस्तैः शालग्रामसम्बन्धी विषयमा स्कन्दमहापुराण, पद्ममहापुराण, वराहपुराण, ब्रह्माण्डपुराण, अग्निमहापुराण, श्री तत्वनिधि, संहिता, रहस्य, अन्य प्राचीनग्रन्थका वचनहरूको संग्रह समेत भएको शालग्रामको धार्मिकमाहात्म्यको शास्त्रीयता र प्राचीनता स्पष्ट हुन आउँछ । यसैगरी विभिन्न पुराणका वचनहरूको सङ्ग्रह शालग्रामपरीक्षा ग्रन्थ अनुवादसहित प्रस्तुत भएको पाइन्छ । यसबाहेक शालग्रामसम्बन्धी केही अरू साहित्य पनि राष्ट्रिय अभिलेखालयमा उपलब्ध छन् ।
१.१.७ पूजा–अर्चना परम्परा
ऐतिहासिक दृष्टिले शालग्रामको पूजा गर्ने परम्परा कहिलेदेखि चलेको हो भन्ने बारेमा निश्चित रूपले भन्न गाह्रो छ । कतिपय पश्चिमी विद्वान्ले वैदिककालमा प्रस्तर वा शालिग्रामको पूजा प्रचलित भएको मानेका छैनन् । किनभने गण्डकी नदी आर्यहरूको मुख्य वासस्थानभन्दा निकै पर पर्दथ्यो । गण्डकी नदीका आसपासमा रहने आदिवासीहरूमा भने शालिग्रामको पूजा गर्ने चलन चलेको हुनसक्दछ भनि बताइएको पाइन्छ ।  कति विद्वान्हरूले शालग्राम (शालिग्राम) लाई लगभग दुईहजार वर्ष अघिदेखि प्रचलित भइसकेको तथ्यलाई औंल्याए तापनि वेदमा पाइने दृषद्वती, सदानीरा, चर्मण्वती, कौशिकी आदि नदीले सूत्र रूपले रामायण, महाभारत पुराण आदिमा स्पष्ट रूपले पाइने शालग्राम प्रसङ्गका आधारमा मान्दा पश्चिमी विद्वान्का मनगढन्ते कुराका आधारमा वैदिक हिन्दुहरूले शालग्रामपूजा गर्न पछि थालेका हुन् भन्ने कुरा आफैंमा खण्डन भएको देखिन्छ ।  पश्चिमी भारतमा राजपूतानाको घोसुण्डीमा पाइएको ईश्वीपूर्व प्रथम शताब्दीको अभिलेखमा वासुदेव र संकर्षणको पूजा शिलाप्राकार बनाएको उल्लेख पाइएकोमा ‘पूजाशिला’ लाई डी.सी. सरकारले शालिग्राम भन्ने अर्थ गर्नुभएको छ ।  उपर्युक्त अभिलेखको सन्दर्भ खासमा त्यति स्पष्ट नभए पनि त्यतिबेला शालग्रामको पूजा चलिसकेको मान्न गाह्रो पर्दैन । स्कन्दमहापुराण जस्तो पुरानो मानिएको पुराणमा पनि शालग्रामको उल्लेख पाइने तथ्य पनि महङ्खवपूर्ण मान्नुपर्दछ ।
शालग्रामसम्बन्धी पौराणिक र अन्य साहित्यिक कृतिबाट वैष्णवधर्मको कर्मकाण्डपक्षको विस्तृत विवरण ज्ञान हुन आउँछ । मुख्यतः श्रीतङ्खवनिधि ग्रन्थले यसमा नृसिंहपुराणमा भएको विष्णुका विभिन्न अवतार भेदलाई लक्षणका आधारमा ८९ संख्याको विवरण तल उल्लेख गरेको छ ।  त्यसमध्ये विष्णु भगवान् बुद्धावतारका दुर्ईलक्षणको उल्लेख पनि त्यहाँ पाइन्छ ।  यही आधारमा बुद्धमार्गीहरूले शालग्रामको पूजा मान्यता कुनै न कुनै रूपमा गर्दछन् भन्न सकिन्छ । यसप्रकार शालग्रामसम्बन्धी उपलब्ध हुने विस्तृत विवरणबाट उस समयका वैष्णवहरूले कति व्यापक नियम र व्यवस्था निर्धारण गरेका रहेछन् भन्ने कुराको प्रामाणिक उदाहरण मान्न सकिन्छ ।
नृसिंहपुराणमा शालग्रामको उत्पत्तिस्थल र त्यसको महिमाको विषयमा बताइएको छ । अवन्तीदेशमा ‘हरिपर्वत’ नामको क्षेत्र रहेको छ । जुन पर्वतमा ‘हरिचक्रशिलामय’ शालग्रामक्षेत्र रहेको छ । जसको स्मरण मात्रले सम्पूर्ण पापको क्षय (नाश) हुन्छ, त्यहीँ नै पापनाशिनी गण्डकी नामकी प्रसिद्ध नदी रहेकी छन् । जसको जलको स्पर्शले मात्र मानिस ‘विष्णुसायुज्य’ मा प्राप्त हुन्छ । त्यस ‘हरिपर्वत’ को फेदमा ‘चक्रतीर्थ’ नामको ठूलो तलाउँछ । त्यही पर्वततीर्थमा साक्षात् चक्रधर हरि रहनुहुन्छ । ती हरिका साथमा लक्ष्मी र पृथ्वी रहन्छन् । त्यहाँका सम्पूर्ण शिलाहरूमा ‘हरिक्षेत्रमय’ भएको स्थानमा प्राण जान्छ  भने ‘हरिपर्वत’ को बीचमा चिसो वायुबाट अलग भई सबै शिलाहरूमा सबै लक्षणहरू मिलेर शालग्रामशिला बन्दछन् । लक्षण मिलेका शालग्राम साक्षात् उत्पत्तिस्थल पुण्यकालको प्रभावले प्राप्त गरेका थिए वा भगवान्का कृपाले पुण्यकालहरूमा पाइन्छ ।
नरसिंहपुराणमा चक्रको संख्यानुसार देवताहरूको वासस्थान निर्णय गरिएको पाइन्छ । त्यसअनुसार एकचक्र सुदर्शन, दुईचक्र लक्ष्मीनारायण, तीनचक्र अच्युत, चारचक्र जनार्दन, पाँचचक्र वासुदेव, छचक्र संकर्षण, सातचक्र वराह, आठचक्र पुरुषोत्तम, नौचक्र नरसिंह, दशचक्र वामन, एघारचक्र प्रद्युम्न, बाह्रचक्र अनन्त तथा धेरै चक्रहरूमा परमात्मा प्रतिष्ठित हुन्छन् ।
गंगा र हिमालयको बीचमा महङ्खवपूर्ण १५ तीर्थहरू रहेको कुरा मिथिलामाहात्म्यमा चर्चा भएको छ । यसरी पन्ध्र नदीको अन्तरमा पवित्र तिरहुत देश (प्रदेश) रहेको छ । १. कौशिकी (कोशी) २. कमला ३. वेलवती ४. यमुना ५. भूयसी ६. गैरिका ७. जलाधिका–दुग्धवती ८. व्याघ्रवती ९. विरजा १०. मण्डना ११. इच्छावती १२. लक्ष्मणा १३. वाग्वती (वाग्मती) १४. गण्डकी १५. नारायणी । कौशिकी (कोशी) बाट नारायणीसम्म मिथिलापुरीको लम्बाइ पूर्वदेखि पश्चिमसम्म २४ योजन (९६ कोश) रहेको छ । उत्तरतर्फ हिमाल ३०९, दक्षिणतर्फ मिथिला भूमिसम्म ३०९ कि.मि. पूर्ण रूपमा शालग्रामक्षेत्रको परिधि ६१८ कि.मि.मा रहेको छ । ६१८ कि.मि.को भूमिमा फैलिएको चक्राकार शालग्राम पाषाणहरु भित्र अमूल्य निधिहरुमा १. कृष्णसार मृग २. कस्तुरी मृग ३. सालक(सालङ्कायन ऋषिको अवतार स्वरुप प्राणी) ४. नाओर ५. हिमाली वनेल ६. कामधेनु गौ (चमरी गाई) ७. चेतनशील डल्फिन माछो र सोंस लगायत जनावर प्राणीहरु पाईने गर्दछन् । यति क्षेत्रलाई विशुद्ध यज्ञ देशको रुपमा लिईएको छ । यसलाई बचाउन शालग्राम संरक्षण ऐन अविलम्व बनाई लागू गर्नु पर्दछ । गंगाजीको प्रवाहदेखि हिमालयको वनसम्म यस (तिरहुत) देशको प्रमाण १६ योजन  (६४ कोश) रहेको छ । जबसम्म शालग्रामी (गण्डकी) नदी मिल्दैन, तबसम्म पश्चिमतर्फ गएर शालग्रामी नामको नदीमा स्नान गरी हिमगिरि (हिमाल पर्वत–मुक्तिक्षेत्र–दामोदरकुण्ड)मा गएर त्यहाँबाट फर्केर कौशिकी नदीको तीरमा पुग्नुपर्दछ भन्ने कुराको आधारमा निक्र्यौल गर्दा मिथिलामाहात्म्यले शालग्रामी (गण्डकी) को महङ्खवलाई उजागर गरेको कुरा स्पष्ट हुन्छ । त्यसैगरी नारायणको महङ्खव र गण्डकी–शालग्रामशिला को महङ्खवलाई पनि स्पष्ट रूपमा उल्लेख गरेको छ । विद्वान्हरूले बृहत् विष्णुपुराणको मिथिलाखण्डको चर्चा यसरी गरेका छन्ः– पूर्वमा कौशिकी (कोशी) पश्चिममा शालग्रामी वा नारायणी (गण्डकी) दक्षिणमा गंगा र उत्तरमा हिमालयसम्म मिथिलाराज्य फैलिएको थियो, जो पूर्व पश्चिम लगभग १८० माइल (९६ कोस लामो र उत्तर दक्षिण १२५ माइल ६४ कोस चौडा भू–भागमा विस्तारित थियो भन्ने कुरा बताएका छन् ।
गणेशपुराणमा मयूरेश्वर गणेशको साथै त्रेतायुगका राजा चक्रपाणिका छोरा ‘सिन्धु’ नामक दैत्यको कथा प्रसङ्गमा मिथिलासाम्राज्यअन्तर्गत गण्डकीनगर राजधानीको सुन्दर स्थानमा साक्षात् विष्णुसमान चक्रपाणि नामका राजा प्रसिद्ध भएर राज्य गरेका थिए भन्ने चर्चा गरिएको पाइन्छ ।
उपर्युक्त वर्णनअनुसार यी राजा चक्रवर्ती (सम्राट्) थिए । यिनले राज्य गरेको राजधानीको नाम गण्डकीनगर, गण्डकीपुर, गण्डकीदेश वा गण्डकी थियो भन्ने अनुमान हुन्छ । गण्डकी शब्द कालीगण्डकीकै वाचक हो र कालीगण्डकीकै किनारमा (वा आसपासमा) कतैतिर अति समृद्ध नगर थियो, त्यो कहाँनेर थियो भन्नुपर्दा– रूरूक्षेत्र, अर्गली, तानसेन, रामपुर, देवघाटधाम, नारायणगढ÷नारायणघाट, त्रिवेणी वा हरिक्षेत्र (पटना) यी आदि ठाउँहरूमा थियो भन्ने कुरा स्पष्ट नभए तापनि निश्चय नै कृष्णागण्डकीको तटमा विशाल एवं सम्पन्न नगर थियो भन्ने बुझिन्छ ।  सिन्धुदैत्यले भगवान् विष्णु र सबै देवतालाई वशमा पारी गण्डकी नगरमा बन्दीसरह तुल्याएर राख्यो । सिन्धुदैत्यको पराक्रमबाट प्रसन्न भएका विष्णुले सिन्धुदैत्यलाई वरदान माग भन्दा उसले “तपाईं सपरिवार मेरो राजधानी गण्डकीनगरमा बस्नुहोस्” भन्ने वरदान माग्यो । विष्णुले सो वरदान दिई त्यस दैत्यको वशीभूत भएर त्यसैसाथ गण्डकीनगर पुगेर बस्न लाग्नुभयो ।
श्रीमद्भागवत द्वादशस्कन्धको नवौँ अध्यायले बताएको छ । हिमालय पर्वतबाट बगेर आउने गण्डकी वा पुष्पवहा (पूmल बगाउने) नदी भएकोले देवघाट वा रूरूक्षेत्र आदि कुनै क्षेत्रमा मार्कण्डेय ऋषिको आश्रम हुनुपर्दछ  भन्ने कुरा बृहद्नारदीयपुराणअनुसार मार्कण्डेय ऋषिले तपस्या गरेको स्थान शालग्राम महाक्षेत्र भनेर बताएकोबाट प्रष्ट हुन्छ ।
पद्ममहापुराणमा भगवान्् शालग्रामको चौध भुवनमा वास रहेको छ भनी बताइएको छः–शालग्रामशिलारूपी यत्र तिष्ठति केशवः । तत्र देशे सुरा यज्ञा भुवनानि चतुर्दश जहाँ शालग्रामशिलारूप केशव रहनुहुन्छ त्यहाँ देवता सम्पूर्ण यज्ञसहित चौध भुवनमा रहेका हुन्छन् ।  कृष्णा (काली), चक्रनदी–दृषद्वती यी तीनै नाम कालीगण्डकीका हुन् । अझ शालग्राम वृक्षावतार–अर्चावतार (पाषाणलाई प्रवाहित गर्ने) भएपछि यिनको नाम शालग्रामवाहिनी गण्डकी–नारायणी हुन गएकी छन् ।
शालग्राम अर्चाविग्रह पाषाण स्वयं उत्पत्ति तङ्खवको विषयमा चर्चा गर्नुपर्दा यसरी गरिन्छ– केवल सुन्दर एउटा मात्र विग्रह शालग्राम भगवान््लाई अर्चना गर्नाले धर्म, अर्थ, काम, मोक्षको प्राप्ति एवं अत्युत्तम मानिएको छ । चार शालग्रामविग्रहलाई पूजा गर्नाले शत्रुको नाश, पाँच शालग्रामविग्रहलाई पूजा गर्नाले जन्ममरणको भयबाट मुक्ति हुन्छ । शालग्रामको विग्रहलाई अर्चना गर्नाले सम्पत्तिको प्राप्ति, शालग्रामक्षेत्रको स्थान, सात शालग्रामको पूजा गर्नाले कीर्ति (यश) को प्राप्ति, आठ शालग्रामको पूजा गर्नाले सम्पूर्ण अभीष्ट कार्यको सिद्धि हुने, दश शालग्रामको पूजा गर्नाले दशावतार देवहरूको अनुग्रह प्राप्त हुनेछ भनी बताइएको छ । बाह्र शालग्राम भगवान्का विग्रहलाई पूजा गर्नाले त्यो स्थल पापनाशक क्षेत्र कहलाउँछ । एकसय आठ शालग्रामविग्रहलाई पूजा गर्नाले त्यो स्थल शालग्रामतीर्थको नामले प्रसिद्ध हुन्छ । एकहजार वा योभन्दा धेरै शालग्रामको अर्चना गर्नाले त्यो स्थल साक्षात् श्रीहरिधामक्षेत्र कहलाउँछ ।
यी सम्पूर्ण प्रसङ्गहरू पद्ममहापुराण, ब्रह्माण्डमहापुराण, ब्रह्ममहापुराण, पुराणसंग्रह, अग्निपुराण, वैखानससंहिता, वराहपुराण, नारदीयपुराण, विष्णुुरहस्य, नारदपाञ्चरात्र, पाञ्चरात्रागम, विहगेन्द्रसंहिता, वामनपुराण, स्कन्दमहापुराण, गरुडमहापुराण, शालग्राममीमांसा, ब्रह्मवैवर्तपुराण, वीरमित्रोदय, नृसिंहपुराण, विष्णुधर्माेत्तरपुराण, शालग्रामसम्पुट, हेमाद्रिसंहिता आदि ग्रन्थहरूमा कतै विस्तृत कतै संक्षेपमा उल्लेख भएको पाइन्छ । यसैगरी १०८ नाम भएका भगवान्् श्रीविष्णुका शालग्राम नामहरू श्रीविष्णुसहस्रनामले पनि उल्लेख गरेको छ । यसरी अनगिन्ती नामहरू देवताहरू, गन्धर्वहरू, सिद्धहरू ऋषि–मुनिहरूका नामबाट भन्नाले तेत्तीसकोटिका संख्याद्वारा पनि शालग्राम(शालिग्राम) हरू रहेका छन् । तिनको नाममात्र पनि उल्लेख गर्दा विशाल ग्रन्थ वन्न सक्छ, तसर्थ यहाँ केवल संक्षिप्त रूपमा उल्लेख गरिएको हो ।
शालग्राम भगवान्को अर्चनासम्बन्धी प्रसङ्गमा विभिन्न भेदहरू रहेका छन्, तर सबै विभेदमा तुलसी मञ्जरी हुनु अति आवश्यक मानिन्छ भने दमनकफूलको पात हुनु अति आवश्यक र पूजा भइसकेपछि तीर्थप्रसाद (चरणामृत) लिनु पनि अति आवश्यक, जसलाई भनिन्छ अकालमृत्युहरणं सर्वव्याधिविनाशनम् । विष्णोः पादोदकं पीत्वा पुनर्जन्म नविद्यते भन्ने मन्त्रद्वारा ग्रहण गर्ने गर्दछन् ।
यसरी शालग्रामपक्ष हरिहरक्षेत्रको संयुक्त नामबाट विशाल शालग्रामराशिको संयुक्त भण्डार भगवान्् नारायणको चरण देवाट÷देवघाटधाम हो, जसको शिर शैलपर्वत मुक्तिनाथक्षेत्र र दामोदरकुण्डक्षेत्र हुन्, यिनीहरूको सम्बन्ध हरक्षेत्र (महादेव लगायत सम्पूर्ण देवताहरू) सँग सम्वद्ध रहेको छ । हरिक्षेत्रको रूपमा हृषीकेश नारायण साक्षात् शालग्राम विग्रहको रुपमा रूरूक्षेत्रमा रहनु भएको छ । यही ठाउँमा महर्षि देवदत्त लगायत अठासीहजार ऋषिहरूले पनि तप गरे । मूलतः महर्षि देवदत्तको तपोभङ्ग गर्न प्रम्लोचा नामकी अप्सरा आएर ऋषिसँगै बसेर लामो समयसम्म गर्भ रह्यो र अप्सराबाट एउटा कन्या जन्मिइन् । त्यस कन्यालाई छोडेर अप्सरा गइन् । रूरू नामका मृगहरूले दूध पिलाएर पालन पोषण एवं ठूलो बनाए ।  रूरूकन्या कै नामबाट रूरूक्षेत्र बन्न गयो । यस्या भूमौ हृषीकेशो नियमेन समन्वितः । तीर्थानां तीर्थराजोऽयं ब्रह्मणा भाषितः किल । प.पु.उ.ख.।।७५।१७।। जुन क्षेत्रमा भगवान्  हृषीकेश शालग्राम रुपमा विराजमान सदा हुनुहुन्छ त्यस क्षेत्रलाई तीर्थराजप्रयाग भनिन्छ । स्नात्वा तु गण्डकी तीर्थे मम लिङ्गानि योर्चयत् । तस्य योग फलं सम्यक् भविष्यति न संशयः । तव तीर्थे कृतस्नान त्रिरात्रो पोषितो नरः । विलोक्य मां भवेत्पूतो मम वाक्यान्न संशयः वराहपुराण ।।१४६।५८।८४।। विद्धि मामेव विष्णुं त्वं मा पस्य स्वान्तरं मम । पूर्वमन्तरभावेन दृष्टवान्नसि यन्मम । तेन विघ्नोऽभवद्येन गलितं त्वत्तपोमहत् । रुरुगण्डकी संगमतीर्थमा तीन दिनसम्म रहेर जस्ले स्नानादि कर्मपूर्वक भृगुतुङ्गेश्वर स्थित शिवलिङ्गको र रुरुगंगा तटमा विराजमान चतुर्भुजयुक्त शालग्रामरुपी हृषीकेशको दर्शन गर्दछ सकल पाप मुक्त भएर योगसिद्धि प्राप्त गर्दछ र अन्तमा मुक्त हुन्छ । रुरु गण्डकी संगम तपसिद्धि प्राप्त गर्नका लागि प्रभावशाली स्थलका रुपमा लिइएको छ तर हरि र हरमा थोरै पनि भेद राख्यो भने तपसिद्धि प्राप्त हुँदैन । शालग्राम चक्रनदीको जल अर्थात् शालग्रामपर्वतबाट प्रवाहित भएको हिमको आलय (हिमालय) शालग्राम बाहिनी जल अनेक नदीहरुसँग मिसिएर गंगासागरमा मिल्दछ । समुद्रको ज्वारभाटा आकाशमा फैलिएर पानी बर्षिने बेला शालग्रामपर्वतमा ठोक्किएर प्रवर्षण हुन्छ । त्यसैले सृष्टिको पहिलो मुहानमा गण्डकीको प्रादुर्भाव भएकोले यसलाई आदिप्रयाग नामकरण दिइएको र विश्वभरी शालग्रामशिला प्रदान गर्न समर्थ विश्वपूजा नेपालकै भूभागकी पावन नदी कृष्णगण्डकीको र आदिप्रयाग देवघाटतीर्थ र हृदयक्षेत्र रुरुको  महत्वबारे समस्त सनातन वैदिकहरूले विशेष चासो लिइरहनु स्वाभाविक नै हो भन्नु पर्दछ भनी बताइएको छ । यस विषयमा विषयवस्तुको प्रसङ्ग अझै रहेको छ । यसलाई बढाउने हो भने कृति नै बन्न जान्छ त्यसैले अ—अर्को कार्यक्रममा पनि यसलाई विस्तार रुपमा लान सकिन्छ । यसमा विज्ञजनहरुको दृष्टि पुगोस् र आदि गंगा कृष्णगण्डकीको विषयमा राम्रो सित अध्ययन गर्ने वातावरण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायतले विशेष गहन दृष्टि पु¥याओस् भन्ने कामना गर्दछु । सबैलाई चेतना भया ।
सन्दर्भसामग्री
आप्टे, भी. यस., द स्टुडेन्ट संस्कृत इङ्गलिश डिक्शनरी, वाराणसी ः मोतीलाल वनारसी दास, सन् १९५९,
ओडयर, मुम्मडी कृष्णराज, श्रीतत्वनिधि, मुम्बई ः क्षेमराज श्रीकृष्णदास वेङ्केटश्वर स्टीम मुद्रालयाध्यक्ष, वि.सं. १९५८,
खरेल, अश्वत्थामा भक्त, सप्तगण्डकी (देवघाट धाम) को नालीबेली ‘चक्षु’ साप्ताहिक, वर्ष १३, अंक २५ (काठमाडौं ः चक्षु प्रकाशन छापाखाना, वि.सं.२०४६,
गार्डस्टेन, एफ.एम्., गिल्डिङ्ग एम.आर. जन्सा एफ, कामिनिस्की एम.ए. ओ.जी.जी. जे.जी. सर्ती एम्. वासरम्यान जी.एफ.जी.इटल मेमोज्वाइक स्टाटीग्राफी अफ थाकखोला सेन्टर नेपाल लष्ट ओसियन, यक्सपिडिशन कनाडा सेण्टर फोर–मेरिन जिओलजी दलहाउस यूनिभर्सिटी १९८९,
गुरुङ, जगमान ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकीप्रस्रवणक्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’, कीर्तिपुरः नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, काठमाडौंं वि.सं. २०६१,
गौतम, चेतोनाथ, (सम्पा.), शिवमहापुराणम्, काठमाडौं ः पशुपतिक्षेत्र विकास कोष सञ्चालक परिषद्, देवउद्यान, वि.सं.२०६२
घिमिरे, सोमनाथ, शालग्राममीमांसा, काठमाडौं ः रघुनाथ घिमिरे टंगाल, वि.सं. २०३४
घिमिरे, माधवप्रसाद, “देवघाटः षट्चक्रको मूलाधार”, देववाणी, संयुक्ताङ्क (७–१०) वर्ष १०, काठमाडांै ः देवघाट वैदिक आध्यात्मिक सेवापरिषद्, वि.सं.२०६०
घिमिरे, जनार्दन,“गायत्री गौरी र कालीको भूमि धर्मनिरपेक्ष हुन सक्दैन” देववाणी संयुक्ताङ्क (११–१४), वर्ष १४, काठमाडौं ः देवघाट वैदिक आध्यात्मिक सेवा परिषद्, वि.सं. २०६८÷०६९,
छोटा, प्रेम, धवलागिरिको सांस्कृतिक सम्पदा, काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान, वि.सं.२०७०,
झा, तारिणीश (सम्पा.), ब्रह्मवैवर्तपुराण, प्रकृतिखण्ड, प्रयाग ः हिन्दी साहित्य सम्मेलन, सन् १९८८,
ढकाल,  वेणीमाधव  (सम्पा.), ‘गणेशपुराण’ उत्तरखण्ड, काठमाडौंः विद्यार्थी पुस्तक भण्डार वि.सं.२०६८ ।
तारानाथ तर्क वाचस्पति भट्टाचार्येण संकलितम्, षष्ठभाग ‘वाचस्पत्यम्’, वाराणसी ः चौखम्बा संस्कृत सीरीज अफिस, वि.सं. २०२६,
तिम्सिना, नाराय०ााचार्य, देववावा देवघाटक्षेत्रको पौराणिक तथा सांस्कृतिक अध्ययन । काठमाडौः देवघाट वैदिक आध्यात्मिक सेवा परिषद् २०७७
दाहाल, शारदाप्रसाद, मुक्तिक्षेत्र, मुस्ताङ्ः मुक्तिक्षेत्र शोधकृति मूल्याङ्कन परिमार्जन तथा प्रकाशन समिति, वि.सं.२०४५,
नेपाल, नलराज शास्त्री, चारतीर्थराजप्रयाग, तनहुँः मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम, देवघाटधाम, वि.सं. २०७०, पृ. १२ ।
पन्थी, टीकाराम, केही जनश्रुतिहरू, गुल्मी ः किरण पुस्तकालय, वि.सं. २०४१, पृ. २०० ।
पाण्डे, नामदेव, देवघाटमाहात्म्य संयुक्तगङ्गामहात्म्य, नारायणगढ ः कृष्णप्रसाद पौड्याल तथा विष्णु पौड्याल
पाण्डेय, रामनारायणदत्त शास्त्री, (अनु.) महाभारत, द्वितीयखण्ड, वनपर्व र विराटपर्व, गोरखपुरः गीताप्रेस, वि.सं. २०६७
पाण्डेय रामावतारशर्म, श्रीविद्यापराभिधः “वाङ्मयार्णवः”, वाराणसी ः ज्ञानमण्डल लिमिटेड, वि.सं. २०२४
ब्रह्मचारी, बाबा डिल्लीराम, ‘श्रीरामानन्दचरितामृतम्’ चितवनः श्रीराम मन्दिर देवघाटधाम वि.सं. २०४८,
भट्ट, शङ्कर (सम्पा.) विश्वामित्र संहिता द्वितीयसंस्करण, (तिरूपतिः राष्ट्रिय संस्कृत विद्यापीठ, सन् १९९१
महर्षि वेदव्यास प्रणीत श्रीमद्भागवतमहापुराण (गोरखपुर ः गीताप्रेस) २०५७
मजुमदार, आर.सी. (सम्पा.), द एज अफ इ्िरम्परियल यूनिटी,ल चौथो संस्करण, बम्बई ः भारतीय विद्या भवन, सन् १९६८,
मिश्र, चित्रधर (सम्पा.), मिथिलामाहात्म्य, (दरभंगाः महन्तलाल देवोथा (प्रकाशन मिति उल्लेख नभएको)
मिश्र, डिल्लीराम, नेपाल अधिराज्यमा तनहूँ, वि.सं. २०५७
मोर, मनसुखराय (सम्पा.), पद्ममहापुराणम्, पातालखण्ड, तृतीयभाग, कलकताः गुरूमण्डल प्रकाशन ५ क्लाइव रो, वि.सं. २०१५,
योगी नरहरिनाथ, हिमवत्खण्ड, परिशिष्ट गण्डकीमाहात्म्यम्, काशीः योगप्रचारिणी सभा गोरक्षटिल्ला, वि.सं. २०१३
रिमाल, मदनकुमार, जनकपुरधामको पुराताङ्खिवक महत्त्वका स्थल तथा वस्तुहरू ः एक अध्ययन (अप्रकाशित शोधपत्र स्नातकोत्तर), कीर्तिपुर ः नेपाली इतिहास संस्कृति र पुरातङ्खव केन्द्रीय शिक्षण विभाग, २०४४, पृ. ३ ।
रेग्मी, डा. जगदीशचन्द्र, “शालिग्राम”, देववाणी, वर्ष २, अङ्क २, काठमाडौं ः देवघाट वैदिक आध्यात्मिक सेवा परिषद्, वि.सं.२०५६,
रेग्मी, लोकनाथ (सङ्कलक), “अजपाजप विधि र षट्चक्रचिन्तन”, काठमाडांै ः लोकनाथ रेग्मी, कालधारा, वि.सं.२०४६,
वज्राचार्य, धनवज्र, गोपालराजवंशावलीको ऐतिहासिक विवेचना, कीर्तिपुरः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि.वि.वि.संं. २०६४,
वज्राचार्य, धनवज्र र कमलप्रकाश मल्ल, द गोपालराज वंशावली, नेपाल रिसर्च सेन्टर पब्लिकेशन काठमाडौं, वि.सं. १९८५,
वज्राचार्य, धनवज्र, लिच्छविकालका अभिलेख, द्वि.सं., कीर्तिपुर ः नेपाल र एशियाली अनुसन्धान केन्द्र, त्रि.वि., वि.सं.२०५३,
वेदव्यास मुनि प्रणीत, श्रीमद्देवीभागवतमहापुराणम्, नवमस्कन्ध, मुम्बई ः खेमराज श्रीकृष्णदास वेंकटेश्वर, वि.सं. २०५५
वेदव्यास मुनि, कल्किपुराण, (काशीः श्री भारतधर्म महामण्डल, वि.सं. १९६३),
वेदव्यासप्रणीत, स्कन्दमहापुराणम् ‘नागरखण्डम्’, वाराणसी ः चौखम्बा संस्कृत सीरीज आफिस, वि.सं. २०६७,
शर्मा, आचार्य नारायणप्रसाद, आदिप्रयागः एक अध्ययन, आदिप्रयाग शालग्राम देवाट÷देवघाटधामको वैशिष्ट्य एवं कुम्भमेला पर्व, भरतपुर ः देवघाट विकास केन्द्र नेपाल, वि.सं.२०६९,
शर्मा, रामस्वरूप (सम्पा.), कल्किपुराणम्, तृतीयांश, वाराणसी ः चौखम्बा विद्याभवन, सन् २००२,
शर्मा, महावीरप्रसाद (सम्पा.), पञ्चतीर्थात्मकम् श्रीदेवघट्टधाममाहात्म्यम्, काठमाडांैः गोविन्दराम बगडिया, ईस्वी सन् १९९९,
शर्मा, नाराय०ा सोन६क्के समेत श्रीमत्साय०ााचार्य विरचित भाष्यसमेत (सम्पा. ऋग्वेदसंहिता खिल (९–१०) पूना ः वैदिक संशोधनमण्डल तिलक मेमोरियल महाराष्ट्र वि.सं. २००३,
शर्मणा, के.वी. संशोधित, ब्रह्माण्डमहापुराणम्, दोस्रोसंस्करण, तृतीय, मध्यमभाग, वाराणसीः कृष्णदास अकादमी, वि.सं. २०४०,
शास्त्री, कान्तानाथ (सम्पा.) कुमारसम्भवम, चतुर्थ संस्करण, सर्ग १, श्लोक २, वाराणसीः चौखम्बा संस्कृत सीरीज सन् १९६३,
शास्त्री, हृषीकेश, वराहपुराणम् वाराणसी ः चौखम्भा अमरभारती प्रकाशन सन् १९८२,
शास्त्री, भवानीशंकर, श्रीशालग्रामरहस्यम् का७ामा८ँै ः विजयमान सेरचन, रीणा तुलाचन, द्दण्द्धछ
शास्त्री, श्रीराममूर्ति, श्रीमद्भागवतमहापुराणम् प्रथमभाग, द्वितीय संस्करण वाराणसीः चौखम्बा विद्याभवन सन् १९९३
सरकार, डी.सी.  स्टडिज इन द रेलिजियस लाइफ अफ एन्सेन्ट एण्ड मेडिवल इण्डिया, वाराणसी ः मोतीलाल वनारसी दास, सन् १९७१, पृ. २०
सिंह, नागशरण, (सम्पा.) बृहन्नारदीयमहापुराणम्, देहलीः नागपब्लिसर्स जवाहरनगर, सन् १९९६
सिंह, नागशरण, वामनपुराणम्, द्वितीय संस्करण, देहली ः नागपब्लिशर्स, जवाहरनगर, सन् १९९६,
क्षेत्री, नारायण प्रसाद, मुस्ताङ दिग्दर्शन काठमाडौँःसाझा प्रकाशन (५), पृ. ३७, २०४४
क्षेत्री, नारायणप्रसाद, मुस्ताङ दिग्दर्शन, काठमाडौंः साझा प्रकाशन वि.सं. २०४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय