latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

कपिल देवकोटा

पुस २१,पाल्पा

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम देश व्यापी संचालन भइरहेको अभियान अन्तर्गत १०० दिने विशेष अभियान पूर्वखोलामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसको लुम्बिनी प्रदेश सदस्य एवम् युवा नेता सन्दिप रानाले नेपाली काङ्ग्रेस लाई यस क्षेत्रमा विजय गराउनको लागि ६ वटै वडा कार्यसमिति र गाउँ कार्यसमिति सकृय रूपमा चलायमान हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश र संघ जित्न वडा तथा पालिका मजबुत हुनुपर्ने कुरा राख्दै १०० दिने अभियानको औचित्यताको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला उपसभापति द्वय ज्ञान बहादुर गाहा , झपेन्द्र गहिरे जिल्ला सचिव सन्तोष थापा क्षेत्र नं १ का सभापति झमन राज मगर , नेविसंघ जिल्ला सभापति दिपक अर्याल , विद्यार्थी नेता सिद्धार्थ श्रेष्ठ ,प्रदेश महाधिवेशन समिति सदस्य किशोर पंगेनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । विभिन्न वडाका वडा सभापतिहरूले आ आफ्नो वडामा भएका समस्याहरू राख्दै उक्त समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा विष्णु कुमारी आचार्यको अध्यक्षतामा ८ सदस्यीय स्थानीय तह सशक्तीकरण समिति समेत गठन गरिएको थियो । दिपक अर्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन किशोर पंगेनीले गर्नुभएको थियो भने पालिका सभापति बिष्णु कुमारी आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय