latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, असोज १९

तिनाउ नदीको मुहान क्षेत्रमा १५ हजार माछाका भुरा छाडिएको छ । तिनाउ नदिको मुहान क्षेत्र पाल्पाको माडी अम्लिहान र झम्सा क्षेत्रमा गरि १५ हजार राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएको हो । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित गराउने उद्धेश्यले तिनाउ नदीको मुहान क्षेत्रमा माछामा भुरा छाडिएको हो ।
मानव अतिक्रमणमा परेर जलचर विनास हुँदै गएको सन्दर्भमा तिनाउ नदीमा माछाका भुरा छाड्दा त्यसले पारिस्थितिक प्रणाली जोगाउन मद्दत पुग्ने छ ।

तिनाउ नदीमा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग पु¥याएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताउनुभयो । छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने र त्यसले प्रजनन् प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।

पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा माछाका भुरा छाडिएको हो । तिनाउ नदीमा छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, निती र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको सभापति ठाकुर गैरे, जिल्ला समयन्य समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय