latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा- बैशाख १४

नेपाली काङ्ग्रेस पाल्पाले नयाँ बर्ष २०८१ सालकाे भित्तेपात्राे विमाेचन गरेको छ । काङ्ग्रेस पाल्पाले विपि स्मृति भवनमा  शुक्रबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरि भित्तेपात्राे विमाेचन गरेको हो । भित्तेपात्राे नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम पुर्व जिल्ला सभापति राजन प्रसाद पन्त,नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैर,नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारी,सन्तोष कुमार थापा मगर ,जिल्ला सदस्य ,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि ,क्षेत्रीय सभापति एवम पदाधिकारी,प्रदेशका सभापति एवम पदाधिकारी,पालिका सभापतिहरूकाे बिशेष उपस्थितिमा भित्तेपात्राे बिमाेचन गरिएको हाे ।  भित्तेपात्राे विमाेचन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम  पुर्व जिल्ला सभापति राजन प्रसाद पन्तले नयाँ बर्षले नयाँ जाेस र जागर सहित सम्पूर्णकाे जिवनमा सामाजिक,राजनीतिक उपलब्धी हासिल गर्न सफलता मिलाेस भनी शुभकामना व्यक्त गरे । उनले  नेपाली काङ्ग्रेसले आगामी दिनमा राष्ट्रियकाे सवालमा, सैवधानिक निकायलाई सशक्त बनाउने सवालमा,नागरिकहरूका जन जिविकाका सवालमा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए ।

पछिल्लो समयमा पानीका फाेका जस्ता केही  राजनीति दलहरूकाे उदय भएको बताए । ती दलका न सिद्धान्त छन,न विचार स्पष्ट छन । यस्ता दलहरू निश्चित समय पछि पानीकाे फाेका सरि फुटेर जाने बताए । नेपाली काङ्ग्रेस पुरानाे ईतिहास बाेकेकाे पाटी रहेकोले जनताकाे महाेभावनालाई बुझि फुटेर हाेइन जुटेर एकताबद्व भई मुलुककाे निर्माण गर्न एक भइ लाग्नुपर्ने बताए ।  कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाटीका जिम्मेवारी पाएका नेताहरूले जिम्मेवारी बाेध गरि काम गर्न आग्रह गरे । काङ्ग्रेस पाल्पाले ३ वटा कुरालाई मध्ये नजर गरेर अगाडि बढेको बताए । पाटीमा  एउटा अधिवेशन नसकिदेै अर्काे अधिवेशनकाे भुत चढ्ने प्रथाकाे अन्त्य हुनुपर्ने,टिकट वितरण गर्दा स्थानीय तहका पाटीका कार्यकर्ताबाट टुङ्गोइएकाे उम्मेदवारलाई टिकट दिने प्रणालीकाे विकास गर्ने र कर्म गर्नेलाई जिम्मेवारी दिने गरि काङ्ग्रेस पाल्पा अगाडि बढेको बताए । अबकाे युगकाे कर्मकाे युग हाे । जस्ले कर्म गर्छ । उस्ले फल पाउँछ । साेही अनुरूपमा पाटीका जिम्मेवार पदमा रहेका जिम्मेवार व्यक्तिहरूले काम गर्न आग्रह गरे । सभापति श्रेष्ठले नयाँ बर्षले संगठन निर्माण गर्न प्रेरणा मिलाेस भनी  २०८१ काे शुभकामना व्यक्त गरे ।

कार्यक्रमकाे सञ्चालन नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय