latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाकाे नवनिर्मित २ गाउँपालिकाकाे भवन उद्घाटन गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री अाेलीले वगनाशकाली गाउँपालिका र तिनाउँ गाउँपालिका कार्यालयकाे भवन उद्घाटन गर्ने तालिका सार्वजनिक भएकाे हाे ।

प्रधानमन्त्री ओली यही माघ ११ गते पाल्पा आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका प्रस्थान गर्ने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

१२ः३० बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु र मन्दिर सिलान्यास तिनाउ गाउँपालिका, २ः०० बजे बुटवल गोरुसिङ्गे सडक सिलान्यास सभा जितगढीमा सहभागि हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली ३ः३० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टर मार्फत काठमाण्डौ फर्कने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय