latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, चैत ३०

नेपाली काङ्ग्रेस पाल्पाको आयाेजना तथा नेपाली लेखक संघ पाल्पाकाे संयाेजनमा नयाँ बर्ष २०८१ काे अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । काङ्ग्रेस पाल्पाले नेपाली लेखक संघ पाल्पामा आवद्व साहित्यहरूसँग भेटघाट गर्ने,साहित्यक रचना सुन्ने एवम शुभकामना आदान प्रदान गर्ने हेतुका कार्यक्रम आयाेजना गरेको जनाएको छ  । कार्यक्रममा करिब ४० जना साहित्यकारहरूले रचना वाचन गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका पुर्व सभापति राजन प्रसाद पन्तले नेपालकाे राजनीति घटना क्रम हेर्दा अराजकता तर्फ धकेलिएको बताएका छन । राजनीति गर्ने नेताहरू अब सुध्रिन आवश्यक छ । नेपाली काङ्ग्रेसका सस्थापक विपि काेइराले प्रतिपादन गरेको सिद्वान्त र बाटाेमा हामी कति अडिक छाै, ईमान्दार छाै समिक्षा हुन जरूरी रहेको बताए । काङ्ग्रेसले पाटीलाई विपिले देखाएकाे बाटाेमा हिडाउन र सुध्रिणिकरण सहि बाटाेमा लैजानुपर्ने बताए ।

कार्यक्रममा नेपाल भुपु सैनिक संघका केन्द्रीय अध्यक्ष मेघराज टेन्डन,पाल्पा साहित्य समाजका संरक्षण राजेन्द्र गाेपाल सिङ,वरिष्ठ साहित्यकार हेमनाथ शर्मा,नेपाली लेखक संघका सल्लाहकार सदस्य एवम पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर राज रेग्मी,नेपाली लेखक संघका सल्लाहकार एवम प्रदेश प्रतिनिधि डाक्टर शंकर प्रसाद गैरे,साहित्यकार चित्रवलि राम सुवाल लगाएत विभिन्न भातृ एवम शुभेच्छुक सस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठकाे सभापतित्वमा र नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले स्वागतमा सम्पन्न भएको थियाे । कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले साहित्यकारहरू समाजका ऐनाहरू रहेको बताए । साहित्यकारहरूले समाजमा जे यथार्थ देख्छन । त्यहि कुराहरू आफ्ना सिर्जनाकाे माध्यमबाट यथार्थ प्रस्तुत गर्ने भएकोले साहित्यकारहरू समाजका ऐना रहेको बताए ।

नेपाली काङ्ग्रेसका सस्थापक विपि काेइराला पनि आफैमा साहित्यकार रहनु भएको थियाे । उहाले आफ्ना मनाेभावनाहरूलाई साहित्यकाे माध्यमबाट भाव व्यक्त गर्ने गरेको बताए । साेही अनुरूप नेपाली काङ्ग्रेस पाल्पाले नेपाली लेखक संघमा आवद्व साहित्यकारहरूकाे सिर्जना सुन्ने र साहित्यकारहरूबाट प्राप्त सल्लाहा र सुझावलाई लिई  पाटीकाे गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयाेजना गरेको बताए । नेपाली लेखक संघमा आवद्व साहित्यकारहरूकाे लागि पाटी गर्नुपर्ने सहयोग गर्ने बताउदै साहित्यकाे क्षेत्रबाट पाटीलाई दिनुपर्ने सल्लाहा सुझाव दिई मार्गदर्शन प्रदान गर्न आग्रह गरे ।

नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाकाे सभाहलमा भएको कार्यक्रममा साहित्यकारहरूले देशकाे वर्तमान राजनीति बिषय बस्तु,विकास पुर्वाधार,युवा शक्तिकाे पलायन, नेपाली काङ्ग्रेस पाटीले अबलम्बन गर्नुपर्ने विषयबस्तुमा केन्द्रीकृत रहि रचना बाचन गरेका थिए । कार्यक्रमकाे अवसरमा नयाँ बर्ष २०८१ सालकाे उपलक्षमा शुभकामना आदान प्रदान गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन नेपाली लेखक संघ पाल्पाका अध्यक्ष गाेविन्द खनालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय