latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, कार्तिक २६
हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार घरआँगनमा भित्रिसकेको छ । तिहारलाई फूलै फूलको पर्वको रुपमा समेत लिईने गरिन्छ । फूलले सुगन्ध दिन्छ । सुगन्धले बिभिन्न रोग निकोहुनुको साथै शरिरलाई स्फूर्ती राख्न समेत मद्धत गर्छ । यही बहुगुणी फूलको प्रयोग तिहारमा मालाको रुपमा लगाउने र पुजा गर्ने चलन छ । तर आजभोली सस्तो र छिटोको नाममा प्राकृतीक फूलको प्रयोग गर्नुको साटो प्लाष्टिकको माला प्रयोग गर्ने क्रम बढेको छ ।
पाल्पाको सदरमुकाम तानसेन, रामपुर, छहरा, हार्थोक लगायतका बजारमा प्लाष्टिक मालाले बजार भरिभराउ छन् । प्लाष्टिक मालाको प्रयोगले स्थानीय स्तरमा उत्पादन हुने फूललाइ बिस्थापित गर्दा ठूलो धनराशी बाहिरीएको छ । भने किसानको फूलले बजारमूल्य पाउन सकेको छैन ।
गाउँमा तिहारलाई नै लक्षित गरेर सयपत्री, मखमली, गोदावरी जस्ता फुल लगाउने चलन थियो । सहरमा बस्नेले ग्रामीण क्षेत्रबाट डोकाभरी लगेको फुलको माला गाँस्ने चलन थियो । तर अहिले सजिलोको नाममा प्राकृतीक फूललाई प्लाष्टिक मालाले बिस्थापित गर्न लागेकोमा फूल किसान हरि पौडेल दुखेसो गर्नुहुन्छ ।
कृत्रिम तथा आयातित मालाले सदरमुकाम तानसेन, रामपुरदेखि ग्रामीण बस्तीका बजारलाई समेत ढपक्कै ढाकेको स्थानीय व्यापारीहरु बताउँछन् । प्राकृतिक फुलका मालाका तुलनामा यस्ता आयातित फुलका माला देख्दा र हेर्दा आकर्षित र कम मूल्यमा पाइने हुँदा बिक्रेताको नै आकर्षण बढेको व्यवसायी बताउँछन् ।
तानसेन नगर सरकारका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा थापा भने यस्ता प्लाष्टिक तथा कृत्रिम आयातित माला बिक्रीका लागि नगर सरकारले रोक लगाएको बताउनुभयो । यस विषयमा नगर प्रहरीले सार्वजनिक सूचना नै प्रसारण गरेर सबै व्यापारीलाई सचेत गराएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय