पाल्पा, वैशाख २१

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले रक्तदान गर्नु जीवन दान गर्नु जतिकै पुण्यकाे कार्य रहेको बताएका छन् । बुधबार परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाज तानसेनकाे आयाेजना भएको निस्तार-चाडकाे प्रेम,जीवन बचाउने प्रेम १३५० औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर श्रेष्ठ उक्त कुरा बताएका हुन ।

नगर प्रमुख सन्तोष लाल श्रेष्ठले परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाज तानसेनले रक्तदान कार्यक्रम गरि पुण्यकाे कार्य गरेको बताए । रक्तदान गर्नु जीवन दान,माहादान गर्नु जतिकै पुण्य कार्य रहेको बताए । समाजले रक्तदान कार्यक्रम गरि विरामीहरूलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने गरि मानवीय कार्य गरेको बताए । मानव भएर मानवलाई अप्ठ्यारो परिस्थितिमा सहयोग एवम सेवा गर्नु नै सबै भन्दा ठुलाे सेवा र धर्म रहेको बताए । आगामी दिनमा समाजले यस्तै मानवीय,सकारात्मक र रचनात्मक सामाजिक कार्य गर्न सुझाव दिदै तानसेन नगर सरकारले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता जनाए ।  कार्यक्रममा तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाज तानसेनले रक्तदान कार्यक्रम गरि प्रशंसालायक कार्य गरेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सन्तोष चन्द,समाजसेवी सुशील शाक्य,परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाज बर्दघाटका मण्डली प्रमुख सराेज लामा लगाएतकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा परमेश्वरकाे मण्डली विश्व सुसमाचार समाज लुम्बिनी प्रदेशका प्रतिनिधि एवम कार्यक्रमका अध्यक्ष दिपेन्द्र श्रेष्ठले समाजले सन २०२४ सम्म आउदा करिब १९ औं पटक रक्तदान कार्यक्रम गरेको बताए । समाजकाे शाखा विश्वभरमा करिब १ सय ७५ वटा राष्ट्रहरू भन्दा धेरै राष्ट्रहरूमा विस्तार भइसकेको र पाल्पा  जिल्लामा ७ हजार ५ सय स्थानमा रहेको बताए । रक्तदान कार्यक्रममा करिब १०० जना सहभागी भएका र  करिब ८० पाेइन्ट रगत संकलन भएको बताए । जस्काे प्राविधिक सहयोग लुम्बिनी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलकाे रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय