latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, बैशाख १९
नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले गफ दिने तर काम नगर्ने बानीले देशमा प्रगति नभएको बताएका छ्न ।  नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति पाल्पाले “सबैका लागि सामाजिक न्याय र मर्यादित राेजगारी; भन्ने नारा सहित  आयाेजना गरेको १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस एवम सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति श्रेष्ठले अबको युग कर्म गर्ने युग  भएको बताएका हुन ।

उनले भने अब युग लिङ्ग बिशेषकाे युग हाेइन,भुगाेल विशेषकाे युग हाेइन,जाति विशेषकाे युग पनि हाेइन, अब युग कर्म गर्नेको युग रहेको बताए । जस्ले कर्म गर्छ उसले फल पाउछ । त्यसैले सबैले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार कर्म गर्न आग्रह गरे । वि स २००३ सालमा विपि काेइराला,गिरिजा प्रसाद काेइरालाले जुट मिलमा काम गर्दा शुरू गरेको राणा विरूद्वकाे मजदुर संघर्षकाे अभियानले वि स २००७ सालकाे परिवर्तनकाे रेखा काेरेकाे बताए । त्यसैले पनि ट्रेड युनियन काङ्ग्रेससँग काङ्ग्रेस पाटीकाे छुट्टै किसिमकाे सामिपित्यता एवम भावना जाेडिएकाे बताए । नेपाली काङ्ग्रेस पाल्पाले आम ट्रेड युनियन काङ्ग्रेसमा आवद्व रहेका भातृ एवम सुभेच्छुक संघहरूसँग जाेडिन चाहिरहेकाे बताए । ट्रेड युनियन काङ्ग्रेसमा आवद्व नेपाली काङ्ग्रेसका भातृ एवम शुभेच्छुक सँघ पदाधिकारीहरूले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार गतिविधिहरूलाई चलाएमान बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य लक्ष्मण रायमाझी,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य दिपक ज्ञवाली ,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्याल,नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति पाल्पाका सल्लाहकार चित्रवली राम सुवाल,नेपाल ब्युटिसियन संघ पाल्पाका अध्यक्ष बबिता बिस्ट लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पाका सभापति निलकण्ठ देवकाेटाकाे अध्यक्षता र सचिव लाेक नाथ अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

 यसैबिच नेपाली काङ्ग्रेस पाल्पाले नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पामा आवद्व भातृ एवम शुभेच्छुक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । काङ्ग्रेस पाल्पाले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा खादा र टीका लगाएर सम्मान गरेको हाे । कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण अधिकारी,नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझी,नेपाली काङ्ग्रेसका नेता विधान श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे । काङ्ग्रेस पाल्पाले नेपाल प्रेस युनियन पाल्पा,ब्युटिसियन संघ पाल्पा,नाई संघ पाल्पा,भुपु शैनिक संघ लगाएतमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको हाे । कार्यक्रमकाे सञ्चालन नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय