पाल्पा-सरस्वती माध्यमिक विद्यालय तानसेन काे ६७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पाल्पा क्षेत्र न २ का सांसद ठाकुर गैरे र लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले कार्यक्रमको शुभारम्भ गर्नुभयाे ।

कार्यक्रममा बाेल्दै सांसद ठाकुर गैरेले हरेक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी,शिक्षक र अभिभावको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । हरेक नागरिक आधारभुत आवश्यकता गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य रहेकाले पाल्पाली जनताहरूले लिदै आएको स्वास्थ्य बिमा कार्यक्रम अब छिट्टै  मेडिकल कलेज, मिसन अस्पताल  र पाल्पा जिल्ला अस्पतालबाट प्रदान गरिने बताउनुभयो । तानसेनको  जिल्ला अस्पताल विशेषज्ञ सहितकाे एम बिबि एस डाक्टरबाट सेवा दिने गरि तयारी गरिएको पनि बताउनुभयो ।
तानसेनलाई पर्यटकिय क्षेत्रकाे रूपमा विस्तार गर्न,बर्तुङ देखि बुटवलको बाटोलाई धुलो मुक्त बनाउने याजनाका साथ सडक पुर्वधार निर्माण काम सञ्चालन भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व उर्जा मन्त्री तथा प्रदेश सांसद वीर बहादुर रानाले विकासका लागि जनतापनि सचेत हुनुपर्ने भन्दै जनताका अधिकतमा अावश्यकतालाइ सीमित स्राेत र साधनले पुरा गर्नुपर्ने अवस्थामा रहेकाे बताउनुभयाे । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई,तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनाल, तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, तानसेन वडा न ७ का पूर्व वडा अध्यक्ष मुक्तिराम जिसी, विभिन्न संघ सस्थाको तर्फबाट लायन्स क्लब अफ विपनाका अध्यक्ष  मोहन लाल कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष ओम बहादुर विक, सारदा माध्यमिक विद्यालयका प्रअ खेम राज न्यौपाने, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर गाहा, विद्यालय पूर्व व्यवस्थापन समितिका त्रिलोचन पौडेलले शुभकामना  मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
विद्यालयका प्रअ शंकर प्रसाद पौडेलले करिब २ करोड बराबरको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोखरेललको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय