latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, चैत २५

तानसेन नगरपालिकामा सरसफाइ शाखाका प्रमुख शंकर भण्डारीले शाखाका कर्मचारीहरूलाई सम्मान गरि जन्मदिन मनाएका छन् । सधैं सरसफाइकर्मीसँगै काम गरिरहँदा उनीहरूभन्दा बाहिर रहेर फरक रूपमा जन्मदिन नमनाउने भन्दै भण्डारीले सरसफाइकर्मीलाइ सम्मान गरेका हुन् ।

लामाे समय पत्रकारिता, समाजसेवासँगै कर्मचारीका रूपमा काम गरिरहेका भण्डारीले अाफ्नाे  ४० औ जन्मदिनकाे अवसरमा नगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत १८ जना सरसफाइ कर्मीलाई सम्मान गरेका हुन् । दैनिक हामी फाेहाेरमैलासँगै खेलिरहेका हुन्छाैं तर हामीलाइ समाजले चिन्दैन, हामी नगरलाइ चिनाउन सफा गर्छाै । मनलाइ पनि सफा गर्न सरसफाइकर्मीहरूकाे उत्साह थप गर्न उनीहरूकाे सम्मान गरिएकाे हाे, सरसफाइ शाखा प्रमुख भण्डारीले भने, नेपालमा पछिल्लाे समय पश्चिमेली मुलुककाे सिकाे गर्दै केक काट्ने तथा पार्टी दिने प्रचलनभन्दा नगरकाे सरसफाइमा दिनदिनै सँगै रहने कर्मचारीकाे सम्मान गरे मनाेवल उच्च राख्न सहयाेग मिल्नेछ भन्ने विश्वास छ ।

भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनुभन्दा कर्मचारीहरूसँग अनुभव साटासाटसँगै काम गर्न सहज हुनेछ, उनले भने । लामाे समयसम्म पत्रकारीता क्षेत्रमा रमाएका भण्डारीले देशमा सबैकाे सकारात्मक साेंच भए परिवर्तन सम्भव रहेकाे बताउँछन् । समाजकाे तल्लाे तहमा रहेर काम गर्नेहरूकाे पीडामा मल्हम लगाउन ठूलाे कुरा गर्नै पर्दैन भण्डारी भन्छन्, मनाेबल उच्च राख्ने काम भने गर्नु अावश्यक छ ।

पाल्पाको रैनादेबी छहरा गाउँपालिका–२, घर भई हाल तानसेन ३, पाल्पामा रहेका भण्डारीले सरसफाइ कर्मीहरूकाे आर्थिक हैसियतमात्र र  सामाजिक हैसियत सबल बनाउन लागिरहने बताए । सेराेफेराेन्यूज डटकमकाे तर्फबाट शंकर भण्डारीलाइ जन्मदिनकाे हार्दिक शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय