सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ पुस

संस्थागतविद्यालयको तुलनामा सामुदायिकविद्यालयकमजोर छन् भन्ने आमनागरिकको बुझाईमा छ । आफ्ना सन्ततीलाई राम्रो शिक्षादिन संस्थागतविद्यालयमा नै पढाउनुपर्छ भन्ने धारणा यतीबेला सामुदायिकविद्यालयले मेटाइदिएको छ ।
समयानुकुलप्रविधिको प्रयोगमा सामुदायिकविद्यालयले जोड दिनथालेपछि विद्यार्थीको संख्या बढ्दो छ । सामुदायिकविद्यालयले प्रविधिमाविद्यार्थीलाई अब्बलबनाउन सुबिधा सम्पन्नप्रयोगशालातयार पारेर कम्प्युटर शिक्षालाई व्यवस्थितबनाउँदै लगेका छन् ।शैक्षिकप्रयोजनकालागिव्यवस्थितप्रयोगशालातयार पारेर साना र ठुला कक्षाकाविद्यार्थीलाई फरक–फरक कोठामा कम्प्युटर सिक्ने व्यवस्था गराइएको प्रधानाध्यापकबालकृष्ण लम्साल बताउनुहुन्छ ।
“तल्लाकक्षा र माथिल्लाकक्षाकाविद्यार्थीलाई छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्थागरिएको छ, विषयशिक्षकले पाठ अनुसार सम्बन्धितविषयवस्तुको बारेमाप्रयोगशालामाविद्यार्थी लगेर शिक्षण कार्य गराउनुहुन्छ, कम्प्युटर सिक्ने भनेपछि विद्यार्थी धेरै उत्सुक हुनेगर्दछन्” प्रअलम्सालले भन्नुभयो ।
धेरै समय अघिदेखि नै यस विद्यालयमा कम्प्युटर कक्षाहुने गरेको थियो भने दुईवर्ष देखि व्यवस्थित रुपमा कम्प्युटर प्रयोगशाला सञ्चालनमाल्याइएको छ । यहाँको कम्प्युटर प्रयोगशालानमुनाखालको छ । कम्प्युटर प्रयोगशालालाई व्यवस्थित बनाएपछि विभिन्न स्थानबाट अवलोकनगर्न आउने क्रम बढ्दै गएको छ । कक्षा ६ देखि माथिकाविद्यार्थीलाई एकै कोठामा ३० वटा कम्प्युटरको व्यवस्था छ । सानाकक्षामाअध्ययनरत विद्यार्थीकालागि छुट्टै कोठामा १५ वटा कम्प्युटर सिकाईकालागिव्यवस्थागरिएको छ ।इभेण्ट परियोजनाको सहयोगमा रु ३२ लाख बराबरको लागतमाव्यवस्थित कम्प्युटर प्रयोगशालाप्रयोगमाल्याइएको विद्यालयले जनाएको छ ।
कम्प्युटर शिक्षालाई व्यवस्थितबनाउनथालेपछि शिक्षण कार्यमाविद्यार्थीको रुची बढेको गंगामाध्यमिकविद्यालयकाप्रधानाध्यापक देवराज देवकोटाले बताउनुभयो । यस विद्यालयमा एकै पटकमा २० जनाविद्यार्थीले बसेर कम्प्युटर सिक्ने व्यवस्था छ । कम्प्युटरकाअलवा शिक्षण कार्यसंग सम्बन्धितअन्यप्रविधि, पुस्तकालय, शैक्षिक सामग्रीलगायतको प्रयाप्त सुबिधाविद्यालयले दिइरहेको छ ।
यहाँकासामुदायिकविद्यालयहरु प्रविधिको प्रयोगमा संस्थागतविद्यालयको तुलनामाअग्रपंक्तिमा रहेको रामपुर नगरपालिकाकाशिक्षाअधिकृत विकलकाफ्लेले जानकारी दिनुभयो । तल्लाकक्षादेखि नै विद्यार्थीलाई कम्प्युटर सम्बन्धीसिकाईमाजोड, अतिरिक्तक्रियाकलाप, आधुनिक शैक्षिक सामग्रीलगायतमा सामुदायिकविद्यालयको अग्रसरता रहेको उहाँको भनाई छ ।
सामुदायिकविद्यालयभनेपछि पढाई राम्रो हुदैन भन्ने नकारात्मक दृष्टिकोण अहिले अभिभावकमा हट्दै गएको पाइएको छ । निजिविद्यालयमा सरह नै प्रयाप्त शैक्षिक सामग्री, प्रविधिमैत्रीशिक्षादिनथालेपछि अभिभावककोसामुदायिकविद्यालय रोजाईमा परेका छन् ।यहाँका रामतुलसी, गंगा, दरैठाँटी, जनविकास लगायतकाविद्यालयमावितहमा शैक्षिक क्षेत्रमाअब्बल मानिन्छन् । यीविद्यालयको अनुशरण गर्दै अन्यविद्यालयले शैक्षिकतथाभौतिक क्षेत्रमा सुधार गर्दै गएका छन् ।
विद्यालयमा नै व्यवस्थित कम्प्युटर सिक्ने सुबिधा भएपछि बाहिर इन्सिच्युटहरुमा आधारभुतसिकाईकालागिजानु परेको छैन । विद्यालयले समयानुकुलप्रविधियुक्तशिक्षाप्रदानगर्न छुट्टै कम्प्युटर शिक्षकको व्यवस्था गरी पठनपाठनको व्यवस्थामिलाएको छ । समय समयमासिकाईस्तर बृद्धि गर्न शिक्षकलाई विभिन्नतालिम, गोष्ठीको आयोजना, शैक्षिक गुणस्तर उकास्नअभिभावक, सरोकारवालासंग सुझाव सङ्कलनकार्य भइरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय