पाल्पा, चैत २४

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाल्पाकाे ऐतिहासिक स्थल रानीमहलकाे स्थलगत अध्ययन निरिक्षण गरेकी छन् । प्रेमकाे प्रतिकका रूपमा रहेकाे रानीमहल निरीक्षण गर्दै मन्त्री शर्माले नेपालकै नमूना स्थल रानीमहललाइ प्रेमकाे हबकै रूपमा विकास गर्नुपर्ने बताइन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाइ तानसेन नगरपालिका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठ नेतृत्वकाे टाेलीले रानीमहलमा मन्त्री शर्मालाइ स्वागतसँगै सम्मान गरेकाे थियाे । साे अवसरमा मन्त्री शर्माले पाल्पा जिल्लाकाेमात्र नभएर नेपालकै नमूना पुरातात्विक स्थल रानीमहलकाे संरक्षण र प्रवर्द्दनका लागि संघ, प्रदेश र स्थानीय सरकारकाे समन्वय जरूरी रहेकाे बताइन् ।

शनिबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थायी सरकार निर्माणका लागि शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनी भन्छिन्, वर्तमान संविधानको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको छ । शासकीय स्वरुपकै कारण स्थिर सरकार दिन सकेनन् भन्दै गएको निर्वाचनमा जनमत नै मिश्रित आएकाले सरकार छिन छिनमा परिवर्तन हुनु स्वभाविक हाे ।उनले भनिन् ‘जब सम्म शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन हुँदैन तबसम्म कुनै पनि सरकार स्थायी हुने अवस्था छैन् ।’

‘स्थानीय सरकार प्रमुखलाई ५ बर्षसम्म कसैले पनि हटाउन नमिल्ने व्यवस्था संविधानमा छ । त्यसैले केन्द्र, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुुपर्छ यसो भयो भने मात्र सरकार स्थायी रहन्छ । ५ वर्षे स्थिर सरकारको लागि प्रदेश र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपको विषयमा राजनीतिक दलहरुबिच सहमति कायम गरेर संविधान शंसोधन गर्नु पर्ने आवश्यकता देखिएको छ’ उनले भनिन्, ‘हामीले जिल्लादेखी केन्द्रसम्मका राजनीतिक दलका नेताहरु, वडाअध्यक्षदेखी राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरु र सबै तह तप्काका कर्मचारीहरुको वार्षिक सम्पत्ति छानविन तथा सार्वजनिक गर्नुपर्ने नीति, नियम तथा ऐन कानुनका लागि पहल गरिहेका छौं ।’

वर्तमान प्रचण्ड सरकार भष्ट्रचारको शुन्य सहनशिलताबाट अगााडि बढेकाले अनियमिता गर्ने माथि जुनसुकै पार्टी, कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिहरु नभनि भिआईपिहरुलाई समेत कानुनी दायरामा ल्याउने, पक्राउ गर्ने, अनुसन्धान गर्ने मुद्दा लगाउने काम गरिरहेको मन्त्री शर्माले बताईन ।  पञ्चायतकालमा एक आधा घटनाहरु मात्र सार्वजनिक हुन्थे तर संघीय लोकतान्त्रिक गणतन्त्रमा भने कानुन भन्दा माथि कोही छैन, केही व्यक्ति सत्ताको आडमा दुई चार दिन लुकेर बस्लान् तर दुई चार बर्ष भित्र सबै अपराधीहरु कानुनको दायरामा आउने र कारवाहीको भागिदार बन्ने उनले दावी गरिन् ।

सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले जिल्लाको बगनासकाली –९ बगनासडाँडामा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेसनको निरीक्षण, भगवती मन्दिरको दर्शन, पाल्पा दरवार र प्रेमको प्रतिक रानीमहलको अवलोकन गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय