latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

लुम्विनी प्रदेश सरकारमा प्रमुख सचिव बावुराम अधिकारीले आगामी पाँच वर्षभित्र रासायनिक मलको उपयोग शुन्य बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनुभएकाे छ । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा सराेकारवालाहरू संवेदशील भएर डढेलाे नियन्त्रणमा लाग्नुपर्ने सुझाएका छन् ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारमा प्रमुख सचिव बावुराम अधिकारीले वनको बहुउपयोग गरेर आम्दानी गर्न सकिने धारणा राख्नुभयो । वनलाई संरक्षण गर्दै मानवको हितमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लुम्विनी प्रदेश सरकारले आगामी वर्षदेखि प्राङ्गारिक मलको उपयोग बढाउन विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

रासायनिक मलको प्रयोगले स्वास्थ्य तथा माटोमा समेत नकारात्मक असर गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी पाँच वर्षभित्र रासायनिक मलको उपयोग शुन्य बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनुभयो । यसबाट वनको उपयोग हुनुका साथै मानव स्वास्थ्यमा सुुधार हुने प्रदेश प्रमुख सचिव अधिकारीको भनाई छ । यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले वन क्षेत्रको संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा, उपभोक्ता, स्थानीय तह मिलेर अगाडि बढ्न सकेमात्र वनलाई जोगाउन सकिने धारणा राख्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न समस्या देखा परेको उल्लेख गर्नुहुँदै उहाँले मानवको भविष्यका लागि पर्यावरण जोगाउन सबै मिलेर हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले पाल्पा जिल्लामा ८६ प्रतिशत बढी वन क्षेत्र रहेको उल्लेख गर्नुहुँदै डढेलोबाट वन क्षेत्रलाई जोगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गत वर्ष मानवीय असाबधानीका कारण ४ प्रतिशत वनमा डढेलो लागेको जानकारी दिनुहुँदै अवका दिनमा वनलाई डढेलोबाट जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वनको उपयोगिता बढाउन प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वन महासंघ लुम्विनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले वन क्षेत्रका लागि सरकारले ल्याएको ऐन समुदायको हितमा नरहेको बताउनुभयो । उहाँले हामीले हुर्काएका वनलाई बहुउपयोग गर्न सकिने गरी सरकारले ऐन कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । भण्डारीले सरकारले नेपालको काठबाट बनेका सामग्री खरिद गर्न सकिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तिनाउ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दलबहादुर गुरुङ्, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष मुक्ति न्यौपाने लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय