latest
रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||    स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जा कपडा बुन्ने तालिम रामपुरमा  ||    श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||   
शुक्रबार , असार १२, २०८३

रमेश राना
पाल्पा, माघ ५
पाल्पा र रुपन्देहीको सीमा क्षेत्रको गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने, २ जना घाइते भएका छन् । हिजो बेलुका करिब ६ बजेको समयमा लु.२ ख ४५०९ नम्बरको टिपर दुर्घटना भएको माथा प्रहरी चौकी पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नं.–४ झडेवा का २ वर्षिय प्रशला सारु र ३५ वर्षिय भिमा सारु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरूमा चालक माथागढी गाउँपालिका वडा नं.–७, रहवासका २५ बर्षिय सुक बहादुर बारघरे र माथागढी– ४, झडेवाका २२ बर्षिय सिर्जना सारु रहेका छन् ।
बालुवा बोकेको टिप्पर साइड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रारम्भिक अनुमान छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय