पाल्पा, असार १७
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार जनताको सरकार भएको बताउनुभएको छ । अनज तानसेन सदरमुकाम तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले सबै नागरिकको गुनासो सुनेर बजेट विनियोजन गरि विपन्न नागरिकलाई स्वरोजगार बनाउनेतर्फ आफ्नो नेतृत्वको सरकार लागी परेको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले प्रदेशको प्रमुख लक्ष्य समृद्धि हासिल गर्ने भएको हुँदा त्यसको लागी पूर्वाधार विकास र नागरिकको आर्थिक स्तर वृद्धिबाट नै सम्भब रहेको धारणा राख्नुभयो । आर्थिकम अवस्था कमजोर रहेको वर्गलाई आय–आर्जनमा जोडेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री चौधरीले गरिब निमुखा जनताको आयस्तर कमजोर हुदा त् िबर्ग झन गरिबीबाट पिल्सिएको बताउनुभयो । त्यसैले प्रदेश सरकारले रोजगार दिने संस्था र व्यक्तिलाई सहयोग गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बनेको बताउनुभयो । महिला, दलित तथा तल्लो तहसम्मको नागरिकको जीवनस्तरमा सुधार हुन नसक्दासम्म देशको विकास सम्भव नभएको बताउदै मुख्यमन्त्री चौधरीले आर्थिक विकास कार्यक्रम माफर्त स्थानीय तहसंगको समन्वयमा कार्य गर्ने उहाँले धारणा राख्नुभयो ।
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गदै मुख्यमन्त्री चौधरीले आफ्नो नेतृत्वको सरकार मिडियामैत्री भएको बताउदै संचार क्षेत्रको विकासका लागि पत्रकार महासंघसंग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय