पाल्पा, जेठ ५

तानसेन नगरपालिकाले एक वर्षका उपलब्धी सार्वजनिक गरेको छ । दोस्रो स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा आएको नेतृत्वले एक एक वर्षमा गरेका कामलाई समेटेर वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेकाे हाे ।

तानसेनका नगरप्रमुख सन्ताेषलाल श्रेष्ठले सार्वजनिक गर्नुभएकाे प्रगति विवरण यसप्रकार रहेका छन्ः 

(१) पाल्पा दरबार परिसरका घरटहरा भत्काउने र हटाउने कार्य सम्पन्न भएको छ । पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्ने योजना सहित ५७ वटा घरटहरा हटाइएको हो । तानसेन नगरपालिकाले निर्माण गरेका १३ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३ वटा, रेडक्रस सोसाइटी पाल्पा शाखाका ३ वटा, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३ वटा र वि.सं. १९९८ देखि वि.सं. २०३४ सम्ममा विभिन्न समयमा निर्माण गरेका २४ वटा घरटहरा हटाइएको हो । यस क्षेत्रमा रहेका घरटहराबाट उठ्न बाँकी भाडा नियमानुसार अशुल उपर गर्ने क्रममा रहेको छ । यस क्षेत्रको व्यवस्थापनका लागि बजेट विनियोजन गरी टेन्डर अगाडी बढाईएको छ ।
(२)  तानसेन नगरपालिका भित्रका १४ वटा विद्यालयमा समायोजन, एकीकरण, कक्षा कटौती र दरवन्दी मिलान गरिएको छ । विद्यार्थीको संख्या कम भएका विद्यालयहरुको कक्षा कटौती, समायोजन र एकीकरणले विद्यालयहरुमा राज्यको धेरै ठूलो लगानी बचत भएको छ । कमजोर भौतिक पूर्वाधार र न्यून शैक्षिक उपलब्धीका बीचबाट सेवा दिइरहेका विद्यालयलाई गाभेर सुविधा सम्पन्न र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्नेतर्फ नगरपालिकाको ध्यान गएको छ । आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने योजना रहेको छ । साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तानसेन नगरपालिका प्रथम भएको छ ।
(३) आन्तरिक आयमा वृद्धि हुने कार्यहरु गरिएको छ । श्रीनगर र रानीमहल क्षेत्रमा आफ्नै कर्मचारीहरु खटनपटन कार्य गरेर व्यवस्थापकीय क्रियाकलापहरु गर्दा वैशाख मसान्त सम्ममा श्रीनगर क्षेत्रबाट रु २७,७३,४३८।– र रानीमहल क्षेत्रबाट रु ४७१३०००।– गरि जम्मा रु ७४,८६,४३८।– राजस्व संकलन भएको छ ।  साथै तानसेन १४ मा नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको ४ हजार ७ सय ५२ ट्रयाक्टर घाटगद्दी गरेको कार्यलाई नियन्त्रणमा लिई सो वापतको जम्मा रकम रु ४२,४६,३०४।– असुलउपर गरिएको छ र उक्त क्षेत्र तानसेन नगरपालिकाको प्रत्यक्ष निगरानीमा रहेको छ । यस अवधिमा जम्मा ४ करोड ९२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
(४) रानीमहल दरबारलाई ब्रान्डिङ गर्न प्रेम दिवसका अवसरमा रानीमहलमा पुग्ने जोडीलाई तानसेन नगरपालिकाले सम्मान सहित प्रेमको प्रतीकका रुपमा रहेको रानीमहलको प्रचारात्मक, प्रवद्र्धनात्मक तथा संरक्षणात्मक कार्य गरिएको छ । रानीमहललाई रङरोगन सहित कर्मचारी व्यवस्थापन गरि संरक्षणमा ध्यान दिइएको छ ।
(५) समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन तथा सहकारी संस्थाहरुलाई विधि र पद्दती अनुसार सञ्चालन गर्न सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकलाई नियमन तथा व्यवस्थापन तालिम प्रदान गरिएको छ । सहकारी नियमन, प्रवद्र्धन र व्यवस्थापनमा स्थानीय सरकार र सहकारीको भूमिकाबारे सहजीकरण गरिएको छ । आर्थिक वर्षको पूर्वाद्र्धमा नगर क्षेत्रका सहकारी संस्थाहरुलाई ऋइएइःक्ष्क् तालिम प्रदान गरी कर प्रणालीमा आवद्धतामा सहयोग पु¥याएको छ ।
(६) वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीय जनसमुदायलाई सहजरुपमा सेवा प्रदान गर्न वडा कार्यालयका भवनहरु निर्माण गर्ने क्रममा वडा नं. ११ को कार्यालय भवन ११ महिना मै निर्माण सम्पन्न गरि नयाँ भवनबाट कार्यहरु सुरु गरिएको छ । वडा नं. ९ को कार्यालय व्यवस्थापन भएको छ र वडा नं. १ मा वडा कार्यालय भवन निर्माणको क्रममा रहेको छ ।
(७) सडक खाना महोत्सवमा सहयोग गरिएको छ । तानसेन नगरपालिका वडा नं ६ भिमसेन टोलमा रहेको बिरेन्द्र फुलवारी पुनः निर्माण, संरक्षण तथा संचालनको लागि तानसेन नगरपालिका र पाल्पा उद्योग बाणिज्य संघबीच सम्झौता भई कार्यप्रक्रिया अगाडी बढेको छ ।
(८) तानसेन नगरपालिका वहालविटौरी करको कानून पास गरेको छ । यस अवधिमा १ लाख ६७ हजार १ सय ७१ रुपैयाँ वहाल बिटौरीकर संकलन भएको छ । श्रीनगर क्षेत्रमा रहेको खानेपानी अभावलाई पुरा गर्न १० लाख रुपैयाँको लागतमा पम्पहरुको व्यवस्थापन गरि खानेपानी नियमित गरिएको छ ।
(९) यस अवधिमा तानसेन नगरपालिकाको २ नगरसभा र १७ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ ।
(१०) स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद व्यवस्थापन, विद्यायन, सार्वजनिक सेवा तथा क्षमता विकास र लेखा अनुगमन, राजस्व परामर्श लगायतका समितिहरु गठन तथा लेखा व्यवस्थापन, ससर्त, समपुरक, विशेष अनुदान, निकासा र खर्च प्रतिवेदन, बजेट तथा कार्यक्रम र सामाजिक सुरक्षा व्यवस्थापनका लागि विभिन्न तालिमहरु सञ्चालन गरिएका छन् ।
(११) यस अवधिमा नगरपालिकाको कार्य सम्पादन गर्नका लागि विभिन्न ऐन, नियम र कार्यविधिमा उल्लेख भए अनुसार सल्लाहकार समिति, न्यायिक समिति, नगर शिक्षा समिति लगायत समिति तथा उपसमितिहरु गठन गरिएका छन् । न्यायिक समितिमा १७ वटा मुद्दा दर्ता भएकोमा अदालतमा ५ वटा, मिलापत्र ५ वटा, तामेलीमा २ वटा, मेलमिलापकर्ताहरुबाट मिलापत्र २ वटा र छलफल हुन बाँकी ३ वटा मुद्दाहरु रहेका छन् ।
(१२) यस आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा तानसेन नगरको विकास कार्यलाई अगाडी बढाउने र केहि थप सामाजिक सुरक्षाका कार्यक्रमहरु अगाडी सारिएको छ । जसअन्तर्गतः
क. ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराइएको छ।
ख. न्यूनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको विद्युत शुल्क नगरपालिकाबाट भुक्तानी गराएको छ ।
ग. समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
घ. समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदाय र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिका मार्फत् भुक्तानी गरिँदै आएको छ ।
ङ. गत आ.व.को नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई  निरन्तरता दिइएको छ ।
(१३) नगरलाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल वा समूह बनाई ५० बाख्रा, २५ पाडा, ३० बंगुरपालक कृषकहरुलाई प्रतिकृषक अधिकतम रु २ लाखसम्म अनुदान सम्झौताको व्यवस्था गरिएको छ । दूग्ध उत्पादनमा वृद्घि र उत्पादित भएको दूधको बजारीकरण गर्नका लागि किसानलई प्रोत्साहन स्वरुप प्रतिलिटर रु २।–दूधमा अनुदान दिने व्यवस्था कार्यान्वयनमा लगिएको छ ।
(१४) तानसेन लगायत लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका १५ वटा पालिका क्षेत्रमा आर्थिक, सामाजिक, साँस्कृतिक विकास स्तर अभिवृद्घि गर्न ल्याइएको ‘सिद्घार्थ आर्थिक करिडोर’ विकास लक्ष्य हासिल गर्न ६ बुँदे घोषण पत्र जारी गरिएको छ ।
(१५) आ.व. २०७९÷०८० मा भौतिक पूर्वाधार अन्तर्गत विभिन्न योजनाहरुको बोलपत्र आह्वान गरिएका छन् । जसअनुसार  अमरनारायण मन्दिरको जिर्णोद्घार, वडा नं. ६ को जैसीचौपारी–कारागार सडक स्तरोन्नती, तानसेन नगरपालिकाको मूलभवनको मिनिहल तथा चमेना गृह निर्माण र वडा नंं. १२ को बौघागुम्हा–छेर्लुङ्ग जाने पक्की बाटो निर्माण कार्य अगाडी बढेको छ ।
(१६) तानसेन नगरपालिकाको सेवा प्रवाहलाई सरल र सहज बनाउन प्रत्येक वडामा एक जना प्राविधिक, प्रशासनिक लगायत अरु थप २ जना सहायक तथा सहयोगी कर्मचारीहरु रहने गरी वडा कार्यालयको प्रशासनिक ढाँचालाई पुर्नसंरचना गरिएको छ ।
(१७) तानसेनमा रहेका छाडा पशुहरुको उद्घार गरी तिनीहरुलाई तानसेन नगरपालिका १४ कुसेनीमा रहेको रुरु गौँ सेवा आश्रममा व्यवस्थापन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र र कृषि शाखा मार्फत् विभिन्न स्थानमा लम्पी स्किन डिजिजबाट प्रभावित पशुहरुको स्वास्थ्य परीक्षण तथा उपचारात्मक सेवाहरु प्रदान गरिएको ।
(१८) तानसेन नगरपालिका १४ वटा वडामा ४८५ वटा योजनाहरु सञ्चालन गरिएका छन् । योजनाहरुका उपकरण सहित अनुगमनको कार्यलाई निरन्तरता दिईएको छ । मुख्य योजनाहरुमध्ये नारायणस्थान देखी टुँडिखेलसम्मको ढलको व्यवस्थापन भैरहेको छ । चण्डीभञ्याङ राजुवास सडक मर्मत सम्पन्न भएको छ । शारदा मा.वि.देखी डीलबहादुर मार्ग मर्मत गरिएको छ । टक्सार वनदेवी बतासे ढुङ्गाखानी सडक स्तरोन्नती कार्य भैरहेको छ । भौतिक पूर्वाधार तर्फ अमर नारायण मन्दिर पुनर्निर्माण भएको छ । करुवाटोल–जैसिचौपारी सडक स्तरोन्नती, बौघागुम्हा–छेर्लुङ सडक, लक्ष्मी मावि बसपार्क सडक, दमकडा मावि भवन निर्माण, पोलधारा–आँपटारी–ओमपार्क सडक, नगरपालिका मिनिहल निर्माण लगायतका कार्यहरु सम्पन्न हुने क्रममा रहेको छ । साथै १४ वटै वडाहरुको शहरी सडक गुरुयोजना ःगलष्अष्उबष्तिथ त्चबलकउयचत ःबकतभच एबिल ९ःत्ःए० कार्यक्रमलाई अगाडी बढाईएको छ ।
(१९) तानसेन नगर क्षेत्रभित्र रहेका जोखिमपूर्ण जीर्ण रुखहरुका हाँगाहरु कटान गरि व्यवस्थापन गरिएको छ । साथैै सडक मानवहरुको व्यवस्थापन गर्ने कार्य प्रारम्भ गरिएको छ । यसको दीगो व्यवस्थापकीय कार्यका लागि सरोकारवाला संस्थासँगको छलफल तथा कार्यान्वयन अगाडी बढेको छ ।
(२०) तानसेन वडा नं. ३ मा थोक कृषि बजार क्षेत्र व्यवस्थापन गरिएको छ । हेफर र युएनडिपिको सहयोगमा कृषि हाटबजारका लागि ग्रेडिङ मेशिन खरीद भएको छ । विगतमा टेन्डर भएकोमा टुँडिखेलको व्यवस्थापन सम्पन्न भई खेलकूद क्रियाकलापहरु सञ्चालन हुने क्रममा रहेको छ ।
(२१) लघु प्रकृतिका खानेपानीहरुलाई प्रदान गरिने अनुदान कार्यका लागि २२ वटा ग्रामीण खानेपानीहरुको निवेदन संकलन भएकोमा मूल्याङ्कन गर्ने क्रममा रहेको छ ।
(२२) तानसेन नगरपालिकामा सर्दै आएको बेरुजु यस वर्ष १५ करोड ३० लाख ९ हजार ८७ रुपैयाँ महालेखा परिक्षकको कार्यालयबाट फछ्र्यौट गरिएको छ । आव २०७८।०७९ मा ७ करोड १६ लाख ५९ हजार १ सय ३५ रुपैयाँ बेरुजु देखाएकोमा सम्बन्धित संस्था तथा व्यक्तिमा ताकेता तथा असुल उपरको क्रम अगाडी बढाई २२ लाख ४५ हजार ८ सय ८४ रुपैयाँ सम्परिक्षणको रकमका भौचरहरु प्राप्त गरिएको छ ।
(२३) औद्योगिक ग्राम स्थापनको कार्यका लागि उद्योग मन्त्रालयबाट थप ८० लाख बजेट निकासा सुनिश्चितता भएको छ ।
(२४) विश्व बैंकको सहयोगमा ६१ करोडको डिपिआर तयार गरिएको छ । तानसेनको पुरानो बसपार्कमा मल्टिलियर कार पार्कीङ्ग र तानपा ५ स्थीत कैलाश नगरमा आठ सय क्षमताको सिटी हलको डिपिआरको काम सुरु गरिएको छ ।  साथै वनदेवीमा बसपार्क निर्माणको लागि बोलपत्र आह्वान गरि सम्झौता गरी सो कार्यको लागि २५ करोड ५० लाख बजेट समेत विनियोजन गरिएको छ । बगाले खेल मैदानको लागि बोलपत्र आह्वान गरिएको छ ।
(२५) तानसेनमा जनसंख्याको चाप वृद्घि गर्न र बसाईंसराईं रोक्नका लागि घर निर्माण सम्पन्न र बाटोको मापदण्ड सम्बन्धी नीतिहरुमा हेरफेर गरी थोरै क्षेत्रफल भएका जग्गाधनीहरुले पनि निर्माण कार्य गर्न पाउने गरी निर्णय प्रक्रिया अगाडी बडाइएको र अभिलेखिकरण गर्ने व्यवस्था मिलाईएको छ । घरहरुको अभिलेखिकरण गरि सो वापत ५२ लाख राजस्व संकलन गरिएको छ । भूमिहीनलाई जग्गा प्रदान गर्ने र अव्यववस्थित बसोबासीलाई व्यवस्थित गराउने कार्य प्राथमिकताका साथ अगाडी बढाईएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरुले तानसेनको पर्यटन विकास, फोहोर व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, एतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरुको संरक्षण र प्रयोग, पूर्वाधार विकास, कर्मचारी परिचालन र सहि व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक सुधारलगायतका विषयमा देखिने काम गर्नुपर्ने बताए । पत्रकारहरुले राजश्व उठाउने विषयमा मात्र केन्द्रीत नभएर नगरवासीको जीवनस्तर उठाउने गरी काम गर्न सुझाएका थिए ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्राप्त सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा काम गर्ने बताउनुभयाे। उहाँले कर्मचारीको क्षमता विकास, खर्च कटौंतीसंगै राजश्व संकलनमा जोड दिएको र करको दायरा फराकिलो बनाउदै व्यवस्थित सहर बनाउन आवश्यक कार्य गरिएको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय