पूनः मतदानको माग गर्दै निवेदन

0

पाल्पा, असार १५

पूर्वखोला गाउँपालिका–३ मा पूनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन जाहेर भएको छ । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार किशोर पंगेनीले फर्जी मत खसालेको भन्दै पूनः मतदानको माग गरेका हुन् । उनले तानसेनमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै झण्डै एक सय ५० मत अन्य व्यक्तिहरुले खसालेको भन्दै पूनः मतदानको माग गरेका हुन् ।

नेपाली कांग्रेस पूर्वखोलाका संयोजक कृष्णप्रसाद शर्माले उद्धबुद्ध माविको क र ख केन्द्रमा फर्जी मतदाताहरुले मत खसालेको क्रम संख्या उल्लेख गर्दै निवेदन मुख्य निर्वाचन अधिकृतकोमा पेश गरेको बताए । उनले आफुहरुले मतपेटिका संकलन गर्ने क्रममा मुचुल्कामा समेत सहमति नगरेको जनाएका छन् ।

पाल्पाका मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले निर्वाचनका समयमा कुनै समस्या देखिए तत्कालै कारवाही हुने भएता पनि आफुले बिहिबारमात्र यस विषयमा जानकारी प्राप्त गरेको बताए । उनी भन्छन्, ‘तत्कालै कुनै प्रतिक्रिया कुनै पक्षबाट नभएको निर्वाचन अधिकृतले बताए । हामीहरुलाई यस विषयमा पूर्व जानकारी छैन । सुरक्षा व्यवस्था राम्रो थियो । अहिले केही भन्न सकिंदैन ।’

पूर्वखोलामा विवादका दुई जना घाईते समेत भएको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । यसै कारण बिहिबार दिउँसो २ बजेपछिमात्र पूर्वखोलाको अन्य वडाहरुको मतगणना सुरु भएको छ ।