latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा, महिला दिदिबहिनिहरुका लागि चप्पल बनाउने तालिम रामपुर पाल्पामा सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा नं. ९ मा ६ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको हो ।

रामपुर नगरपालिकाको आयोजनामा भएको तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हने बताउनु भएको छ । उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपको उच्चतम प्रयोग गरि व्यसायीक बन्न आग्रह गर्नुभयो । साथै उहाँले चप्पल उत्पादन गरे यसको बजारीकरण र प्रचार प्रसारमा नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले तालिम पश्चात  ज्ञान सिपको सदुपयोग गर्दै व्यक्तिगत वा सहकार्यको माध्यमबाट चप्पल उत्पादनको उद्यम शुरु गर्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा उद्यम विकास कार्यक्रम अनुगमन समितिका सदस्य माया देवि नेपालीले धेरै तालिम सञ्चालन गरे पनि व्यवहारमा कमैले उतार्ने गरेको बताउँदै व्यवसायीक रुपमा चप्पल उत्पादन गरेर खरिद गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानको प्रमुख आतिथ्यता र उद्यम विकास कार्यक्रमका महेन्द्र प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । भानुभक्त माध्यमिक विद्यालय रामपुर ९ जब्गादीमा ६ दिन सम्म चलेको तालिमको सहजिकरण शोभा कंडेल तिम्सिनाले गर्नु भएको थियो । तालिममा वडा भित्रका १९ जना महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय