पाल्पा, वैशाख १७
मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाइ तानसेन नगरपालिकाले यातायात सेवा सुरू गरेकाे छ । डे केयरसम्म आउनजानको लागी यातायात सेवा संचालन भएको हाे ।
यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यातायात शुभारम्भ गरे । नगर प्रमुख श्रेष्ठले फरक क्षमता भएका वालवालिकाहरुलाई सबै पक्षबाट सहयोग जरुरी रहेको र सहयोग गर्दा पुन्य प्राप्ती हुने बताए । नगरपालिकाले यस्ता वालवालिकाहरुलाई विगत देखी सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सात किलोमिटर टाढा देखी दैनिक हिडेर डे केयर सम्म आउने गरेका मस्तिष्क पक्षघातका वालवालिकाहरु अवका दिनमा यातायात साधनमै बसेर आउने भएका छन । मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौको मुख्य सहयोगमा र सिविआर पाल्पाको संयोजनमा विगत ६ बर्ष देखी तानसेनमा डे केयर संचालन हुदै आएको छ ।
मस्तिष्क पक्षघात भएका वालवालिकाहरु दैनिक रुपमा शारिरिक रुपमा फिजियो थेरापी, दैनिक पठन पाठन, खेल्दै सिक्दै, दैनिक रुपमा प्रयोग हुने जिवन उपयोगी सिपहरु सिक्न, डे केयर पुग्ने गरेका छन । मस्तिष्क पक्षघात केही वालवालिकाहरु लठ्ठीको सहायतामा डे केयर पुग्ने गरेका छन भने केही वालवालिकाहरु अभिभावकको सहायतामा डे केयरमा लैजाने गरिएको छ । डे केयरमा आउने मस्तिष्क पक्षघातका वालवालिकाहरु दिनभरी नै फिजियो देखी खाने बस्ने र खेल्ने व्यबस्था मिलाईएको डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताए ।
यातायातको लागी तानसेन नगरपालिका वडा नंं २, तिमिसंग आन्विका सहयोग कार्यक्रम, मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौ, सुमेत रत्न बज्राचार्य जर्मनी, नरेश प्रसाद प्रधान अमेरिका, पाल्पा सिविआर, श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. लगायतको सहयोग रहेको छ । कार्यक्रममा तानसेन नगरपालिका वडा नंं २ का अध्यक्ष महेश्वर श्रेष्ठले आफ्नै वडामा भएको यस्तो महान अभियान लाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए । कार्यक्रममा पाल्पा जेसिसका अध्यक्ष अर्जुन कार्कीले पाल्पा जेसिसले सन १९९५ साल देखी नै यस क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा डे केयर लाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का कम्पनी सचिव भविन्द्र गौतमले सबै काम कुरा नाफा बाट नहेरी सामाजिक सेवा र उत्तरदायित्वको भावनाले हेरेमा डे केयर जस्ता संस्थाहरु राम्रो संग संचालन हुने बताए । कम्पनी सचिव गौतमले आफ्नो समितीले डे केयर संचालनको लागी सहयोग गर्ने बताए । कार्यक्रमममा अभिभावक चन्द बहादुर रानाले पाल्पा सिविआरका पदाधिकारी तथा सदस्यहरुले मासिक रुपमा वालवालिका तथा अभिभावकहरु संगको भेटघाट लाई बढाउनु पर्ने, बालवालिका लाई चाहिने आवश्यक सरसमानहरु बढाउनु पर्ने सुझाव दिए । डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले लामो प्रयास र खटाई पछी मस्तिष्क पक्षघात वालवालिकाहरुको लागी यातायातको सुविधा प्रदान गर्न सफल भएको बताए । कार्यक्रम पाल्पा सिविआर अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षता र सिविआरका सदस्य शैलेन्द्र भट्टराईको संचालनमा भएको थियो । डे केयरमा १२ जना मस्तिष्क पक्षघातका वालवालिका र ८ जना अन्य वालवालिकाहरुले नियमित रुपमा पठन पाठन समेत गर्दै आएका छन ।