पाल्पा, वैशाख २०

नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले श्रमकाे सम्मान गर्ने उपयुक्त समय अाएकाे बताएका छन् । उनले अबकाे युग श्रम गर्नेकाे युग रहेको भन्दै श्रम, श्रमिक र श्रमजीविहरूलाइ सम्मानित गर्दै देशकाे विकास कार्यलाइ अगाडी बढाउने समय भएकाे बताएका हुन् ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस श्रेष्ठले अब युग लिङ्ग बिशेषकाे युग हाेइन,भुगाेल विशेषकाे युग हाेइन, जाति विशेषकाे युग पनि हाेइन, अब युग श्रम गर्नेको युग रहेको बताए । जस्ले श्रम गर्छ उसले फल पाउछ । त्यसैले सबैले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार कर्म गर्न आग्रह गरे । वि स २००३ सालमा विपि काेइराला,गिरिजा प्रसाद काेइरालाले जुट मिलमा काम गर्दा शुरू गरेको राणा विरूद्वकाे मजदुर संघर्षकाे अभियानले वि स २००७ सालकाे परिवर्तनकाे रेखा काेरेकाे बताए । त्यसैले पनि ट्रेड युनियन काङ्ग्रेससँग काङ्ग्रेस पाटीकाे छुट्टै किसिमकाे सामिपित्यता एवम भावना जाेडिएकाे बताए । नेपाली काङ्ग्रेस पाल्पाले आम ट्रेड युनियन काङ्ग्रेसमा आवद्व रहनुभएका भातृ एवम सुभेच्छुक संघहरूसँग जाेडिन चाहिरहेकाे बताए । ट्रेड युनियन काङ्ग्रेसमा आवद्व नेपाली काङ्ग्रेसका भातृ एवम शुभेच्छुक सँघले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार गतिविधिहरूलाई चलाएमान बनाउन आग्रह गरे ।  कार्यक्रममा नेपाल ट्रेड युनियन केन्द्रीय सदस्य लक्ष्मण रायमाझी,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य दिपक ज्ञवाली ,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,नेपाल विद्यार्थी संघ पाल्पाका स्वयु सभापति कृष्ण अर्याल,नेपाल ट्रेड युनियन संघ जिल्ला  कार्य समिति पाल्पाका सल्लाहकार चित्रवली राम सुवाल,नेपाल ब्युटिसियन संघ पाल्पाका अध्यक्ष बबिता बिस्ट लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पाका सभापति निलकण्ठ देवकाेटाकाे अध्यक्षता र सचिव लाेक नाथ अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

नेपाली काङ्ग्रेस पाल्पाले नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पामा आवद्व भातृ एवम शुभेच्छुक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । काङ्ग्रेस पाल्पाले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा खादा र टीका लगाएर सम्मान गरेको हाे । कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण अधिकारी,नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझी, नेपाली काङ्ग्रेसका नेता विधान श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे । काङ्ग्रेस पाल्पाले नेपाल प्रेस युनियन पाल्पा,ब्युटिसियन संघ पाल्पा,नाई संघ पाल्पा,भुपु शैनिक संघ लगाएतमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको हाे । कार्यक्रमकाे सञ्चालन नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय