पाल्पा, भदौ २९
तानसेनमा बिकराल रुपमा रहेको खानेपानी समस्याको दीर्घकालिन समस्या समाधान हुने तानसेन खानेपानी तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताउनुभएको छ । शुक्रबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यो समिति आएको २ महिना १३ दिनमा त्यसको पिक्चर आफुले पाइसकेको बताउनुभयो । उहाँले हिउँदको समयमा समेत खानेपानी उपभोक्तालाई खुवाउन सक्ने अवस्था रहेको बताउनुभयो । करिब ढाई महिनाको अबधीमा पर्यटन तथा उद्योगी व्यावसायिहरु लगायतलाई ४५ वटा घारा बितरण भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो अबधिमा समितिको २० वटा बैठक सम्पन्न भएको छ । महिला दिदिबहिनीहरु कार्यालयमा आउदा खुसी भएको देख्दा आफू पनि खुसी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
समितिले शनिबार बिशेष साधारण सभा हुने र बिधान जारि गर्ने बताएको छ । करिब ४५०० सदस्यहरुको हातमा निमन्त्रणा गइसकेको समितिले जनाएको छ ।
समितिका सबै सदस्यहरुको कार्यबिभाजन भएको । जस अनुसार सदस्यहरुले पुरै समय दिएर आफ्नो जिम्मेवारी पूरा गर्दै आएको तानसेन खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
हाल भुल्के मुलमा ५० प्रतिशत विद्युतको महसुल छुट भएको र अन्य ठाउँमा पनि महसुल छुटको लागि पहल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
कार्यक्रममा नेपाल पत्रकार महासघका उपाध्यक्ष भरत शर्माले तानसेन खानेपानीमा नयाँ समिति बनेपछि खानेपानीको समस्या समाधान हुने लक्षण देखिएको बताउनुभयो । उहाँले पुरानो समितिलाई सम्मान गर्दै नयाँ समितिले काम गरेर देखाउनु पर्ने धारणा राख्नुभयो ।
कार्याक्रमा पत्रकार गोबिन्द भट्टराई, अनिल लिगल, कमलराज तिमिल्सिना, दयाराज न्यौपाने, बिजय बौडेल, कृष्ण कार्की लगायतले जिज्ञासा राख्नुभएको थियाृ । भने जवाफ अध्यक्ष मोहन प्रसाद श्रेष्ठ र सदस्य राधेश्याम ज्ञवालीले दिनुभएको थियो ।
कार्यक्रम तानसेन खानेपानी तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र संचालन राधेश्याम ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय