रमेश राना
पाल्पा, माघ ५
पाल्पा र रुपन्देहीको सीमा क्षेत्रको गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने, २ जना घाइते भएका छन् । हिजो बेलुका करिब ६ बजेको समयमा लु.२ ख ४५०९ नम्बरको टिपर दुर्घटना भएको माथा प्रहरी चौकी पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नं.–४ झडेवा का २ वर्षिय प्रशला सारु र ३५ वर्षिय भिमा सारु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरूमा चालक माथागढी गाउँपालिका वडा नं.–७, रहवासका २५ बर्षिय सुक बहादुर बारघरे र माथागढी– ४, झडेवाका २२ बर्षिय सिर्जना सारु रहेका छन् ।
बालुवा बोकेको टिप्पर साइड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रारम्भिक अनुमान छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय