latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, बैशाख १४
प्रदेश र संघका दुबै संसदलाई प्रभाबकारी बनाएमात्र संघियता कार्यान्वयनमा सहजता हुने संघिय संसदका सभामुख देवराज घिमिरले बताउनुभएको छ । आज पाल्पाको तानसेनमा अन्तर व्यवस्थापिका अन्तरसंवाद सम्मेलनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै संघीय संसदका सभामुख घिमिरेले संघ तथा प्रदेशका व्यबस्थापिका संसदलाई दिगो, स्थायी रुपमा प्रभावकारी रुपमा संचालन गर्न सके मात्र संघियताको पूर्ण कार्यान्वयन गर्न सकिने बताउनुभएको हो । उहाँले देशमा व्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाहरुको आ आफ्नै निति नियम तथा कानुन अनुसार संचालन भएपनि पछिल्लो समयमा कार्यपालिका र न्यायपालिकाले संसदको अधिकार माथी हस्तक्षेप गर्दै आएको सभामुख घिमिरेले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले सदनहरुलाई बलियो,तथा प्रभावकारी बनाएर जनताका मुद्दाहरुलाई सम्वोधन गर्न सकेमात्र संघियतालाई दिगो रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभयो । सम्मेलनमा संघीय ससदका सभामुख देवराज घिमिरे सहित राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायतको उपस्थिति रहेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्नुभयो ।
भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्नुभएको छ । तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ । संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निमार्ण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निमार्ण र प्रदेशका सभामुखसंगको समन्वयका लागि पनि यो भेलाले महत्वपूर्ण हुने विश्वास गरिएको छ । संघ र सातै प्रदेशका सभामुखसहितको टोलीले आज बिहान पाल्पाको ऐतिहासिक एवम् पर्यटकीय स्थान रानीमहलको अवलोकन समेत गरेको छ । सम्मेलन भोली पाल्पा घोषणापत्र जारी गर्दै सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय