latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
सोमबार , साउन ४, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा) । रामपुर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी सुदर्शन गौतमले जन्मदिनको अवसरमा विद्यालयलाई फोहोर मलाई सामग्री हस्तान्तरण गरेका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित यस विद्यालयमा कक्षा २ मा अध्ययनरत विद्यार्थी गौतमले आज परेको जन्मदिनको अवसरमा फोहोर मलाई सामग्री प्रधानाध्यापक विजय शर्मालाई हस्तान्तरण गरेका हुन् ।

जन्मदिनको नाममा गर्ने फजुल खर्चलाई कतौटी गरेर विद्यालयलाई फोहोर मलाई सामग्री उपलब्ध गराएको विद्यार्थी गौतमले बताए । प्रधानाध्यापक शर्माले जन्मदिनको अवसरमा विद्यालयलाई माया गरेर फोहोर मलाई सामग्री प्रदान गरेकोमा विद्यार्थी सुदर्शन गौतमलाई धन्यवाद दिएका छन् ।

‘जन्मदिनको नाममा केक काटेर फजुल खर्च गर्ने क्रम बढेको छ, हाम्रो विद्यालयमा हामीले विद्यार्थीलाई संस्कार सिकाउन थालेका छौँ, अर्काको देखासिकीतर्फ होइन, नयाँ कुरा सिकाऔँ भनेर हामीले संस्कार सहितको शिक्षाको थालनी गरेका छौँ’ प्रअ शर्माले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय