इन्सेकको स्वास्थ्य, शिक्षा र खाद्य अधिकार बहस

भगवान भण्डारी
पाल्पा, बैशाख ३०
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाल्पा जिल्लामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय बहस संवादबैठक बैशाख २९ गते तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा इन्सेकले कार्यक्रम संचालन गरेको साविकका चापपानी र खानीगाउँ गाविसमा मानवअधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्बन्धी समस्या र जिल्ला स्तरीय समस्याबारे छलफल र समाधानका उपाय बिषयमा छलफल गरिएको थियो ।
बैठकमा सहभागीहरुले सेवाप्रदायक निकायहरु शिक्षा कार्यालय, पशु सेवा कार्यालय, कृषि बिकास कार्यालय र स्वास्थ्य कार्यालयको सेवाप्रवाह र गुनासा राखेका थिए ।
जिल्ला अस्पताल पाल्पाका डा. पुष्पराज ज्ञवाली, जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदी, जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी डा. उत्तम आचार्य, कृषि बिकास कार्यालयका सूचना अधिकारी इश्मुल्लाह खाँ ले सहभागीहरुले राखेका जिज्ञाशाको जवाफ दिएका थिए ।
सो अवसरमा बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार मुक्तिप्रसाद न्यौपाने, मानवअधिकारकर्मी शालिकराम पाण्डे, गैसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले सेवाप्रदायक निकायको सेवाप्रवाहको अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सेवाप्रदायक कार्यालयका प्रमुख, पत्रकार, मानवअधिकारकर्मी, मानवअधिकार निगरानी समूहका पदाधिकारी, सदस्य, युवा समूहका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SHARE