latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, चैत २१

पाल्पामा रहेकाे सडक डिभिजन कार्यालयका कर्मचारी कार्यालयमा भेटिँदैनन् । फिल्डमा खटिने कर्मचारी कार्यालयमा नभिटिनु तपाइलाइ स्वभाविक लाग्ला ! तर यस कार्यालयमा अस्वभाविक रूपमा कार्यालयमा कर्मचारी नहुने र फिल्ड भन्दै अन्यत्र जाने गरेकाे पाइएकाे छ ।

बुधबार नेपाल पत्रकार महासंघ पाल्पाको टोली सडक डिभिजन कार्यालयमा पुग्दा प्रशासन र लेखा शाखामा मात्र कर्मचारी रहेकाे अन्य कर्मचारी नभएकाे भेटिएकाे हाे । यस कार्यालयमा प्रशासन फाँटमै रहेका कर्मचारीकाे हाजिरी समेत बीचका दिनहरू खाली रहेकाे अवस्थामा भेटिएकाे हाे । कर्मचारी बिहान हाजिर गरेर फिल्डकाे लक बुक समेत नभरी अन्यत्र जाने गरेकाे भेटिएकाे नेपाल पत्रकार महासंघ पाल्पा शाखका सचिव यज्ञमूर्ती तिमिल्सिनाले बताए । कार्यालयमा सेवा प्रवाह नै राेकेर, निमित्त जिम्मेवारी समेत नदिएर गाेष्ठी तथा सेमिनारमा कार्यालय प्रमुख समेत हिँडेपछि समस्या देखेर प्रमुख जिल्ला अधिकारीलाइ खबर गरेर अनुगमनका लागि अनुराेध गरिएकाे उनले बताए ।

सडक डिभिजन कार्यालयमा कार्यालय प्रमुख, ४ जना इन्जिनियर, लेखा प्रमुख, लेखापाल, ल्याव असिस्टेन्ट, तीन कार्यालय सहायक र २ सवारी चालकसहित २१ जना कर्मचारी कार्यरत रहेका छन् ।  कार्यालयमा हाजिरी भएपछि काम गर्न साइडमा जाँदा लक बुक भरेर जानुपर्नेमा त्यो प्रकृया पूरा नगरी आफूखुसी हिडेको पाइएको छ ।यसका साथै तालिम गोष्ठीमा जाँदा भम्रण आदेश स्वीकृता गरेर हिडनुपर्ने भएपनि यस विषयमा पनि ध्यान नदिएर मनोमानी रुपमा हिडने गरेको भेटिएको हाे । जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत रमा श्रेष्ठ सडक डिभिजन पुगेर हाजिरी किताब र आवश्यक कागजपत्र माग गर्दा हाजिरी नभएको दिनको पुष्टि हुने कुनै कागजपत्र प्रशासन प्रमुख तिलबहादुर थापाले पेश गर्न सक्नुभएन । उहाँको समेत २ दिन हाजिरी छैन । तर के विषयमा हाजिरी नभएको भन्ने बारे स्वयम प्रशासन प्रमुख थापोले बताउन सक्ने अवस्था भएन । २० र २१ चैत्रका लागि कार्यालय प्रमुख बाबुराम सापकोटा, लेखा प्रमुख र २ इन्जिनियर पोखरा तालिममा गएको भनिएपनि कार्यालयको रेकर्डमा भम्रण आदेश छैन, अधिकृत श्रेष्ठले भनिन् ।

सूचना अधिकारी दुर्गा गौतमले अाफू एक दुई दिन विदामा बसेको बताए । तर उनकाे हाजिरी रजिष्टरमा ११ गतेदेखि हाजिरी नभएको भेटिएकाे हाे । यस्तै अन्य इन्जिनियर र सवइन्जिनियरको पनि हाजिरी अवस्था उस्तै छ । कुन दिन कहाँ गएको भन्ने लकबुक भरिएको छैन । केही कर्मचारीहरुले भने दैनिक रुपमा हाजिरी गरेर फिल्डमा जाने गरेको देखिएको तर कार्यालयको हाजिरी किताव हेर्दा तालिममा सहभागी कार्यालय प्रमुख सहितको समूहको भ्रमण आदेश नभरिएको, प्राविधि कर्मचारी फिल्डमा जाँदा लक बुक भर्नुपर्ने भएपनि नभरिएको र प्रशासन प्रमुख नासुकै हाजिरी नियमित नभएको देखिएको जिल्ला प्रशासन कार्याल पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन्। पाल्पा जिल्लाका कार्यालयहरूमा कर्मचारी नियमित नहुँदा नियमित अनुगमन समेत हुन नसकेकाेमा प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गरिने नेपाल पत्रकार महासंघ पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय