शुक्रबार , बैसाख १४, २०८१

२०८० वैशाख १४ गतेदेखि २४ गतेसम्म पाल्पा व्यापार महोत्सव २०८० हुने भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाख १४ गतेदेखी २४ गतेसम्म महोत्सव हुने भएको हो ।

तानसेनको बाँसटारीमा हुन लागेको महोत्सव मूल आयोजक समितिका संयोजक सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । जिल्लाको आन्तरिक उत्पादन कृषिजन्य बस्तु, करुवा, ढाका, दुग्धजन्य बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले बताए ।

महाेत्सवमा पाल्पाको लोपोन्मुख कला संस्कृतिको संरक्षण, कोरोना तथा अन्य कारणले ठप्पजस्तै रहेको व्यापार व्यवसायमा चहलपहल ल्याउन पनि महोत्सवले सहयोग गर्ने प्रचारप्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । विगतभन्दा फरक स्थानमा मेला गर्न लागिएकाले यसबाट ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएकाे बताइएकाे छ ।

मेलाबाट नाफा भएको रकम जिल्लाको पर्यटन विकास गर्न र सङ्घको गोर्खेकोटमा बनेको भवन निर्माणका लागि खर्च हुने याेजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय