latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

विक्रम सम्वत २०८० साललाई विदाई गर्दै नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी सहित सबै नेपालीहरुले आआफ्नो स्थानबाट नयाँ वर्ष धूमधामका साथ नयाँ वर्ष मनाउँदैछन् ।
पात्रो फेरिने दिन एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समय नै २०८१ सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । वसन्तऋतुको आगमनसँगै चराहरूको चिर्बिर तथा कोइलीको कुहूकुहू, रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावासँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन भएको छ ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नेपालको राष्ट्रिय पात्रो पनि हिन्दू पञ्चाङ्गमा आधारित विक्रम संवतअनुसार छ । यो प्राचीन हिन्दू परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (इस्वी संवतको पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । विक्रम संवत् नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।

आगामी बर्ष २०८१ लाई फलदायी बनाउन तपाईंले अंगाल्न सक्नुहुनेछ यी नियमहरुः
१. नितान्त आफ्नो लागि पनि समय व्यवस्थापन गरि दिनमा कम्तिमा एक घण्टा आफैसँग बिताउँदै मनको कुरा सुन्ने ।
२. आफ्नो शरीरलाई माया गर्दै शरीरलाई चाहिने खानेकुरा खाने, शरीरलाई नचाहेको खानेकुरा त्याग्ने र समयमा व्यायाम, योगा सहित खाने, सुत्ने, काम गर्ने अभ्यासमा रहने ।
३. शारीरिक सरसफाईमा ध्यान दिनेछु । शरीरलाई आकर्षक, स्वस्थ्य बनाउनका लागि प्रयास गर्नेछु ।
४. मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी बन्ने तथा प्रेरणादायी कार्य गर्न पुस्तक पढ्ने, फिल्म हेर्ने तथा यात्रा वा घुमघाममा निस्कने ।
५. सामाजिक सञ्जालमा कम समय व्यवस्थापन गर्ने ।
६. घर तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
७. आमाबुवा वा परिवारका सबै सदस्यको स्वास्थ्यको ख्याल राख्ने ।
८. आफन्त, इष्टमित्रसँगको चाडपर्व मनाउँदै सम्बन्ध सुमधुर राख्ने प्रयत्न गर्ने ।
९. व्यक्तिगत करियरको लक्ष्य निर्धारण गर्दै दैनिकी बनाउने ।
१०. हरेक विषयको थप अध्ययन गर्दै दक्षता हासिल गर्ने ।
११. आफ्नो सोंच र लक्ष्य प्राप्तिमा ध्यान दिने ।
१२. निरन्तर प्रयास, लगाव र दृढ संकल्पका साथ अगाडि बढ्ने ।
१३. अल्छी, निद्रा त्याग्दै समय व्यवस्थापनको कार्यमा ध्यान दिने ।
१४. रिस, अहंकार, दम्भ, लोभ, घृणालाई आफूभन्दा टाढा राख्ने ।
१५. झुटो बोल्ने, छल्ने, कपट गर्ने बानी त्याग्ने ।
१६. अनावश्यक खर्च गर्ने बानी, भोग विलास, ऐश आरम त्याग्नेछु ।
१७. हरेक वर्ष १० वटा कुनै नयाँ रुख–बिरुवा रोप्ने ।
१८. शाकाहारी भोजनलाई प्राथमिकतामा राख्ने ।
१९. गरिब–दुःखीलाई सहयोग गर्ने ।
२०. बचत गर्ने बानीको विकास गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय