latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, २ भाद्र

बिहिबार बगनासकाली गाउँपालिका सभाहलमा कृषि औजारलाई बढावा दिइएको अनौठो दृश्य देखियो । परम्परागत रूपमा प्रयोग हुँदै आएको बगनासे साँचोलाई औपचारिक रूपमा सार्वजनिक गरी सहभागी सवै पाहुनालाई साँचो नै कोसेली दिएर पठाइयो । बगनासकाली गाउँपालिकामा रहेको दलित समन्वय समितिले यो सवै कामको चाँजोपाँजो मिलाएको हो ।

सोही अवसरमा बोल्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले परम्परागत रुपमा प्रयोग हुँदै आएको साँचोको थप प्रचार, प्रयोगसँगै गाउँपालिकाको पहिचान बढाउन पालिकाभित्रका सवै कार्यालयमा बगनासे साँचोको प्रयोग गर्ने तयारीमा रहेको बताउनुभयो । ‘स्थानीय तहमा सीप जानेकोलाई आर्थिक उपार्जन हुने, गाउँपालिकाको पहिचान बढ्ने भएकोले साँचोको बजार व्यवस्थापनका लागि सघाउने छौं,‘चिदीले भन्नुभयो, ‘निर्माण कर्ता वृद्धि गर्ने र प्रयोग कर्ता बढाउन पालिकाले सम्झनाको चिनो स्वरूप पाहुनालाई कोसेलीमा बगनासे साँचो दिनेगरी कार्यक्रम अगाडि बढाएका छौं ।’ उहाँले बनेको साँचो सहिरूपमा प्रयोग गर्न र प्रचारप्रसारमा सकरात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

गाउँपालिस्तरीय दलित समन्वय समितका अध्यक्ष तेजप्रसाद रसालीले २ लाख बजेटबाट २२२ प्रति साँचो निर्माण गरिएको जानकारी दिनुभयो । प्रतिसाँचो ८५० का दरले विश्वकर्मा कृषि औजार तथा मेटल उद्योगबाट साँचो निर्माण गरी समन्वय समितिमार्फत प्रचार प्रसार गरिएको रसालीले बताउनुभयो । गाउँपालिकालाई साँचोबाट पहिचान दिनेगरी पालिकामा आउने मुख्य पाहुनाहरूलाई मायाको चिनोमा साँचो प्रदान गरिने उहाँले बताउनुभयो ।
बगनासकाली गाउँपालिका वडा नं. १ चिलाङ्दी चोकनेर विश्वकर्मा कृषि औजार तथा मेटल उद्योग दर्ता गरी उहाँका दाजु र बासहित ३ जनाले बगनासे साँचोमा सम्भावना देख्नुभएको छ । कृषि उद्योगका सञ्चालक खुम बहादुर विश्वकर्माका छोरा भोजराज विश्वकर्माले आफ्ना बुवाले सुरु गरेको पेसालाई निरन्तरता दिन आफूहरू दुइ छोरा सक्षम भएको बताउनुभयो । ‘हामी विदेश कतै नगई बा, छोरा तीनै जना यसैमा सम्भावना खोज्दैछौं ।’ भोजराजले भन्नुभयो, ‘सीप सिकेकाले उत्पादनमा समस्या छैन, बरु पालिकाले बजार व्यवस्थापनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ ।’ बगनासे साँचो लामो समयसम्म टिकाउ हुने, खोलेर बनाउन मिल्ने र सम्पत्ती सुरक्षा गर्ने बलियो साँचो भएकोले यसले बजार पाउनेमा आफूहरू आसावादी भएको उहाँको भनाई छ । बगनासे साँचो सुरुसुरुमा चापीं भित्रको स्प्रिङ्गले गर्दा केही कसिलो भएपनि प्रयोग गर्दै जाँदा सजिलो र खिया कम लागि बलियो हुँदै जाने मेटल उद्योगका सञ्चालक विकले बताउनुभयो ।
कार्यक्रममा पत्रकार मिलन वि.क, समन्वय समितिका प्रतिनिधि सी.ता. विक लगायतले बगनासे साँचोको पहिलेदेखि नै चर्चा भएपनि गाउँपालिकाले औपचारिक कार्यक्रमसहित प्रचारप्रसार गर्नुले पालिकाको पहिचान बढ्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता र सहायक महिला विकास निरीक्षक धन कुमारी रानाको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न विषयगत शाखाप्रमुखलाई मायाको चिनोस्वरुप बगनासे साँचो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय