पाल्पा, माघ १६
पाल्पाको रैनादेबी छहरा गाउँपालिका २ दिगबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका २ दिगका ३८ बर्षिय सोमान सिंह खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोमबार दिउसो करिब पौने ४ बजेको समयमा घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छाला सहित खत्रीलाई इलाका प्रहरी कार्यालय मुझुङ्गले नियन्त्रणमा लिएको हो ।
खत्रीको घरबाट चितुवाको मुख देखी पुच्छरसम्मको ६ फिट २ इन्च र छातीको भागको ३ फिटको छाला फेला पारि थप अनुसन्धानको लागी सब डिभिजन बन कार्यालय हार्थोक बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय