प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाकाे नवनिर्मित २ गाउँपालिकाकाे भवन उद्घाटन गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री अाेलीले वगनाशकाली गाउँपालिका र तिनाउँ गाउँपालिका कार्यालयकाे भवन उद्घाटन गर्ने तालिका सार्वजनिक भएकाे हाे ।

प्रधानमन्त्री ओली यही माघ ११ गते पाल्पा आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका प्रस्थान गर्ने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

 

१२ः३० बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु र मन्दिर सिलान्यास तिनाउ गाउँपालिका, २ः०० बजे बुटवल गोरुसिङ्गे सडक सिलान्यास सभा जितगढीमा सहभागि हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली ३ः३० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टर मार्फत काठमाण्डौ फर्कने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय