latest
रिब्दीकोट भित्रका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण  ||    न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा   ||    तानसेनमा नेवार बौद्ध समुदायका सांस्कृतिक मूल्यबारे छलफल  ||    युवा : उमेर होइन, सम्भावनाको नाम हो  ||    अमेरिकी दूतावासको सहयोगमा २० उदीयमान उद्यमीको व्यवसाय प्रदर्शनी, पाल्पाली ढाका उत्कृष्ट २० मा  ||    रामपुर नगरपालिकाको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई  ||    मिलेनियम स्कुल चमेना गृहमा ग्यास दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु  ||    करदाता सेवा कार्यालय हटाइँदा सेवाग्राहीलाई सास्ती, पुनः स्थापना गर्न जोड  ||   
मंगलबार , भाद्र २, २०८३

रिब्दीकोट गाउँपालिकाको आयोजना एवं नेपाल हार्ट फाउन्डेसन (NHF) पाल्पा शाखाको प्राविधिक सहयोगमा रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम शुरु भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ले गर्नुभएको थियो ।
कार्यक्रम रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र देवदह मेडिकल कलेज रुपन्देहीका अध्यक्ष गोपाल बहादुर पोखरेल नेपाल हार्ट फाउन्डेसनका डा. सुमन्त प्रसाद बन्जाडे खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र खस्यौली, पाल्पाका डा. अनिल गैरे को आथिथ्यता र विद्यालयका शिक्षकहरु, विद्यार्थिहरु, अभिभावकहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा पहिलो चरणको चेकजाँच कार्यक्रम शारदा मा. वि. ख्याहा,भबानी मा.बि कुसुम खोला लगायत १२ वटा बिद्यालयमा सम्पन्न भएको छ।
विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण कार्यक्रम १ देखि ५ गतेसम्म संचालन हुनेछ। मुटु परिक्षण कार्यक्रम रिब्दीकोट गाउँपालिका भित्रका सबै विद्यालयका विद्यार्थीहरु (बालकक्षा देखि कक्षा १२ सम्म) का लागि गरिने भएकोले पुर्व सुचना अनुसार आ-आफ्ना बालबालिकाहरुलाइ तोकिएको स्थानमा उपस्थिती गराएर सहयोग गर्नुहुन सम्बन्धित विद्यालय एवं अभिभावकहरुलाइ आह्वान समेत गरेको छ ।
यस परिक्षण कार्यक्रम अन्तर्गत कुनै पनि विद्यार्थीहरुमा मुटु सम्बन्धी समस्या देखा परेमा नि: शुल्क औषधि उपचारको व्यबस्था समेत गरिने आयोजक ले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय