पाल्पाका अाठ तहमा एमालेकाे अग्रता

0

जिल्लामा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

पाल्पा, असार १६

तानसेन नगरपालिका र रामपुर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । तानसेनमा नेकपा एमालेले नगर प्रमुखमा १ हजार ७ सय ८१ र नेपाली कांग्रेसले १ हजार २ सय ९९ मत प्राप्त गरेको छ । रामपुर नगर प्रमुखमा एमालेले एमाले १ हजार ७ सय ५ र कांग्रेसको १ हजार १ सय ७४ मत गणना भएको छ ।

दश स्थानीय तह रहेको पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धा देखिएको छ । जिल्लाका प्रमुख÷उपप्रमुख तथा अन्य वडाका प्रतिनिधीहरुमा दुई दलको प्रतिस्पर्धा प्रारम्भिक मतपरिणाममा देखिएको हो । तानसेनमा २७ हजार ९ सय ८६ मतदाता रहेकोमा २० हजार ८ सय २६ मत खसेको थियो । रामपुरमा २२ हजार १ सय ९ मतदातामा १७ हजार २ सय ३८ मत खसेको थियो । तानसेन नगरपालिकामा वडा नं. १ मा नेकपा एमाले तथा वडा नंं. २ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । रामपुरको वडा नं. १ र १० मा नेकपा एमाले विजयी भएको छ । रामपुरमा दिउँसो १ बजेसम्मका लागि मतगणना स्थगित भएको छ ।

आठ गाउँपालिकामध्ये जिल्लाको पूर्वखोला, निस्दी, रम्भा, रिब्दीकोट, तिनाउ, र रैनादेवी छहरामा नेकपा एमालेले अग्रता लिएको छ । माथागढी र वगनाशकालीमा नेपाली कांग्रेसको अग्रता रहेको छ । पूर्वखोला गाउँपालिका वडा नं. १ र २ मा एमाले विजयी भएको छ । माथागढी गाउँपालिका वडा नं. १, २, ४ र ५ मा कांग्रेस विजयी भएको छ । वगनाशकालीको वडा नं. ८ र ९ मा कांग्रेस वियजी भएको छ । रैनादेवी छहरा वडा नं. १ मा माओवादी केन्द्र विजयी भएको छ । वगनाशकालीको अध्यक्षमा कांग्रेसको १ हजार ५ सउ ९१ र एमालेकौ १ हजार ५२ मत छ । रैनादेबी छहरामा एमाले १ हजार २ सय ३ र माओवादीको ८ सय ४९ रिब्दिकोटमा कांग्रेसको ६ सय ७४ तथा एमालेको ७ सय ३ मत गणना भएको छ । रम्भा गाउँपालिका अध्यक्षमा नेकपा एमालेको १ हजार ६ सय ९३ र कांग्रेसको १ हजार १ सय ४९ मत प्राप्त गरेको छ ।

बुधबार सम्पन्न भएको निर्वाचनमा ७२ दशमलव ७४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले बताए । उनले तीन दिनमा अधिकांश स्थानीय तहको नतिजा सार्वजनिक हुने गरे मतगणना भैरहेको बताए ।