latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, असोज १९

तिनाउ नदीको मुहान क्षेत्रमा १५ हजार माछाका भुरा छाडिएको छ । तिनाउ नदिको मुहान क्षेत्र पाल्पाको माडी अम्लिहान र झम्सा क्षेत्रमा गरि १५ हजार राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएको हो । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित गराउने उद्धेश्यले तिनाउ नदीको मुहान क्षेत्रमा माछामा भुरा छाडिएको हो ।
मानव अतिक्रमणमा परेर जलचर विनास हुँदै गएको सन्दर्भमा तिनाउ नदीमा माछाका भुरा छाड्दा त्यसले पारिस्थितिक प्रणाली जोगाउन मद्दत पुग्ने छ ।

तिनाउ नदीमा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग पु¥याएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताउनुभयो । छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने र त्यसले प्रजनन् प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।

पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा माछाका भुरा छाडिएको हो । तिनाउ नदीमा छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, निती र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको सभापति ठाकुर गैरे, जिल्ला समयन्य समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय