latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, वैशाख २१

नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा गुराँश आत्रेय निर्वाचित भएका छन् । एमाले तानसेनको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

नगर कमिटीकाे उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली र थानिमाया सोमै चयन भएका छन् । १४ वटा वडा रहेको तानसेन नगरपालिकामा एक सय  भन्दा बढी पार्टी संगठित सदस्यहरु भएको स्थानमा ५ जना र एक सयभन्दा कम संगठित सदस्य भएको वडामा ३ जना सदस्य आउने गरी एमाले नगर कमिटीमा नगर सदस्यहरु चयन भएका छन् । अधिवेशनले कमिटीका नगर पुर्व अध्यक्ष रामप्रसाद पोखरेल, पार्टी उप–सचिव मित्रलाल नेपाली र १४ वटै वडा कमिटी अध्यक्षहरुलाई विशेष सम्मान गरेको छ ।

नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुरप्रसाद गैरे, पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, पार्टी पुर्व अध्यक्ष नारायणप्रसाद आचार्य पार्टीका केन्द्रीय सल्लाहकार पर्शुराम भट्टराई, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे लगायतले सम्बोधन गर्दै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने पार्टी एमाले मात्र भएकाले सबै जनतालाई एमालेमा गोलवन्द हुन अनुरोध गरे । ईलाम र बझाङ उप–निर्वाचनले पनि जनता एमालेको पक्षमा रहेकाले आगामी ८४ को निर्वाचनमा एमालेले संघ र प्रदेशमा बहुमत ल्याउने संकेत मिलेको बक्ताहरुले दावी गरे ।

अधिवेशनमा तानसेन नगर कमिटी अध्यक्ष आत्रेयले राजनीतिक प्रतिवेदनमार्फत पार्टीको अवस्था, आगामी दिनमा गर्नुपर्ने गतिविधीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय