शुक्रबार , बैसाख १४, २०८१

पाल्पा, माघ

पाल्पाकाे फेकमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका–८, फेकका ४२ वर्षीया श्यामकला गाहा र उनकै श्रीमान् ५३ वर्षीय अम्मरबहादुर गाहा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार श्रीमती श्यामकला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् । श्रीमान् अम्बरबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान टोली खटिएको थियो । दुबैको जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टम गरिएको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिका–२, देउराली डम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट घटनाको अनुसन्धान अघि बढाइएको छ ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय