latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, वैशाख ४

साहित्यकार स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै भएकाे छ । पाल्पा साहित्य समाजले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा कृतिको लोकार्पण गरेको हो ।

लाकौलले वि.सं.१९३७ र १९६७–१९६८ सालतिर लेखेका विषयहरुको पाण्डुुलिपीहरु कृतिका रुपमा प्रकाशनमा ल्याइएको छ । कृतिको लोकार्पण गर्दै राजेन्द्र गोपाल सिंहले असाधारण प्रतिभाशाली धार्मिक व्यक्तित्व, अद्भूत दूरदर्शी र नविनतम् चिन्तक लाकाैलले कृति रचना गरेर राखेकेा अवस्थालाइ बाहिर ल्याउन मद्दत गरेकाे बताए ।  शिक्षाको विकास र विस्तार नभएको अवस्थामा  पनि नेवार परिवारमा जन्मिएर तीर्थयात्रा दैनिकी, गितासार , तारोपनिषद् जस्ता कृतिहरु लेख्नु चानचुने कुरा होइन, यसलाई अद्भूत र आश्चर्यजनक उपलब्धी नै मान्नुपर्छ सिंहले भने ।

कृतिको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, संरक्षक राजेन्द्र गोपाल सिंह,  सहल्लाहकार चित्रवलीराम सुवाल, प्रकाशक/कृतिकारका सन्ततिहरू वनमाली लाकौल, रूप किशोर लाकौल, भारत किशोर लाकौल, समीक्षकहरू विजय सागर ,विश्वराज पौड्याल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

तीर्थयात्रा दैनिकी कृतिकाे समीक्षा विजय सागरले र गितासारका विश्वराज पौड्यालले समीक्षा गरेका थिए । सोही अवसरमा कृतिकार वनमाली लाकौलले एक लाख  र  रूपकिशोर लाकौलले ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । पुष्कर अथक रेग्मीको अध्यक्षता, वनमाली लाकौलको स्वागत,सविता भट्टराईको सञ्चालनमा कार्यक्रम चलेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय