झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् । एमाले र कांग्रेसका अध्यक्षका उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथा गरिएको थियो । गोलाप्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छन् ।

मतगणना गरेर सकिएपछि एमाले र कांग्रेसका उम्मेदवारको समान ८२७५ मत आएको थियो । समान मत आएपछि कसलाई विजयी घोषणा गर्ने भन्नेमा अन्योल सृजना भएको थियो ।

एमाले अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र काँग्रेसका हुकुमसिंह राईको मत बराबर भएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको थियो । पछि राजनीतिक दलबीच गोला प्रथाका लागि सहमति भएपछि  गोला प्रथा गरिएको हो ।