बिष्णु खनाल
पाल्पा, असोज २८

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले चाडवार्डको समयमा शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।
आइतबार सामुदायिक सेबा केन्द्र तथा सामुदायिक प्रहरी सेबा केन्द्र पाल्पाले बिजया दशमी तथा दिपावालीको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रहरी प्रमुख शर्माले नेपाल प्रहरीको जिम्मेवारी १ हजार २ सय भन्दा बढी रहेको भन्दै प्रहरीले सबै तिर ध्यान दिनुपर्ने भएकाले नागरिकको सहयोग बिना शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सम्भब नभएको धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शर्माले सबै पाल्पाली नागरिकलाई नेपालीहरुका सबै महान चाडको शुभकामना दिनुभयो । केन्द्रका संरक्षक समेत रहनुभएका शर्माले आफू आएको ८ महिना ठुला काम गरेको भन्दै चाडबाडलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएको बताउनुभयो । उहाँले अडियो जिड्गलबाट समेत सूचना प्रवाह भएको बताउनुभयो । नागरिक बर्दि बिनाका प्रहरी भएको भन्दै सबैले आ आफ्नो ठाउँबाट प्रहरीलाई सूचना दिएर अपराध कम गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले नेपालीहरुको महान पर्बको सबैलाई शुभकामना व्यक्त गर्दै प्रहरीको जागीर चुनौतीपुर्ण रहेको बताउदै नागरिकका सुझाब र सल्लाह अनुसारले नै प्रहरी अगाडी बढ्ने बताउदै सबै पाल्पाली नागरिकलाई सभ्य तरिकाबाट पर्व मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथी साहित्यकार राजेन्द्र गोपाल सिंहले सेबा केन्द्रको प्रगतीको कामना गर्दै, जनसरोकारका बिषयमा प्रहरीको मात्र भुमिका नहेरी त्यसलाई सहयोग गर्ने अन्य पक्षले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।उहाँले चाडबाडमा सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सोही अबसरमा तानसेनमा केन्द्रले आजीबन सदस्यहरुलाई प्रमाण पत्र बितरण समेत गरेको छ ।
कार्यक्रम केन्द्रका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षता स्वागत उपाध्यक्ष सरस्वती भट्टराई र संचालन सचिब कमल तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय