latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, १६ चैत

रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको बिभत्स हत्या अभियोगमा प्रहरीले सागर भनिने देबलाल सार्कीलाई सार्वजनीक गरेको छ । गत मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो । प्रहरीले प्रारम्भिक अनुशन्धान पुरा गरि हत्यामा संलग्न भएको भन्दै आज छिमेकी लप्सीखोलाका १९ वर्षीय सार्कीलाई सार्वजनीक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा सार्कीलाई निगरानीमा राखी घटना भएको पछिल्लो दिन नै नियन्त्रणमा लिएको थियो ।

घटनास्थलबाट प्रहरीले हत्याको समयमा प्रयोग भएका समाग्री बरामद गरि अभियुक्त सार्की संगै सार्वजनीक गरेको छ । उनको घरबाट रगत लतपतिएको कपडा र धारिलो हतियार फेला परेको छ । गोठबाट मृतकको मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
सुनारको गत मंगलबार दिउँसो १२ बजे बिभत्स हत्या भएको थियो । सामान्य बिवादका कारण अबेग थाम्न नसकि धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरी समक्ष अभियुक्त सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नरेन्द्र चन्दले बताए ।
घटनापछि प्रहरीले अभियुक्त सार्कीलाई शुष्म अनुशन्धानको निगरानीमा राखेका कारण अभियुक्तलाई पक्राउ गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

घरभन्दा केही पर एकान्त जंगलमा सुनार माथि धारिलो हतियार प्रयोग गरि हत्या भएको थियो । देवलालको घर नजिकै रहेको धारामा पद्मा नुहाउन र लुगा धुन गएकी थिइन् । उनीहरू बीच सामान्य विवाद भएको प्रहरी उपरिक्षक चन्दले बताए ।
शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । मृतक पद्माका बुवा दलबहादुर सुनारले हिजो नै किटानी जाहेरी दिएका छन् । आजै मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा छिमेकीहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको बाटो मुनी उनको शब क्षतबिक्षत अवस्थामा फेला परेको थियो । उनको हातका औंला, पाखुरा, घाँटीमा धारिलो हतियार प्रयोग गरि काटिएको छ । शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । देबलाल गाउँघरमा पहिले देखि नै अपराधिक मनोबृत्ति भएको स्थानीय बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय