सुशीला रेग्मी

रामपुर (पाल्पा) । नेवा देय दबुु रामपुर नगरपालिका पाल्पाको आयोजनामा नयाँ वर्ष २०८१ सालको शुुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा संस्थाका सल्लाहकार राजुप्रसाद श्रेष्ठले संस्थाले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरेका छन् ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा संस्थाका सल्लाहकार श्रेष्ठले संस्थाले नयाँ वर्षको अवसर पारेर गरेको यस कार्यक्रमप्रती धन्यवाद दिदै आफ्नो हैसियत भन्दा माथि खर्च नगर्ने, हाम्रो उद्धेश्य संस्कृती, धर्म र परम्परालाई जगेर्ना गर्न सबै लाग्नुपर्ने बताए ।

“हामीले २०८० साललाई विदाई गर्दै नयाँ वर्ष २०८१ साललाई स्वागत गर्दैछौँ, नयाँ वर्षको उमङ्गले सबै नेपाली नागरिकमा उत्साह, जोँश जाँगर र सिर्जनशीलताको थप विकास हुनेछ” प्रदेश सभा सदस्य श्रेष्ठले भने,–“नयाँ वर्षले नेपालीमा नयाँ सोँच, नयाँ भावना विकास गरोस्, सबैमा शुुभकामना व्यक्त गर्दछुु” ।

प्रदेश सभा सदस्य श्रेष्ठले बिगतका वर्षलाई समिक्षा गर्दै अधुरा कामहरु नयाँ वर्षमा पुरा हुन्, नयाँ वर्षले सबै नेपालीमा भाइचारा, एकताको सम्बन्ध प्रगाढ बन्दै जाने भन्दै नयाँ वर्ष २०८१ सालको सबैमा हार्दिक मंगलमय शुुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले नयाँ वर्षमा सबै नेपालीका लागि नयाँ कार्य, नयाँ सोँच जाँगर बढेर आओस् भन्दै २०८१ सालको अवसरमा शुुभकामना व्यक्त गरिन् ।

संस्थाका बरिष्ठ उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद सीता प्रधानले, कार्यक्रमको सञ्चालन संस्थाका बरिष्ठ सदस्य लेखप्रसाद श्रेष्ठले गरेका हुन् । रामपुर बेझाडको न्यु श्रीनगरको सभाहलमा भएको कार्यक्रममा सहभागीले पालैपालो एक आपसमा नयाँ वर्ष २०८१ को अवसरमा शुुभकामना व्यक्त गरेका छन् ।

भित्तेपात्रो प्रकाशनबारे रामपुर नगरपालिका वडा नं ७ का नेवा दय देवुका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिएका हुन् । यस संस्थाले आफ्नो संस्कृति, रितिरिवाज र परम्परा संरक्षण गर्दै बेला–बेलामा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय