latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,५ चैत

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहिद बहुमुखी क्याम्पस रामपुरमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको छ । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेकोमा १ हजार २२८ मत खसेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिनुभयो । योे कुल मतदाताको झण्डै ६४ दशमलभ ८३ प्रतिशत हो ।

त्यस्तै पूर्बी पाल्पाको शहिद बहुमुखी क्याम्पसमा कुल बिद्यार्थी संख्या ७१३ जना रहेकोमा ५७१ मत खसेको छ । जुन बिद्यार्थी संख्याको ८० दशमलभ ०८ प्रतिशत हो ।
जिल्लाका दुबै क्याम्पसहरुमा कुनै अबरोध बिना निर्वाचन सम्पन्न भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै क्याम्पसमा मतपेटी सिल गर्ने थन्काउने काम भईरहेको छ ।

मतदान सकिएसंग वैठक बसेर राती ८ बजेबाट मतगणना गरिने क्याम्पसहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय