latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाल प्रेस युनियन पाल्पाले  नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा ताला लगाएको छ । केन्द्रीय कार्यक्रम अनुसार पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति राख्दै युनियनले महासंघमा ताला लगाएको हो ।

महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको भन्दै केन्द्रीय निर्देशन अनुसार नै महासंघमा ताला लगाइएको युनियनका अध्यक्ष मन गहिरेले बताईन् । उनले भनिन् ‘विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति हाम्रो आपत्ति हो ।’ महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो लगाएर मात्र निर्वाचनमा जानुपर्ने अध्यक्ष गहिरेको भनाई छ । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल नेतृत्वमा पुगेकाे टाेलीले ताला लगाएकाे हाे ।

पाल्पा सहित देशभरका महासंघको कार्यालयमा युनियनले ताला लगाएको हाे । महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघ पाल्पाले निर्वाचन समिति समेत चयन गरेर प्रक्रिया अगाडि बढाएको छ । युनियनको आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय