latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाण्डौ । अघिल्लो दशकमा अर्थतन्त्रले लिएको भयावह अवस्था र यो ८० को दशकमा क्रमिक रुपमा सुधारिँदै गइरहेको अर्थतन्त्रको चक्रले ठूलो आशा जगाएको छ ।

बैंक ब्याजदर, तरलता,राजश्वमा सुधारलगायतका पक्षहरुले आगामी दिन अर्थतन्त्र सही ट्रयाक सम्हाल्ने माहोल पनि बनिरहेको देखिन्छ ।

अर्थतन्त्रका धेरै अवयवहरु सुध्रिने क्रममा सबैभन्दा छिटो प्रतिक्रिया शेयर बजारले दिएको छ । नेप्से परिसूचक १८ सय विन्दूबाट ३ हजार विन्दूमाथि पुग्नुलाई समेत उज्यालो अर्थतन्त्रको संकेतका रुपमा बुझ्नुपर्दछ ।

अर्थतन्त्रमा रहेका विविध सेक्टरहरुमा क्रमिक सुधार भएकाले हामी सकारात्मक र ऊर्जाशील बन्नुपर्दछ । बैंकहरुको वासलातमा समेत देखिएको सुधारले विभिन्न सेक्टरमा भइरहेको सुधारले पूँजीबजारको आगामी दिन झन् सुखद हुने पक्का छ ।

हामी अहिले साउनमै छौँं । बजार परिसूचकले ३ हजार विन्दूलाई धेरैपटक टेस्ट गरिरहेको छ । मेरो भित्री आत्माले भन्नुपर्दा यो वर्ष ३ हजार विन्दू केही पनि होइन,जुन सजिलै ‘अचिभ’(प्राप्ति) हुन्छ । बजार धेरै स्मार्ट छ ।  हामीलाई आजभोलि नै ३ हजार छोइदियोस् भन्ने लाग्छ तर त्यस्तो हुँदैन । यद्यपि हामीले बजार ३ हजार विन्दूमाथि नै बसेको हेरेर आउँदै गरेको बडादशैंमा रातो टीका लगाउने सौभाग्य पाउने आशा गर्न सकिन्छ ।

(चर्चित शेयर लगानीकर्ता तथा उद्यमी अम्बिका प्रसाद पौडेलसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय