शुक्रबार , बैसाख १४, २०८१

पाल्पा, फागुन ७

माथागढी गाउँपालिका वडा नं. ३ सराईमा ४२ औं मगर एकता दिवस विविध कार्यक्रम गरि मनाईने भएको छ । नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरि दिवस मनाईने जानकारी दिएको हो ।

दिवस आयोजना गर्न माथागढी गाउँपालिकाकाे चार लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । “मगरात सभ्यता सहितको समृद्ध मगरसमाज निर्माण हाम्रो प्रतिवद्धता, ४२ औ स्थापना दिवसमा भाषिक–साँस्कृतिक विविधतावियको सद्भावपूर्ण ऐक्यवद्धता” भन्ने नाराका साथ मगर दिवस मनाउन लागिएको समितिका अध्यक्ष भेगराज थापा मगरले बताए । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।

मगर दिवसमा एकआपसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको उन्ननय तथा विकासका लागि मनाउन थालिएको माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले बताए । वडाध्यक्ष घर्तीमगरले मगर समुदायको विकृति हटाउन र राम्रा पक्षको सुधार गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानको रुपमा समेत दिवस मनाईन थालेको बताए ।

मगर दिवसको दिनलाई संघले सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आएको छ । फागुन १५ मा हुने मगर दिवस कार्यक्रममा माथागढी गाउँ पालिकाका ८ वटै बडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय, साँस्कृतिक, भेषभुषा, खानपिन सहित झाँकी रÞ्याली प्रदर्शनी सहित औपचारिक तथा साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय