पाल्पा, फागुन १३

पाल्पाको तानसेन नगरपालिका वडा न ३ पद्म पब्लिक माध्यमिक विधालयमा नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाकाे सञ्चालन ,समन्वय जापानीज सस्था जिलाफकाे सहयाेगमा हाल ५० जना विधार्थीहरुलाई अनाैपचारिक शिक्षा कार्यक्रम अन्तर्गत अध्यापन गराउदै आएको छ । सस्थाले श्रमिकहरुका छोरी छोरीहरुलाई निशुल्क अध्यापन गराउनका लागि नेपाल ट्रेड युनियन काग्रेसको समन्वय र सहकार्यमा उत्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फाल्गुन १२गतेका दिन नेपाल ट्रेट युनियन कांग्रेस पाल्पाले अनाैपचारि बिद्यालय मा अध्ययनरत बिद्यार्थीका अभिभाबक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। छलफल कार्यक्रममा अभिभाबक हरुले अनाैपचारिक शिक्षा ले आफ्ना बालबालिका लाई निकै फाईदा पुगेकाे बताए। उत्त कार्यक्रममा सहभागी मध्ये तुनि रानाको घर नवलपरासी जिल्लामा पर्दछ । उहा विगत ५ बर्ष देखि पाल्पाको तानसेनमा मजदुरी गर्नुहुन्छ । उहाँ श्रीमान र २ वटा छोरीसँग तानसेनमा बस्दै आउनु भएको छ । विहानको ७ बजे श्रीमान र आफु श्रम गर्न जाने गरेको बताउनुहुन्छ । जिलाफले छोरीहरुलाई अनाैपचारिक विधालयमा निशुल्क पढाइ दिदा धेरै राहत मिलेको बताउनुु भयो । दैनिक रुपमा मजदुरी गरि जिविको पार्जन गर्दै आउनु भएकी रानाले छोरीहरूको पढाई खर्च पुर्याउन पनि समस्या रहेको थियो । रानाकाे छोरीहरुलाई जापानीज सस्था जिलाफको आर्थिक सहयोग र नेपाल ट्रेड युनियन काग्रेसको समन्वयमा सञ्चालित बाल अनौपचारिक शिक्षाबाट अध्ययन गर्न पाउदा राहत मिलेको बताउनु भयो । बाल अनौपचारिक विद्यालयबाट शिक्षा हासिल गरेका विधार्थीहरुले अध्ययन पश्चात कक्षा ६ मा भर्ना भई अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै इमा कुमाल पनि जिलाफबाट सहयोय प्राप्त गरि छोराछोरीलाई अध्यापन गराउने मध्येको एक हुनुहुन्छ । बगनासकाली गाउँपालिकाको घोरबन्दा घर भएकी इमा कुमालका एक छोरा र एक छोरी हुनुहुन्छ ।

कुमालले तानसेनमा लामो समय देखि श्रमिकको काम गनुहुन्थो । विगत १ बर्ष अघि घर बनाउने काम गर्दागर्दै घरको ३ तला माथि छतबाट लड्नु भयो । घरमा एक छोरा,एक छोरी र श्रीमान सहित ४ जनाको परिवार रहेको कुमालको परिवारमा अहिले श्रीमानले मात्र मजदुरी गर्नु हुन्छ । मजदुरी गरेर ल्याएको आम्दानी परिवारको खर्च टार्न धौ धौ हुने गरेको बताउनुभयाे । छोरा छोरीलाई अनौपचारिक बिधालयमा निशुल्क रुपमा अध्ययन गराउन पाउदा धेरै राहत मिलेको बताउनभयो । सस्थाले विधार्थीहरुलाई निशुल्क पढाउने मात्रल होइन विधार्थीहरुलाई निशल्क पोषाक,कापी,कलम समेत प्रदान गर्दै आएकोले दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नेहरूलाई मधत पुगेको बताउनभयो । पद्म पब्लिक माध्यमिक विधालयमा सञ्चालित अनौपचारिक बाल विद्यालयमा ५० जना विधार्थीहरुले अध्ययन गर्दै आएको कार्यक्रमका समन्वयकर्ता एवम कार्यक्रम संयाेज नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका सचिब लाेकनाथ अधिकारले जानकारी दिनुभयो । अनौपचारिक बाल विद्यालयमा अध्ययन गरेका विधार्थीहरुले अध्ययन पश्चात कक्षा ६ सम्मको पढाईको मान्यता पाउनेछन । सोही समयको अवधि सम्म विधार्थीहरुलाई विधालयमा राखी निशुल्क अध्यापन गराउने व्यवस्था रहेको बताउनभयो ।

जापानमा रहेका श्रमिकहरुले दैनिक रुपमा श्रमबाट प्राप्त गरेको रकमको केहि हिस्सा नेपालका श्रमिकहरुका छोराछारीहरुको शैक्षिक विकासका लागि सहयोग गर्दै आएकाे बताउनुभयो । हाल अनौपचारिक बाल शिक्षा अध्यापन गराउन २ जना शिक्षकहरुकाे व्यवस्था गरिएको छ । बिशेष गरि विद्यालयमा दैनिक रूपमा श्रम गर्ने श्रमिकका छोराछोरीहरुलाई बिधालयमा अध्यापन गराउदै आएको बताउनभयो । यसैबिच शनिबार अनौपचारिक बाल विधालयका विधार्थीहरुका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जस्मा अभिाभवकहरुले विधालयमा छोराछोरीहरुलाई निशुल्क अध्ययन,अध्यापन गराउन पाउदा राहत मिलेको बताउनु भएको छ । नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका अध्यक्ष निलकण्ठ देबकाेटाले अभिभावकहरुले समय समयमा विधालयमा आई विधार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनुपर्ने र आवश्यक सरसल्लाहा सुझाव दिन आग्रह गर्नुभएको छ ।

विधार्थी, अभिभावक र शिक्षकहरुको सम्बन्धले नै विधालयको शैक्षिक गुणस्तर वृद्वि गर्न मद्दत पुग्ने भएकाले अभिभावकहरुले आफनो छोराछोरीको शैक्षिक अवस्थाको बारेमा चासो राख्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका सचिव लोकनाथ अधिकारीले बिधालयमा बिधार्थीहरुलाई निशुल्क अध्ययन,अध्यापन गराउने मात्र होइन समय समयमा अभिभावकहरुलाई सिपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय