latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

तानसेन, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका रामपुर नगरपालिका–३ कुतिपुरका ४२ वर्षीय चोकबहादुर थापा तथा संगठित अपराध कसुरमा दोषी ठहर भएका रामपुर नगरपालिका–६ का ४२ वर्षीय कोपबहादुर थापा र सोही स्थानका ४१ वर्षीय नारद कुमाल रहेका छन्।

प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका चोकबहादुर थापालाई रामपुर नगरपालिका–३ कुतिपुरबाट पक्राउ गरिएको हो। जिल्ला अदालत पाल्पाले २०८१ पुस १७ गते गरेको फैसलाअनुसार उनलाई बैंकिङ कसुरमा १४ दिन कैद र ५ करोड ९२ लाख ३८ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी, संगठित अपराध कसुरमा दोषी ठहर भई फरार रहेका कोपबहादुर थापा र नारद कुमाललाई रामपुर नगरपालिका–५ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

अदालतको फैसलाअनुसार कोपबहादुर थापा र नारद कुमाल दुवैलाई जनही ७ महिना २३ दिन कैद सजाय तोकिएको छ। कोपबहादुर थापाले १ लाख ५० हजार रुपैयाँ तथा नारद कुमालले १५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार तीनै जना प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनअन्तर्गत कुल ५ करोड ९४ लाख ३ हजार ८ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई कैद भुक्तान तथा जरिवाना असुलउपरका लागि २०८३ भदौ ६ गते जिल्ला अदालत पाल्पामा पेस गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट फैसला भइसके पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई पाल्पा प्रहरीले निरन्तरता दिँदै आएको छ। यस क्रममा विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाउने कार्य हुँदै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय