latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, फागुन ६

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा भोली पूर्बखोला आउनुहुने भएको छ । नेपाली काँग्रेस पूर्वखोला गाउँपालिकाको आयोजनामा हुन लागेको ‘प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्न महामन्त्री थापा पाल्पा आउन लागनुभएको हो ।

काँग्रेसले प्रजातन्त्र दिवसको अवसर पारेर पहिलो पटक लोकतान्त्रिक महोत्सव गर्न लागेको हो । महोत्सव सफल पार्न नेपाली काँग्रेस पाल्पाले तयारीलाई व्यापक बनाएको छ । काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्न संगठनका सम्पूर्ण संरचनालाई निर्देशन गरिसके र तयारी अब पूरा भएको बताउनुभयो । लोकतन्त्रको संस्थागत विकास ,पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन ‘प्रथम लोकतान्त्रिक महोत्सव’ गर्न लागिएको सभापति श्रेष्ठको भनाई छ । पार्टीलाई जनतासँग जोड्ने, काँग्रेस निर्माणका लागि महोत्सव महत्वपूर्ण हुने सभापती श्रेष्ठको बिश्वास छ । सभापति श्रेष्ठले राष्ट्रियता, प्रजातन्त्र, समाजवादको रक्षा गर्दै मुलुकमा शान्ति र सुशासन कायम राख्न महोत्सवले वर्तमानको समीक्षा गर्दै भावी कार्यदिशालाई अगाडि बढाइ काँग्रेसको नेतृत्वलाई अझै सबल र सक्षम गराउने बताउनुभयो ।
महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण शिविर, स्थानीय उत्पादनको प्रर्दशनी मेला हुने छ । कार्यक्रम पूर्वखोलाको हाटबजार रिङनेरहमा हुने काँग्रेस पूर्वखोलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय