नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पाल्पा आउने भएका छन् । मंसिर ३० गते नेपाली कांग्रेस पाल्पाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न देउवा सहित वरिष्ठ नेता शेखर कोइराला लगाएत महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तानसेन अाउने भएका हुन् ।

सम्मेलनको तयारी तीव्र पारिएको नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेले जानकारी दिनुभयाे ।  उहाका अनुसार काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो ।

  प्रवक्ता न्याैपाने भन्नुभयाे ‘जिल्लाका ८१ वटै वडा र १० वटै स्थानीय तहमा पार्टीको सम्मेलन अन्तिम चरणमा छ । त्यसैले मंसिर ३० गते जिल्ला सम्मेलन गर्न लागेका हौं ।’ सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले कामलाई तिव्रता दिएका छाै,न्याैपाने बताउनुभयो । सम्मेलनमा नीति तथा कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले,साङ्गठनिक प्रतिवेदन सचिव द्वय सन्तोष कुमार थापा मगर र सुनिता अधिकारीले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष माेहन प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलन सम्पन्न गर्न नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठकाे संयाेजकत्वमा ३ सय १ जना सदस्य रहने गरि जिल्ला कमिटि, प्रदेश, क्षेत्रीय समिति, गाउँपालिकाका सभापति, वडा सभापतिहरू सहितकाे मूल आयाेजक समिति निर्माण गरिएको प्रवक्ता न्याैपानेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय