पाल्पा, कात्तिक ६ ।
पाल्पा उद्योग बाणिज्य संघले यसवर्ष पनि पाल्पा महोत्सव आयोजना गर्ने भएको छ । संघले आउँदो फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव गर्ने भएको संघका उपाध्यक्ष शैलेन्द्र भटराईले जानकारी दिए । विगतका वर्षहरुमा जस्तै तानसेनको टुँडिखेल मैदानमा महोत्सव संचालन हुनेछ । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र शम्भावना छ अपार’ भन्ने मूल नाराका साथ संघले विगतदेखी महोत्सव गर्दै आएको छ । यसवर्ष हुने महोत्सव १२ औं संस्करणको महोत्सव हो ।