latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेन नगर स्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियाेगिता २०८१ शुरू भएको छ । तानसेन नगरपालिका खेलकुद विकास समितिकाे आयाेजना,तानसेन नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाकाे संयाेजन तथा जिल्ला ब्याडमिन्टन संघ पाल्पाकाे व्यवस्थापनमा प्रतियाेगिता शनिबारबाट तानसेन नगरपालिका वडा न १ काे कबर्ड हलमा शुरू भएको हाे । प्रतियाेगिताकाे उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताउनुभयो । यस्ता प्रतियोगिताहरूले नगरका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउने मात्र नभई, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीका रूपमा अघि बढ्न प्रोत्साहन गर्ने बताउनुभयो । यो प्रतियोगिता नगरपालिकाको खेलकुदप्रतिको प्रतिबद्धताको एउटा उदाहरण हो । आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलाडीहरूलाई आवश्यक सहयोग र सुविधाहरू उपलब्ध नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ६ का वड अध्यक्ष सागर मान महर्जन,जिल्ला ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष वसन्त लाल बज्राचार्य लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा तानसेन नगरपालिका खेलकुद विकास समिति संयाेजक हेमन्त राज शाक्यले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई, समाजलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम रहेको बताउनुभयो । तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको महत्वलाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रको समग्र विकासका लागि खेलकुद विकास समिति गठन गरेको बताउनुभयो । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न, खेलकुदका पूर्वाधार निर्माण गर्न र विभिन्न प्रतियोगिताको आयोजना गरी खेल संस्कृतिको विस्तार गर्न योजनाबद्ध कार्य अघि बढाएकाे बताउदै अहिले नगर सरकारले नगरस्तरीय दाेस्त्राे मेयर कप रनिङ्ग शिल्ड प्रतियाेगिता सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय